जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यासको ५८औँ  शृङ्खला सम्पन्न

  • २० मंसिर २०७९, मंगलवार ०८:१२ मा प्रकाशित
  • “समाज_सेवामा_निस्वार्थ_सहभागिता साहित्य_उत्थान_र_विकासमा_हाम्रो_प्रतिबद्धता “

    जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा हरेक मङ्गलबार सञ्चालन गरिने चित्रमा मुक्तक अभ्यास ५८औं  शृङ्खला सम्पन्न🇳🇵
    संरक्षक तथा सहजकर्ता -संस्थापक अध्यक्ष निर्मला सुबेदी
    सञ्चालक तथा संयोजक -संस्थापक सचिब प्रेम थापा

    👉️मुक्तक 🇳🇵

    आधा आकाश ढाक्नेलाई सहजताको खाँचो छ
    फैलिएको विकृति हटाउन सभ्यताको खाँचो छ
    बढ्दो महिला हिंसालाई रोक्न,दिनुपर्छ सचेतना
    बलियो राष्ट्र बनाउन परस्पर ममताको खाँचो छ  ।

    ✍️प्रेम थापा “मन”🇳🇵

    👉️मुक्तक 🇳🇵

    सुख,दु:खमा साथ दिन्छिन् प्यारीले कम्ता नठान
    स्वर्गतुल्य हुन्छ घर छोरी र बुहारीले कम्ता नठान
    भन्छन् नारी बिनाको घर घरनै रहदैन बुझ राम्ररी ,
    आधा आकाश ढाकेका छन् नारीले कम्ता नठान ।

    ✍️वसन्त अनुभव 🇳🇵
    घोराही, दाङ

    👉️मुक्तक 🇳🇵

    समताका कुरा गर्छन् नारीलाई गल्छी पार्छन्
    स्वतन्त्रताका कुरा, पछाडिबाट बल्छी पार्छन्
    समान रूपमा बढ्ने अघि काम भाग लगाऊ
    बिहानदेखि घरको धन्दा गर्दा अल्छी पार्छन् ।

    ✍️सविता के.सी., काठमाडौँ ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    नारी एकदिन माइत जाँदा पुरुष भोकै हुन्छ त
    बनाइ खानु भनी छोडेको सामल पोकै हुन्छ त
    आमा अब छोरालाई पनि पकाउन सिकाउनु है
    छोरीले गृहकार्य सकेर नि जुठोभाँडो धोकै हुन्छ त।

    ✍️पशपती राई खोटाङ ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    महिला आरक्षणको व्यवस्था छ संविधानमा
    घरघरमा चाहिँ महिला हिंसा साँझ बिहानमा
    आवाज उठाउनु पर्छ परे तरवार चलाउनु पर्छ
    खोइ निर्मला को बोल्ने न्यायको अभियानमा?

    ✍️निर्मला सुवेदी,बागलुङ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    कहिले देश कहिले परिवार देखेकी छिन् नारीले
    दुःख अनि पीडाको विरङना टेकेकी छिन् नारीले
    भगवानको वरदान हुन नारी सम्मान गर्नु पर्छ नी
    अरु खुसी बनाउन  खुसी लखेटेकी छिन् नारीले ।
        ✍️   हेमराज महरा क्षेत्री 🇳🇵
           रोल्पा नगरपालिका ५ रोल्पा

    👉️मुक्तक 🇳🇵

    नारीको सम्मानमा केही गर फाईदा पुरुषलाई नै हुन्छ
    बराबरी ठानेर ज्योति छर फाईदा पुरुषलाई नै हुन्छ
    आधाशक्तिको रुपमा सम्मान गर्नुपर्छ हेला गरेर हैन है
    सफलतको फुल साथ छर फाईदा पुरुषलाई नै हुन्छ।

    ✍️अम्विका अधिकारी🇳🇵
    झापा विर्तामोड ।

    👉️मुक्तक 🇳🇵

    सदैव रहोस् महान यो देश हाम्रो,
    संसारको दौडमा यो रेश हाम्रो,
    अरूको अगाडि नझुकोस् यो सान,
    धर्म, संस्कृति र  भेष हाम्रो ।

    ✍️विशाल सिङ्गर🇳🇵

    👉️मुक्तक 🇳🇵

    यी पाखा पखेरामा चिच्याई कराई गर्व छ
    अनि रमाएकै छु आँटो,ढिंडो खाई गर्व छ
    यसरी नै मेरो पहिचान बिश्व सामु पस्किदै
    म नेपाली हुँ,नेपाली हुनुमा मलाई गर्व छ।

    ✍️प्रदिप नेपाली🇳🇵
    बिहादी ५ उराम,पर्बत।

    👉️मुक्तक 🇳🇵

    असुर दैत्यलाई परास्त गर्ने दुर्गा रूप नारी छन्
    रूपमा मोहित दैत्य दुतलाई राम्रो सँग खारी छन्
    दस महिना गर्भ बोक्ने आमाको शक्ति सामर्थ्य
    नबुझेका पदका ठालु बाटो छेक्ने हकदारी छन् ।

    ✍️” जिज्ञासु ” पन्त 🇳🇵
    लमजुङ ।
    👉️मुक्तक 🇳🇵

    सानो सुन्दर घर सजाउन हिँडेको छु ‌
    बगैँचा बिच फूल लगाउन हिँडेको छु
    चन्द्र सूर्य अङ्कित यो ध्वजा बोकेर,
    मेरो स्वाभिमान  बचाउन हिँडेको छु ।

    – ✍️आर्त अकुलीन, कैलाली🇳🇵

    Leave a Reply