समर्पण रम्जान
७ चैत २०७९, मंगलबार ! मुस्लिम धर्मावलम्बीहरुको २०७९ को पवित्र रमजान उल मुबारक महिना सुरु हुनै लाग्दा “नेपाल कतार मैत्री समाज” कतारले सिरानचोक ३ हर्मि स्थित अली जदीद ईस्लामिक पाठशालाको समन्वयमा सिरान्चोक बयापानी स्थित मुस्लिम समुदायमा अबस्थित गरिब,असहाय तथा एकल महिलाहरुलाइ मध्यनजर गर्दै सहयोगार्थ नगद तथा खाद्यान्न सहयोग गरेको छ।
समाजका अध्यक्ष, समाजसेवी, अत्यन्तै दयालु तथा सहयोगी मनका धनी, कतारका लागी मानवअधिकारवादी एवं प्रोफेसर मोहम्मद रमजान अली मियाँ ज्यु काे बिशेष पहल मा उक्त सहयोग उपलब्ध गराइएको थियो ।
सहयोगार्थ वितरण कार्यक्रममा वडाका वडा सदस्य निजामु दिन मियाँ का साथमा समाजका भद्र भलाद्मी तथा अन्य बुद्धिजीवी लगायतको विशेष उपस्थितिमा करिब ८ जना लाई नगद अनि २६ घरपरिवालाई खाद्यन्न गरी जम्मा ३४घर परिवार लाई नगद तथा खाद्यान्न वितरण गरिएको थियो।
कार्यक्रममा अली जदिद ईस्लामिक पाठशाला बयापानीका शिक्षक हाफिज अलाऊ दिन मियाँले सहयोगी संस्था तथा समाजका अध्यक्ष रमजान अलि मियाँ लाई विशेष धन्यवाद दिदैं ब्यवस्थापन समिती नहुँदा राहत र सहयोग बितरण गर्न समेत केहि कठिनाइ भएको दर्साए । भने गाउँका समाजसेवी स्माइल दिन मियाँले यस किसिमका कार्यक्रमहरुले निम्न स्तरका वर्ग लाई ठुलो राहत मिलेको बताएका थिए ।
समाजसेवी, बुद्दिजिवी, लेखक तथा मानवअधिकारवादी रमजान मियाँ बिगत १७ वर्ष देखि कतार र नेपाल बिचको मैत्री सम्बन्ध बिकासका निम्ति कतारमा कार्यरत गर्दै गर्दा नेपालको बिकासका लागि अनगिन्ती सहयोगी कार्यहरू गरेर नेपाललाई ठूलो योगदान पुराउदैँ आउनु भएको र अझैं बयापानी स्थित अलि जदिद ईस्लामिक पाठशाला वरिपरि रहेका समुदायको गाउँको बिकासमा बाटो, उक्त समुदायमा सञ्चालनमा रहँदै आएको छछरे खानेपानी योजना, लगायत अन्य खाने पानी योजना र विद्यालयको उत्थानका लागी हरेक सहयाेगकाे निम्ती नेपाल कतार मैत्री समाज सदैव तैयार रहेको अध्यक्ष रमजान बाबु मियाँले बताउनु भयो।