क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

  • २९ कार्तिक २०७९, मंगलवार २२:५५ मा प्रकाशित
  • अवैधरूपमा अमेरिका छिर्ने भन्दै संगठित मानव तस्करको भर परेर हिँडेका नेपालीहरूको मृत्यु शृंखला
    काठमाडौँ — २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको घटना बिर्सिन नपाउँदै सोही क्षेत्रमा उस्तै प्रकृतिको घटना भएको छ ।

    डुंगा दुर्घटना हुँदा केही नेपालीको मृत्यु भएको अपुष्ट खबर सार्वजनिक भएको हो ।
    क्यारेबियन सागरमा हराए ७ नेपाली
    प्राप्त विवरणहरूअनुसार गत आइतबार भएको दुर्घटनामा ३ नेपाली, २ बंगालादेशी र १ भारतीयको मृत्यु भएको छ ।

    दुर्घटनाबारे नेपाल सरकारको आधिकारिक निकाय भने बेखबर देखिएको छ । कान्तिपुरको सम्पर्कमा आएका स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न भन्दै उक्त डुंगामा एक दर्जनभन्दा धेरै

    उक्त दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट–७ का २५ वर्षीय प्रदीप खत्री, मुसीकोट–५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्यूठानका काले गिरी बेपत्ता भएका छन् । रमेशकी पत्नी लीला बोहराले कान्तिपुरसँगको कुराकानीमा श्रीमान्‌सँगै डुंगामा सवार एक जनाले डुंगा दुर्घटना भएको खबर भ्वाइस म्यासेजमार्फत पठाइदिएको र श्रीमान्‌को अवस्थाबारे आफूहरू जानकार नरहेको बताइन् । उनका श्रीमान् गत वैशाख ९ मा अवैध रूपमा अमेरिका छिर्ने भन्दै घरबाट हिँडेका थिए । रमेशको परिवारका एक सदस्यले उनले कोलम्बियासम्म पुग्ने क्रममा मात्रै अनुमानित ३६ लाख खर्चिसकेको बताए । ती सदस्यले भने, ‘परिवारको एजेन्टसँग कुराकानी भइरहेको देखिन्छ । तर दुर्घटनामा रमेश मरे वा बाँचेको यकिन खबर एजेन्टले सुनाइरहेका छैनन् ।’

    डुंगा दुर्घटनामा परेका प्रदीप खत्रीका भाइ सुदर्शन खत्रीले दुर्घटित डुंगामा सवार अन्य नेपालीबाट आफूहरुले घटनाबारे थाह पाएको बताए । उनले डुंगा मध्यरातमा दुर्घटना भएको, घटनापछि ३ जना बेपत्ता भएको र त्यसमध्ये दाइ पनि परेको सूचना पाएको बताए । सुदर्शनका अनुसार गत वर्षको असोजतिरै दाइ अवैधरुपमा संगठित मानव तस्करको सहयोगमा अमेरिका जान भनेर हिँडेका थिए ।

    कान्तिपुरको सम्पर्कमा आएका प्रदीपका एक नातेदारका अनुसार उक्त डुंगामा २५ जना सवार रहेको र तीमध्ये आधाभन्दा धेरै रुकुम पश्चिम, प्युठान र बर्दियाका भएको दाबी सुनाए । उनले बाँफिकोटकै टिकाराम पुन: पनि उक्त दुर्घटनामा परेको तर सेनाले समयमै उद्धार गरेकाले केही नभएको सुनाए । स्रोतका अनुसार अमेरिका जान भनेर हिडेको धेरैजसोले नेपालमै रहेको एजेन्टलाई किस्ता किस्तामा रकम बुझाएको र धेरैजसोले २० देखि २५ लाख खर्चिसकेको देखिन्छ ।

    २०७८ असारमा अवैध रूपमा अमेरिका छिर्ने यात्रामा कोलम्बिया हुँदै अगाडि बढ्ने क्रममा भएको दुर्घटनामा मृत्यु भएकाहरूको परिवारले संगठित मानव तस्करका एजेन्ट भन्दै टोपबहादुर जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए ।

    कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?
    ब्युरोले २०७६ जेठ २७ मा पनि मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएपछि जीसी पक्राउ परेका थिए । २०७६ असार ५ मा काठमाडौं जिल्ला अदालतबाट १५ लाख रुपैयाँ धरौटीमा छुटेपछि जीसी पुन: मानव बेचबिखनमा सक्रिय भएका थिए । ब्युरो स्रोतका अनुसार दोस्रो घटनामा पनि अनुसन्धानमा तानिएका जीसी महिनौं विदेशमा फरार रहेपछि प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहायतामा पक्राउ गर्ने प्रयास गरेको थियो । उनले दुई महिनाअघि नेपाल आएर आत्मसमर्पण गरेका थिए । जीसी अहिले केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि पानामाको पछिल्लो दुर्घटनाबारे केही सूचनाहरू पाएको देखिन्छ । तर पीडित परिवारका सदस्यहरू प्रहरीमा नआएकाले थप अनुसन्धान नबढाएको देखिन्छ ।

    कान्तिपुर डटकम बाट

    Leave a Reply