साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न

  • १९ मंसिर २०७९, सोमबार १३:३२ मा प्रकाशित
  • काठमाण्डौँ, १७ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    अशक्त
    सशक्तको आशामा
    हुन्छ निर्भरता खोजिरहेको ।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [२]
    अपाङ्ग
    फरक क्षमता
    नआक्नू दुर्बल सपाङ्ग !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३]
    नियति
    सांसारिक विश्व
    बनाऊँ समान जगत।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [४]
    समानता
    असमानताकाे युद्व
    एक एक साथ ।
    🌑राेशन पराजुली
    धरान।

    [५]
    बाध्यता
    अपाङ्गता नियति
    अघि बढ्दै जीवन ।
    🌑महानन्द भट्ट
    कंचनपुर ।

    [६]
    मानव
    अपाङ्ग, सपाङ्ग
    सेवा प्रमुख अङ्ग ।
    🌑म्यामराज राई
    भोजपुर

    [७]
    अध्यक्ष
    वडाकाे राजा
    जनताको कर खाजा !
    🌑बिपी खनाल

    [८]
    अपाङ्गता
    साेचाैँ समानता
    सम्मान अनि मानवता ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [९]
    दिवस
    उत्साह मनको
    नौलो आशाको किरण !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१०]
    अपाङ्गता
    फरक क्षमता
    आफ्नो गन्तव्यमा निरन्तरता ।
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [११]
    मानवता
    समानताको भावना
    दीन दुखी अपाङ्गता !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१२]
    अपाङ्ग
    बाध्यताको शिकार
    सपाङ्गले गरौँ प्यार ।
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१३]
    अपाङ्ग
    बुझौँ छर्लङ्ग
    समाजको अभिन्न अङ्ग ।
    🌑ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क, अर्घाखाँची ।

    [१४]
    अपाङ्गता
    राखौँ समभावना
    बाँचौँ प्रेममय जीवन।
    🌑लक्ष्मीप्रसाद फुयाल
    मोरङ पथरी शनिस्चरे

    [१५]
    विवशता
    शारीरिक अपाङ्गता
    खाँचो स-प्रेम सहायताकाे ।
    🌑शुक्र सर्लाही

    [१६]
    अपाङ्ग
    हेप्नु तिम्रो
    हो मानसिक दरिद्रता !
    🌑मंगला उपाध्याय

    [१७]
    मर्मले
    गरौँ सम्मान
    फरक क्षमताको सदैव ।
    🌑प्रेम थापा “मन”

    [१८]
    अपाङ्ग
    विकृत अङ्ग
    पक्षपातले मानवता भङ्ग !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१९]
    अपाङ्ग
    बाचून् सम्मानपूर्वक
    देऊ सरकार आधारशीला ।
    🌑केन्द्रप्रकाश बराल
    इलाम ।

    [२०]
    धैर्यवान्
    सक्षम छन्
    उदाहरण खोज्नु पर्दैन !
    🌑मानन्धर रमेश, येँ

    [२१]
    अशक्तता
    शारीरिक अपाङ्गता
    अपाङ्ग मैत्री आवश्यकता !
    🌑आर्त अकुलीन
    कैलाली

    [२२]
    सक्षम
    मानसिक श्रम
    हातेमालोमा चल्दै कदम !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२३]
    खबरदारी
    हाम्रो जिम्मेवारी
    अपाङ्ग बिच साझेदारी !
    🌑शब्द अभ्यास
    काठमाण्डौँ

    [२४]
    अशक्त
    शारीरिक अपाङ्गता
    मानसिक तीक्ष्ण क्षमता !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [२५]
    अपाङ्गता
    प्रखर तिक्ष्णता
    राष्ट्रको ध्यानमा नैरास्यता !
    🌑कमला देवकोटा
    पाल्पा

    [२६]
    विविधता
    हुनुपर्छ समाज
    अपाङ्ग मैत्री समानता ।
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [२७]

    मानसिक अपाङ्ग
    मजाक नगर अपाङ्गसँग !
    🌑बालकृष्ण खनाल
    टीकापुर कैलाली।

    [२८]
    अपाङ्ग
    प्रतिभाका धनी
    अरूमा छैन कमी !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [२९]
    अपाङ्ग
    दिऊँ समभावना
    जिन्दगीमा बन्छ सम्मानपूर्ण ।
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [३०]
    अपाङ्गता
    रहर होइन
    जीवनमा आएको बाध्यता !
    🌑देवकी

    [३१]
    अपाङ्गता
    दुर्घटनाको फल
    श्राप न पाप !
    🌑कण्ठराज गिरी
    टीकापुर कैलाली

    [३२]
    अपाङ्गता
    स्वीकार गरौँ
    विशेष सदस्य समाजका !
    🌑गोपाल पौडेल

    [३३]
    असक्त
    बाहिरी स्वरुप
    पूर्ण मानसिक रूपमा ।
    🌑धनमाया चौधरी
    कैलाली

    [३४]
    सेवामा
    सकारात्मक सोच
    जनता सरकारको नेतृत्व !
    🌑जमुना कायस्थ
    पोखरा

    [३५]
    अपाङ्ग
    खोसिएको रङ्ग
    अपार क्षमता उसङ्ग !
    🌑पशपती
    -खोटाङ

    [३६]
    अपाङ्गता
    आत्मबलको पर्याय
    संसार जित्ने साहस ।
    🌑गोपे दाजु,
    पाँचथर ।

    [३७]
    अपाङ्ग
    चित्रण गरिएको
    सेवा भाव देखिएको !
    🌑रिता खराल
    रुपन्देही

    [३८]
    उदार
    कर्तव्यको भूमिका
    अपाङ्गको सहयोगमा निरन्तरता ।
    🌑मिलन के.सी(थापा)
    पोखरा

    [३९]
    दुर्घटना
    सताउँछ जिन्दगी
    जिउँनु साहस राखेर !
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [४०]
    अपाङ्ग
    भएपनि कमजोर
    गर्छन् आफ्नो काम।
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [४१]
    दुर्बलता
    शारीरिक अशक्त
    सम्मानता सम्मानकाे आवश्यकता ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    [४२]
    सुन्दर
    सपनाको आस
    भरोसा दयामा बिबस ।
    🌑ओम परियार
    युएई कास्की पोखरा 1

    [४३]
    अपाङ्गता
    भिन्न क्षमता
    छ सम्मानको आवश्यकता ।
    🌑दुर्गा भमरकोटे ।

    [४४]
    नियति
    असाधारण बिपत्ति
    सद्भावना अमुल्य सम्पत्ति !
    🌑तोया घिमिरे
    शंखमुल, काठमाडौ ।

    [४५]
    विकलाङ्ग
    भोग्नुपर्ने नियति
    सकसले भरिएको जीवन !
    🌑राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही
    हाल भरतपुर चितवन

    [४६]
    अपाङ्गता
    मानिसलाई होइन
    गरौँ समस्यालाई संबोधन !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४७]
    सबैले
    मानवता छर्नु
    अपाङ्गलाई सहयोग गर्नु !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४८]
    सहयोग
    गर्दा अपाङ्गको
    मनमा आनन्द सन्तोष ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४९]
    मानवता
    हाम्रो बिशेषता
    भावी पुस्तामा निरन्तरता !
    🌑हीराचन्द्र अधिकरी
    कैलाली

    [५०]
    अशक्तता
    शारीरिक अस्वस्थता
    सामाजिक सद्भावको आवश्यकता !
    🌑त्रिलोक रामदाम
    सिद्धार्थनगर-८ ,भैरहवा !

    [५१]
    अपाङ्गता
    दर्साउनु मानवता
    सभ्य समाजकाे आदर्शता ।
    🌑प्रद्युम्न चालिसे

    [५२]
    अपाङ्गता
    सहयोगी भावना
    गराैँ सबैले कामना।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [५३]
    शरीर
    अपाङ्ग समाङ्ग
    हृदयमा चोखो विश्वास
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [५४]
    अपाङ्ग
    नलिनु बोझ
    भर्छन् दिमागले ओझ !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५५]
    मानवता
    मानवीय धर्म
    असक्तलाई गरिने कर्म !
    🌑कविता आचार्य, कैलाली

    Leave a Reply