‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२औँ शृङ्खला शनिबार सम्पन्न

  • २२ मंसिर २०७९, बिहीबार ०७:२३ मा प्रकाशित
  • काठमाडौ, १७ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खला मङ्सिर १७ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    डाक्टर इन्जिनियर छोराछोरी, लन्डनमा छन् दासी,
    महल छन् खास दुई चारवटा, म त सुकुमबासी ।
    ✍️वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    राजधानीको मुटुको बस्ती, छोड्नुहुन्न खास,
    झुत्रा झात्री बेरौँ आङमा, नहुन्जेल निकास ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    नगर है हेँला भनेर हामीलाई काठमाण्डौँको सुकुम्वासी,
    घर हेर हाम्रो तिम्राभन्दा राम्रो, बनाउँला तिमीलाई दासी !
    🌑पवन कुमार बुढाथेाकी

    [३]
    डाक्टर इन्जिनियर छोराछोरी अरूनै छन् दासी,
    गाडी एउटा तीनवटा भवन म त सुकुम्वासी।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [४]
    बाध्यता वा कहरले, गाउँ छोडेर आइयो सहर,
    छ यो मनमा सुकुम्वासी हुकुमवासी हुने रहर।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५]
    सुनका सिक्री गलामा औँलामा औँठी गाँसी,
    घर घडेरी चिल्ला गाडी, म त सुकुम्वासी ।
    🌑मन्जु जोशी
    डिलासैनि बैतडी

    [६]
    धन्न पार्टीको सदस्यता मगाएँ,
    र, सुकुमवासीमा नाम सजाएँ।
    🌑म्यामराज राई
    हतुवागढी- ६,भोजपुर

    [७]
    सबले ठगे सुकुमवासी भै देशलाई पर्याे भार,
    नक्कलीकै चलखेल ज्यादा सक्कलीलाई भयाे मार ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [८]
    सुकुम्वासी भन्दै भित्रभित्रै चलखेल,
    कति गर्न जान्या राजनीति तालमेल ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [९]
    हातमा छ आइफोन घाँटीमा छ ठूलो सिक्री,
    सुकुम्वासी हामीहरू हामीलाई के को फिक्री ।
    🌑सरिता सेढाई
    धादिङ

    [१०]
    सुख दु:ख गर्दै आइयो काठमाण्डौको माटोमाथि ।
    सुकुमवासी बन्यो अचेल के गर्नु नि अरू साथी ।
    🌑सुशान्त सुनिता

    [११]
    सुकुमवासी सधैँलाई त हुँदैन होला,
    सरकार नियम नबनाई भयो भोला।
    🌑सुरेशकुमार पान्डे

    [१२]
    छोराछोरी अमेरिका अष्ट्रेलिया गएका छन् काममा,
    यहाँ हामी सबै आन्दोलित छौँ सुकुम्वासीको नाममा ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१३]
    म त गाउँले धनी आएँ शहरमा , लालपूर्जा लुकाएर
    सुकुम्वासी बनी मौका छोपी अझ कुर्लिन्छु घोक्रो सुकाएर ।
    🌑प्रेम थापा “मन”

    [१४]
    तीन तले घर छ, एक बिघा जमिन, म हुँ सुकुम्वासी,
    नक्कली सुकुम्वासी, भएको छ देशमा डन हुकुम्वासी।
    🌑एवाइ प्रभात
    धनकुटा हाल मोरङ

    [१५]
    टाटा सुमो गाडी टहरा अगाडि भएका सुकुमवासी,
    छत नभएर खाडीमा बेचिने हामी चैँ महल वासी ।
    🌑राजेशरज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    सुकुम्वासीको अर्थ गयो अब मासी,
    जो सुखसँग बस्छ उहीँ सुकुम्वासी ।
    🌑पुष्पा सुवेदी

    [१७]
    छोराछोरी अष्ट्रेलिया कोही छन् जापान टोकियो,
    सच्चा सुकुम्वासी भइयो असली बिल्ला बोकियो!
    🌑ईमानसिंह के.सि.
    ब्यास ९,तनहुँ हाल ठूलो भर्यागं,नागार्जुन-२

    [१८]
    हुन्छन् भव्य निवास बस्न जसका कङ्गाल सोही हुने ।
    कस्तो तुच्छ स्वभाव वा नियम हो जानिन्न केही मुने ।।
    (शार्दूलविक्रीडित छन्दमा)
    🌑चूडा निर्भीक

    [१९]
    अँध्यारोमा लुकिछिपी धन्दा गर्ने गर्छु देश मासी,
    गाडी महल छन् तर पनि बनेको छु सुकुम्वासी ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [२०]
    धनी सम्पन्न भएपनि ट्याग लागेको छ सुकुम्वासीको,
    कसरी हटाउने हो यो ट्याग आदेश छ हुकुम्वासीको।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [२१]
    सुकुम्वासीको छोराछोरी डाक्टर इन्जिनियर हुनु गलगाँडो,
    घर घडेरी र सुनको सिक्री नै भयो उनिहरूकै लागि घाँडो ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२२]
    लालपुर्जा छन् कोही कसैको, भन्छन् म हुँ सुकुम्वासी,
    सरकारी जग्गा हडप्न खोज्छन्, देखिन्छन् हुकुम्वासी।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२३]
    देशको सुरक्षा गर्दा पनि न घर छ न ठहर छ मेरो ,
    सरकारमा बस्नेले भन्छ फेरि के हो नागरिकता तेरो ?
    🌑राजेन्द्र प्रधान ‘पासा,’
    दार्जिलिङ, भारत ।

    [२४]
    विदेश जान्न काम गर्छु यै माटो माथि,
    आमा बुवा कति रोए बुझ सबै साथी !
    🌑आर्त अकुलीन
    कैलाली

    [२५]
    हुने खाने धनीमानी गर्छन् नाटक सुकुम्वासी,
    लाज सरम पचाएर भर्छन् पनि रुवाबासी ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [२६]
    म त सुकुम्वासी पो हुँ छैन गाँस कपास,
    चारतले घर भए नि ! जान्छु वनवास ।
    🌑रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा. – ५, काभ्रे ।

    [२७]
    भन्छन् सुकुमवासी हाै घर घडेरी, सुविधा सम्पन्न छ साथमा,
    छाेरा र छाेरी डाक्टर छन् विदेशमा सार्वजनिक जग्गा हातमा ।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौ

    [२८]
    होलान् कति सक्कली, कति नक्कली सुकुमवासी,
    गाउँ छोडेर शहर बस्ने, होलान् हुकुमवासी !
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२९]
    हातमा बाला घाँटीमा सिक्री, सुकुमवासी नेता,
    देशद्रोही, ठग, दलालका महल राता सेता।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३०]
    सुकुम्वासी बन्न छोराछोरी हुनेपर्ने डाक्टर इन्जिनियर गाडी,
    हातमा आइफोन गलामा सिक्री लगाए सजिलो हुन्छ रातो साडी ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [३१]
    महल छन् सहरमा, बस्छु झुपडीमा हाँसी,
    राज्यले दया गरी भन्छ अहो! सुकुमवासी।
    🌑खग्रास

    [३२]
    लालाबाला साना हुँदा चारैतिर सम्पत्तिको रवाफ र हर्ष,
    डाक्टर इन्जिनियर सन्तान भएका सुकुम्वासी वर्षौवर्ष ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३३]
    पैदल हिड्न लाज लागेर गाडी किने टक्क,
    सित्तैमा पाए सुकुम्वासी हुँ तिमी किन बक्क ?
    🌑निरज कोइराला
    बेलका १ उदयपुर, हाल इटहरी

    [३४]
    ठूलाे रूखकाे ओत लागेस् भन्नुहुन्थ्याे सदैव बाले ,
    झण्डा बाेकी भएको छु सुकुम्वासी म दलकाे भाले ।
    🌑प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर ।

    [३५]
    मस्तिमा छन्, बदनाम गरिरा’छन् केही हुकुम्वासीहरू,
    पीडा र अभाव झेलिरहेका छन् खास सुकुम्वासीहरू ।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [३६]
    छोराछोरी जर्मनी र अस्ट्रेलियामा नै छन् हेर मेरा,
    सित्तैमा करोडौँको जग्गा हडप्छु कसले खोज्छ डेरा ?
    🌑अस्मिता सापकोटा
    भरतपुर ४,चितवन

    [३७]
    सन्तान जति विदेशी भए आशा राखी रेमिन्ट्यासको,
    बुढेसकालमा एक्लै हुन्छन् भर छैन पक्कै अबको।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [३८]
    आखिर वास्तविकता नदेखाई लालपुर्जा लुकाएर,
    स्वघोषित सुकुमवासी कराउँदैछन् घोक्रो सुकाएर।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३९]
    छोरा छोरी मोज गर्छन्, युरोपका बासी,
    आफू सुकुम्वासी भन्छन्, पजेरोमा हाँसी।
    🌑अजयकुमार झा
    जलेश्वर, महोत्तरी

    [४०]
    बस्तीका सुकुम्वासीको नाम लिँदै भवन ठड्याएर ,
    आन्दोलन रोइकराई कृत्रिम गरिबी अड्याएर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४१]
    भाेट बैंक, भर्ती केन्द्र बनाउन कार्यकर्ता आफैँ म हुकुम्वासी,
    काठमाण्डौँकाे घडेरीकाे दाम सुन्दा हुनुपर्ने सबै सुकुम्वासी ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [४२]
    हुकुमवासी सुकुम्वासी बन्छ शक्ति हुँदा,
    कसको मन पोलेको छ? सुकुम्वासी रुँदा
    🌑गोपे दाजु
    पाँचथर

    Leave a Reply