पञ्चाङ्ग चित्रपट भाग – २७

  • ६ माघ २०७९, शुक्रबार ०८:३२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २७
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/०५ गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल

    चित्र संकलन  धादिङबाट
    —————–
    सरिता सेढाई

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    खेतबारीमा काम गरे खान मिल्छ।
    हरिया फलफूल फुल्दा मान मिल्छ।
    मेहनतको फल मीठो हुन्छ भन्थे,
    कामदारलाई त यहाँ जान मिल्छ
    काम दिएमा हामीलाई सान मिल्छ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक पाल्पा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    मेहनत  गर्यौ   भने सुन  फुल्छ यहाँ।
    जुनसुकै मौसममा अन्न झुल्छ यहाँ ।
    विदेशमा   हैन यहीँ   बसी काम गरौँ,
    कर्म गर्यौं भने भाग्य ऑफै खुल्छ यहाॅ।
    रातदिन जमिनमा मन  डुल्छ यहाँ।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    आफैँले उमारेको साग खानु लगाउनु पर्छ ।
    निर्यात सब्जीलाई प्रतिबन्ध लगाउनु पर्छ ।
    सरकारले  कृषिमा  क्षेत्रमा  नै राहत  दिनु, 
    विशेषकले   उत्पादकलाई   जगाउनु पर्छ ।
    उत्पादन  वृद्धि  गर्न  प्रविधि मगाउनु पर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]

    आफ्नै गाउँ घर जानु राम्रो ।
    खरको सुन्दर छानु राम्रो ।
    लेक र बेँसीमा सुन फल्छ,
    खुसीले दिएको मानु राम्रो ।
    काम गरी आफ्नो खानु राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    आफ्नाेलागि राम्रो पाटाे बनाउनुपर्छ ।
    पाटाेसम्म   पुग्न   बाटो  बनाउनुपर्छ ।
    जथाभावी हुर्याएर उम्रन्न कि बिउ ,
    उम्रन त याेग्य माटो  बनाउनुपर्छ ।
    आफ्नैसँग पनि फाटो बनाउनुपर्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    कृषिमा दिल  बास बसेको जीवन।
    काममा काम खास बसेको जीवन।
    मेहनत    गरेर     अपुग    मासिने,
    श्रममा  दुःख  नास बसेको जीवन।
    खेतीपातीमा  सास बसेको जीवन।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    आफ्नै खेतबारी श्रम गरे खान पुग्छ हेर।
    मलजल गरी खेती गरे खानपुग्छ हेर।
    किन जान्छौ विदेशमा सुन यहींँ छन् फलेका,
    किसान बनी जहान पाले खान पुग्छ हेर।
    आनन्दले परिवार पाली खान पुग्छ हेर।

    ✍️सरिता सेढाई, धादिङ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०८]

    उर्वर याे माटो छ ।
    जानकार बाटो छ ।
    फल्छ फसल राम्रो,
    आफ्नो गरा पाटाे छ ।
    घेरा यहाँ भाटाे छ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [०९]

    मात्रै जोते पुग्छ नि हाम्रो आफ्नै धरा छ।
    कतै  सम्म  टारी खेत त  कतै  गरा  छ।
    त्यसै  बाँझिएर  लडेको  धेरै  वर्ष  भो,                                  विदेशमा छन् पाखुरी जसको दरा छ।
    घरमा त बुढाबा आमा  मात्रै  बरा  छ।

    ✍️पशपति राई खोटाङ्ग।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    उर्वर छ माटाे सुन फल्छ यहाँ ।
    चाहिने त्याे कृषि चुन फल्छ यहाँ ।
    बगाए पसिना खाेस्रिएर धर्ती ,
    पग्लिएर माटाे नुन फल्छ यहाँ।
    सग्लिएर मन गुन फल्छ यहाँ।

    ✍️त्रिलाेचन भण्डारी, मेचीनगर झापा ।
    …………………………………………

    पञ्चाङ्ग   [११]

    फल्दैन  अन्न पुजेर ढूङ्गा।
    अांँउदैन पानी कराएर उडाई चङ्गा।
    पर्छ गर्न मेहनत खेतबारीमा ,
    पर्छ खन्न कुलो पानीलाई ।
    राख्नु धैर्य देश्को माया गर्ने बानीलाई ।

    ✍️लोकबहादुर क्षेत्री लामिछाने
    ………………………………………………

    पञ्चाङ्ग   [१२]

    परिश्रमले सुन फल्छ हाे ।
    कृषि गरेमा भान्सा चल्छ हाे।
    आफ्नाे पाैरख मिठाे कमाइ,
    सजिलैसङ्ग चुल्हाे बल्छ हाे।
    करेसाकाे साग नि गल्छ हाे।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
    …………………………………………………

    पञ्चाङ्ग   [१३]

    मेहनत गरे यही माटोमा सुन फल्छ नी ।
    विदेशी भूमिमा कैयौँको देह जल्छ नी।
    अब विदेशमा हैन आफ्नै  पाटो खन है,
    बाउबाजेको त  छाक यसैमा चल्छ नी ।
    तिम्रो पनी यही माटोमा दियो बल्छ नी ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………………
              .
    चित्रपट पञ्चाङ्ग   [१४]

    विदेशमा गएर आफ्नो दुःख पीडा कसले सुन्छ  साथी।
    मेहनत पसिना बगाए आफ्नै देश हरियो हुन्छ साथी।
    बारीभरी फल सब्जी फलाई हराभरा बनाउ यही,
    हेर्ने  हाम्रो आँखाले पनि त्यही हरियो चीज चुन्छ साथी।
    आम्दानीको स्रोत बनाए  यही  पनि शिखर छुन्छ साथी।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    किसानले खाने खेल्ने माटो पाठशाला।
    पशु पन्छी हरियाली  साटो पाठशाला।
    देश  चल्छ पेट चल्छ, टर्छ  सारा  कष्ट ,
    मेहनती  किसानको  पाटो पाठशाला।
    समृद्धिमा छिटो पुग्ने बाटो पाठशाला।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    पाटाबारी पानी मुहान फरफराउदाे माटाे राम्राे।
    यहीँ माटाेमा लगाऊ बाली विदेश जाने साटाे राम्राे।
    मलजल गाेडमेल मेहेनतले उब्जाउने हाेनी,
    ढुङ्गा  गिट्टी बालुवा मिलाई बनाए हुन्छ बाटाे राम्राे।
    त्यही बाटाेमा बाली ओसार्दा सजिलै फुक्छ गाँठाे राम्राे।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    आफ्नै माटाेमा पसिना बगाएर हेर।
    हरियाली फाँट बन्छ जगाएर हेर।
    नजाऊ परदेश  युवा  आफ्नै भूमिमा,
    खान पुग्छ आफ्नै माटो गलाएर हेर
    तिनी सुख्खा फाँटहरू भराएर हेर।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    परिश्रमी भए अन्न फल्छ हेर।
    आफ्नै पौरखले भान्सा जल्छ हेर।
    खानु सिधो पिठो कमाएर मीठो,
    कृषिले रुखो माटो त गल्छ हेर।
    जाने सबै घरमा कम्पोस्ट मल्छ हेर।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    फल्छ हिरामोती यहाँ पृथ्वीको माटो, कर्मले हाल्ने सबै ।
    मेहेनतले  जीवनका  अभावलाई  पुग्छ   टाल्ने   सबै ।
    पसिना पोख यो भूमिमा खाँचो टर्छ पाल्छ चल्छ जीवन,
    उर्भर बनाई गर काम, मल, बिऊ,  श्रम  हाल्ने  सबै ।
    बाँझो पाटामा भर पौरखले रङ्ग यहीँ छ पाल्ने सबै ।

    ✍️रामप्रसाद पुरी बादेल खोटाङ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    अर्काको भारी बोक्नु भन्दा त आफ्नै खेतमा काम लिनु।
    दुःख सुख जे भए हात पसार्नु पर्दैन दाम लिनु।
    सम्मानको अर्थ ककस्ले बुझ्ने सधै हेप्ने गर्छन् यहाँ,
    माटो छोडेर जानू पर्दैन अर्काको देश नाम लिनु ।
    पसिना बगाऊ पाखुरी बजारी खान पुग्ने थाम लिनु।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    हरियो तराईको फाँट भए पछि।
    बन्दैछ हरा भरा आँट भए पछि।
    लोभ लाग्दो  देखिने रैछ पर बाट।
    किन नहोस् राम्रो ठाँट भए पछि ।
    जीवन धान्ने यही  छाँट भए पछि  ।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    जान हुन्न परदेशमा जीवन जलाउन पर्छ ।
    श्रम गरौँ यही माटोमा जन हिरा फलाउन पर्छ ।
    ताजा अनि शुद्ध खाउँ खुवाएर अरूलाई,
    स्वाभिमानी किसान बनेर श्रम गलाउन पर्छ।
    आम्दानीको दिगो श्रोत बन्छ धार चलाउन पर्छ ।

    ✍️इन्दिरा देवकोटा ,कपिलवस्तु  नपा ३।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    दु:ख गर्दामा आफ्नै खेतिबारीकोले खान पुग्छ ।
    बसोबासको थलो राम्रो    जन्मभूमी मान पुग्छ ।
    सानो ठूलो हुन्न परिश्रम हातमा हुनुपर्छ ,
    सेवामूलक धारणा नभएकोमा जान पुग्छ ।
    गुन्द्री मान्द्रो डोको डालो बुन्ने खालको तान पुग्छ ।

    ✍️जमुना आचार्य , सिन्धुपाल्चोक ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    मिहेनतीले भोकभोकै मर्नु पर्दैन।
    गुलाम भै सातसमुन्द्र तर्नु पर्दैन।
    स्वतन्त्र भै स्वदेशमा नै बाँच्न सकिन्छ,
    माटो भए अरुको भर पर्नु पर्दैन।
    ती परचक्रीको चाकडी गर्नु पर्दैन ।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    आफ्नै माटोमा श्रम गरौँ चलाउन जीवन ।
    जान हुन्न है अरूकोमा गलाउन जीवन ।
    आफ्नै देशमा कामगर्ने बानी बसाउनु छ,
    बारीको श्रमले पर्दैन जलाउन जीवन ।
    जान पर्दैन कतै हिरा फलाउन जीवन ।

    ✍️बेदु न्यौपाने , काठमाडौं ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग  [२६]

    हराभरा करेसाबारी भएर होला ।
    बारीभरी तरकारी लगाएर होला ।
    मानिसको धन मन अमूल्य छ तन,
    तन भरी मन भरी जगाएर होला ।
    घरको रौनक छाँट बगाएर होला ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]
    [०१]
    मेलापातमै  गाउँ  घरमा  जानु छ।
    पाटी जत्रो सानाे सानाे मेरो छानु छ।
    दु:ख  गरे सुन फलाउन  सकिन्छ ,
    साँझ बिहानमा खाने थाेरै मानु छ।
    महिना  गरेर  आनन्दले  खानु  छ।
    [०२]
    दु:ख गरेमा त सुन फल्छ हजुर।
    मेहनतले जीवन  चल्छ हजुर।
    आफैंँले कमाएको नै खान राम्रो हाे,
    साँझ र बिहान  चुलाे  बल्छ हजुर।
    दु:ख गरे   गुजारा टहल्छ हजुर।
    [०३]
    सधैंँभरि पिर बरै।
    नझुकाेस शिर बरै।
    जिन्दगी यस्तै रहेछ,
    अग्लाे तारै भिर बरै।
    दुई खाेली तिर बरै।
    [०४]
    पराइकाे थर प्याराे माया।
    जन्मिएको घर प्याराे माया।
    दु:ख  सुख  यस्तै नै  रहेछ,
    तिजमा त्याे दर प्याराे माया।
    बाआमाकाे भर प्याराे माया।

    ✍️सहयात्री शाेभा अर्याल,रुपन्देही  बुटवल ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    उब्जिन्छ अन्न सिँचाइ बारीमा हुन्छ ।
    जोताई   गरेसी  राम्रो टारीमा हुन्छ ।
    के  हुन्न  पसिना  बगाए  किसानले,
    विकासको बाटो सधैँ नारीमा हुन्छ ।
    धेरै उब्जनी अँगालो  भारीमा हुन्छ ।

    ✍️सुरेशकुमार पान्डे, घोराही १८ दाङ्ग ।
    ………………………………………………

    Leave a Reply