
उदक यात्री पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”का उत्कृष्ट उदकहरू-
१
अनमिका
सुन्दर चित्र
प्रतिभाको अनेक चरित्र !
२
उदक
साहित्यको पाटो
सत्मार्गको मुख्य बाटो !
३
मनुष्य
नियत खराब
देखियो विशाल प्रभाव !
४
गुराँस
छरेर रङ्ग
पर्दछु म दङ्ग !
५
जिन्दगी
एक बारको
किन देखाउँछन् हारको !
६
राजनीति
शत्रुता नहुने
कस्तो गजबको रिति !
७
धर्ती
समान व्यवहार
सारा दुनियाँ प्रति !
८
आकास
निलो रङ्ग
सम्बन्ध बढोस् झन् !
९
भगवान
मानिसको आस्था
स्वच्छ सुन्दर नाता !
१०
मानिस
बुद्धिमान प्राणी
अनेकौँ सोचको बानी !
–पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३काभ्रे

