
काठमाण्डौँ, १० मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
दुनियाँ
अनौठो विचित्र
यथार्थ तस्बिरमा सचित्र !
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
लोभी
धन कमाउन
दौडधुप पैसा समाउन !
🌑जमुना कायस्थ
[३]
पैसा
मान्छेको अघि
काल उसको पछि !
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४]
दौडान
धनतिर जिन्दगी
जिन्दगीको पछि काल !
🌑अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५]
मानिस
आफूलाई बिर्सिएर
कुद्छ भौतिक अस्त्रमा !
🌑गोपे दाजु
पाँचथर ।
[६]
जिन्दगी
धनको पछाडि
काल जिन्दगीको पछाडि !
🌑Singer bishal
Kohalpur, banke
[७]
दाैलत
सङ्ग्रहकाे जात्रा
टुङ्गियाे जीवनको यात्रा !
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[८]
मान्छे
दौडिन्छ यत्रतत्रै
पैसाकै लागि मात्रै !
🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[९]
अर्थ
कमाउने दौडमा
अन्त्यमा हुन्छ व्यर्थ !
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१०]
मानिस
पहिचान खाेज्छ
जन्मकाे कर्मसगै धनमा !
🌑राेशन पराजुली
धरान
[११]
मन
अशान्त जन
व्यर्थमा फाल्ने जीवन ।
🌑भवानी घिमिरे
सर्लाही ।
[१२]
बाँचुञ्जेल
लोभ मोह
गर्दै पैसाको जोहो !
🌑तेजप्रसाद खनाल
लमही दाङ।
[१३]
यथार्थ
पैसाको लागी
नफालौँ जीवन व्यर्थ!
🌑रमा पन्त
पाल्पा
[१४]
जिन्दगी
जिउँन गाह्रो
कालको सधैँ झटारो !
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[१५]
जिन्दगी
मानिसको विचित्र
लाेभले सकिन्छ चरित्र ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।
[१६]
जीवन
मोहको यात्रा
संसारी माया विचित्र!
🌑राजाराम रत्गैंया
अमौरा कैलाली
[१७]
धन
बुझेमा जिन्दगी
बुझ्न नसकेमा काल !
🌑आर्त अकुलीन
कैलाली
[१८]
मान्छे
पछ्याउँदै धन
काल तत्पर झन !
🌑सावित्री अधिकारी
काठमाडौ
[१९]
विकृति
धनकाे स्वीकृति
गजबकाे याे प्रकृति !
🌑नवराज भट्ट
कञ्चनपुर
[२०]
काल
आउँदैछ चाँडो,
भरिन्न लोभको भाडो !
🌑भुपेन्द्र राना मगर
धादिङ
[२१]
जिन्दगी
धनको लोभ
सकिन्छ जीवनको यात्रा !
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२२]
धन
जिउँन चाहिने
नमरी सुख नपाइने !
🌑मंगला आचार्य उपाध्याय
बारा कलैया १
[२३]
हेमन्त
कठाङ्ग्रिदै छ
हातखुट्टा मन त
🌑रसज्ञ छ्हरा
[२४]
दौडधुप
धनसम्पत्तिको यात्रा
पछिपछि कालको जात्रा
🌑हिमाल अम्मै
घोडाघोडी कैलाली
[२५]
अनौठो
अचम्म लाग्दो
दृष्टि अघि बढ्ने !
सविता के.सी.
काठमाडौँ ।
[२६]
धन
राजा रङ्क
सबैमा बज्ने घन्ट !
🌑कमला देवकोटा,
पाल्पा
[२७]
जिन्दगी
लोभको भाँडो
भाँसिएर ननिस्कने काँडो
🌑अम्विका अधिकारी
झापा
[२८]
धन
दौडाउँछ जीवनभरि
कालले पछ्याउँछ सधैँभरि !
🌑नारायण कोइराला
तानसेन,पाल्पा
[२९]
मान्छे
धनकाे माेहमा
सकिन्छ जीवनको यात्रा !
🌑उर्मिला के.शी.
धनकुटा
[३०]
मनुष्य
धनको खोजीमा
पुग्छ कालको गोजीमा !
🌑ऋजु दिल्पाली
ईटहरी १ सुनसरी ।
[३१]
अर्थ
जीवनको सङ्घर्ष
लोभ लालच व्यर्थ ।
🌑सरस्वती वली
बर्दिया नेपाल
[३२]
जीवन
अपुगको चित्र
सुमार्गले बन्छ पवित्र !
🌑प्रेम थापा “मन”
बागलुङ
[३३]
जीवन
आवाश्यकता पैसाको
कमाउने चरम इच्छा !
🌑शारदा आचार्य
ललितपुर !
[३४]
मानव
पैसाको खोजीमा
मृत्यु सबैभन्दा सत्य !
🌑विक्रम तिरूवा सलिन
जुम्ला
[३५]
महत्वाकाङ्क्षी
आजीवन रनभुल्ल
जीवनमा निरन्तर भागदाैड !
🌑टीकाराम जाेशी
टीकापुर।
[३६]
धन
भरिन्न मन
सकिन्छ सारा जीवन !
🌑ज्ञानबहादुर क्षत्री
सन्धिखर्क, अर्घाखाँची ।
[३७]
समय
जीवन सीमित
तर धन असीमित !
🌑राम बहादुर चौधरी
जानकी ५, अमौरी, कैलाली, हाल -गोरखा।
[३८]
जिन्दगी
पछ्याउँदै धन
काल आयो लट्याउन !
🌑धर्मी शाक्य
बुटवल ,रुपन्देही ।
[३९]
मनाव
पर्यायमा धनार्थी
नेपथ्यमा भयानक अविनाशी ।
🌑म्यामराज राई
भोजपुर
[४०]
जिन्दगी
पैसाको पछाडि
काल पनि साथमा !
🌑प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत
[४१]
जीवन
अनाैठाे हेर
पैसापछि नलाग धेर !
🌑शाेभा अाचार्य गाैतम
काठमाडौँ
[४२]
मनुष्य
लोभमा बाँच्छ
काल पछ्याउँदै नाँच्छ।
🌑पशपती राई
खोटाङ ।
[४३]
सम्पत्ति
मानव जीवन
लोभमा परेको विपत्ति !
🌑खेमराज पुरी
कैलाली
[४४]
जिन्दगी
संघर्षको यात्रा
सकिन्छ एकदिन अवश्य !
🌑दुर्गा आचार्य
मोरङ
[४५]
पैसा
रहेन साथ
कालले गर्यो अन्तर्घात !
🌑संझना (कुसुम)
[४६]
जीवन
खोज्दैछ धन
कालले पछ्यादैछ झन !
🌑चक्र बहादुर आलेमगर “लाफा”
कैलाली
[४७]
चुनाव
भ्रष्टलाई मात
देशको निमित्त घात !
🌑इमानसिंह राई
आमचोक, भोजपुर
[४८]
मान्छे
सधैँ लिप्त
धनको लोभ प्रदिप्त !
🌑सुमित्रा पोखरेल
काठमाडौं
[४९]
धन
एकोहोरो मन
जिन्दगीको निरस समापन !
🌑तोया घिमिरे
शंखमुल, काठमाडौ ।
[५०]
गन्तव्य
धनको खोजी
आखिर जीवन काल !
🌑कविता आचार्य
कैलाली
[५१]
धन
लोभी मन
मृत्यु यथार्थ जीवन !
🌑सरस्वती श्रेष्ठ
रूपन्देही बुट्वल ।
[५२]
जीवन
प्रलोभनको घडा
पुग्न नसकेको गन्तव्य !
🌑कल्पना पहाडी , सिन्धुली
[५३]
धन
भाग्छ भगाउँछ
बित्छ यस्तैमा जीवन !
🌑मंगला आचार्य उपाध्याय
बारा कलैया १
[५४]
मानव
दौडधुपको लहड
मुस्किल धनको पकड !
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[५५]
जिन्दगी
बित्छ धनमा
हरि भज मनमा !
🌑इन्दिरा ज्ञवाली
[५६]
जीवन
सुखकाे लालसा
कुद्दै धनकाे पछि !
🌑प्रद्युम्न चालिसे
[५७]
जिन्दगी
सम्पत्तिको यात्रामा
नभेटिकनै यात्रा खतम ।
🌑केन्द्रप्रकश बराल
इलाम ।
[५८]
मानव
मृत्युको मुखसम्म
असीमित धनकाे लाेभ !
🌑श्रद्धा आचार्य
पोखरा
[५९]
धन
मान्छेको मन
त्यतिमा सकिन्छ जोवन !
🌑घनश्याम पौडेल,
पोखरा

