
विकास ,बाबुको पुरानो सोचाइ हावी भएकै कारण
जवानी राम्ररी नफक्रदै वेहुला वन्न वाध्य भए ।उनलाई ग्रामिण शुशिल कन्या तालुमा डोरी वाटेकी बाबुले नै भित्र्याइदिए। अनि साथिले भन्न लागे चरी पास पर्यो केटो।
विहेको महीनादिन नवित्दै गाउँमा सिँगापुर पुलिसको लागी गल्ला आयो ।विकास नापिन पुगे उपयुक्त ठान्यो सिँगापुर पुर्यायो। उनको लाहुरे जीवनसंगै फक्रीएको जवानी अनि शहरका चिल्ला बाटामा आफ्ना नट वल्टु कसेर खुल्ला आकाशमा लहराएको रंगीन केश लिएर हिँडेका युवतीसंग तुलना गर्थे विकास आफ्नी तालु वाटेकीलाइ ।
एता छोरा लाहुरे भएसगै विहे गरेर पश्चाताप र बुहारीसग नराज बाबु आमाले गर्दा घर खान सकीनन शुशील बुहारी ।माइत बस्नुको विकल्प थिएन।
दुइ बर्ष पछि विकास छुट्टीमा घर आए उनको रौनक नै अर्कै थियो। जेठीलाइ पारपाचुके गरी आधुनिक केटी विहे गर्न खोजे। नेपाल नेपालनै थियो सिंगापुर थिएन।
उनलाई मिली चुल्ठोमा रिवन वाटेकी। उसैसँग उनको घरजम भयो। तीन छोरी एक छोरा भए उनका। उनी विदेश छदै आमाको मृत्यु भयो। बा बिदुर हुनुभो ।मनमा अनेक शंका उब्जन थाले पेन्सन निस्केर आए ,आमाको पीतृ संस्कार गरे। छोरीहरूको विहे पहील्यै भै सकेको थियो। विहे गरौ भन्दा छोरो मानेन।
एकदिन सबेरै उठेर श्रीमती नित्यकर्म गर्दै थिइन विकास ट्वाइलेट गएका थिए । चीत्कारको आवाज आजयो दौडदै आए ।श्रीमती आॅगनमै ढलेकी पानी खुवाए नीलीनन्। लगेछन विष्णुले बैकुण्ठ।
तीनवीस काटेका वावु दुइवीस काटेको आफू बाबु छोरै विदुर । एकले अर्काको अनुहारमा वेचैनीका लहर उठदै वस्तै गरेको देख्न थाले।
घरमा एक दिन मामा आउनु भयो र देख्नुभयो वीद्रुप हेराइ र वीदीर्ण मन लिएर बाॅचेका दुइ प्राणी । यो दशा देखेर मामा संझाउन थाल्नुभयो, वावु सिँगापुर को पेन्सन छ केटी जस्ती भन्यो तस्ती मिल्छे विहे गरौ।
अमीलो मन लिएर मन नहुदा नहुदै पनि विहे गर्न तयार भए विकास।मिली एक वधु थाइकट कपाल काटेकी उसैसंग गरे विहे फेरी ।
नियतिले उमेरसगै उल्टो खेल्यो मिलेनन थाइकट काटेकी ,चुल्ठोवाटेकी ,तालुवाटेकी। गाउले भन्न लागे भावी लेखान्तर कस्ले मेटन सक्छ र ।

