
काठमाण्डौँ, ०३ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
नेता
ढोगेर खुट्टा
माग्दै अमूल्य भोट !
🌑संझना कुसुम
[२]
नाटकिय
भोट बटुल्न
नेता पाउमा लम्पसार !
🌑उर्मिला पन्त पाण्डेय
[३]
लम्पसारवाद
नाेट पाउमा
भविष्य जुवाकाे दाउमा ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
नाटक
देखाउँछन चटक
भोट माग्ने घटक।
🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[५]
सिपालु
नकचरो नेता
जिताई पठायो पिरालु !
🌑पशपती राई
खोटाङ
[६]
तमासा
लाटोकोसेरो हेर्दैछ
कुकुर दङ्ग पर्दैछ !
🌑सविता के.सी.
काठमाडौँ ।
[७]
लम्पसार
नोटको कारोबार
भोटमा पुर्याउनु हेरविचार !
🌑अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[८]
चुनाब
अघि छोड्दैनन्
चुनाव जितेपछि चिन्दैनन् !
🌑रमा पन्त
पाल्पा
[९]
कुचाल
स्वार्थमा ढोग
मतदाताको जहिले बिजोग।
🌑म्यामराज राई
भोजपुर।
[१०]
लम्पसार
चुनावको बेला
बुझेनन् हातको ठेला !
🌑कृष्ण जोशी
मेरिल्याण्ड अमेरिका
[११]
भाेट
खुट्टा ढाेग
बाँकी सबै नाेट !
🌑नवराज भट्ट
कञ्चनपुर
[१२]
आदरलाई
लम्पसार नभन
मत किनेको नठान ।
🌑नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर ।
[१३]
उम्मेदवार
चुनावमा लम्पसार
चुनावपछि उहीँ अहङ्कार !
🌑ज्ञानबहादुर क्षत्री
सन्धिखर्क, अर्घाखाँची ।
[१४]
गरिबी
पेटको सवाल
देखाउँदै रुपैयाँको रवाफ !
🌑हिमाल अम्मै
घोडाघोडी कैलाली
[१५]
नेता
घरघर पुगे
जनताको पाउ परे !
🌑भुपेन्द्र राना मगर
धादिङ
[१६]
कुकुर
ईमानदार हुन्छ
लम्पसारवाद स्वार्थी हुन्छ !
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।
[१७]
आदत
अनौठाे विमारी
लाजसरम पचाउने खेल !
🌑राेशन पराजुली
धरान
[१८]
चुनाव
नेताको लम्पसार
पाँच वर्षमा एकपटक !
🌑घनश्याम पौडेल
गौरीगंगा नगरपालिका -९ कैलाली
[१९]
भोट
माग्दै कुकुर
जितेपछि हुनेछ लापत्ता ।
🌑डुक ‘विवश’
भारत,दार्जीलिङ
[२०]
चुनाव
गरिबलाई तनाव
राष्ट्रको सम्पत्ति सखाप !
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[२१]
चुनाव
नेताको नाटक
विवश गरिब जनता !
🌑राजाराम रत्गैंया
अमौरा कैलाली।
[२२]
चुनाव
क्षणिक अनौठो
स्वार्थ भित्रको मुखुण्डो ।
🌑प्रेम थापा “मन”
बागलुङ
[२३]
चुनाव
आउँदा आउँछन्
नाटक गर्नेहरू देशैभरि !
🌑नरेन्द्रबहादुर क्षेत्री
बुटवल।
[२४]
नेता
चुनावमा ढोग
जितेपछि लात्तीले ठोक !
🌑सलिन
जुम्ला
[२५]
कुकुर
सबैको रक्षक
मानव नियति भक्षक !
🌑आर्त अकुलीन
कैलाली
[२६]
अपवित्र
मानसिक दरिद्रता
नेपाली नेताको चरित्र ।
🌑बिके माकजु
भक्तपुर ।
[२७]
चुनाव
लाजको पसारो
जनताका आँखामा छारो !
🌑श्रीकृष्ण शर्मा
पोखरा
[२८]
लम्पसार
चुनावमा प्यार
चुनाव सकिए सिंहदरवार
🌑घनश्याम पौडेल
पोखरा
[२९]
नेता
पाउमा नोट
गद्धारलाई नदिऊ भोट !
🌑कमला देवकोटा
पाल्पा
[३०]
नेता
त्यस्तो मान्ने
जान्ने व्यक्तिलाई छान्ने !
🌑बुद्धिप्रसाद लामिछाने
कैलाली
[३१]
श्वान
भुकाइ, उलुक
उँगाइ ,नेताको झुकाइ।
🌑महानन्द भट्ट
कंचनपुर ।
[३२]
भाेट
पैसा लिने
असललाई राेजेर दिने।
🌑सौन्दर्य शाक्य
तानसेन, पाल्पा
[३३]
चुनाव
पैसाको चलखेल
इमानजमान सबै हराएको!
🌑बिमला पोखरेल
अर्घाखाची
[३४]
आज
नोटको खेल
भोलि दु:खको भेल।
🌑राम बहादुर चौधरी
गोरखा।
[३५]
स्वार्थको
भेटी पाउमा
ढुकुटी लुट्ने दाउमा !
🌑हिरालाल खनाल
काठमाडौँ
[३६]
सिंहदरबार
आज लम्पसार
भोलि बन्छ सरदार ।
🌑दुर्गा भमरकोटे ।
[३७]
उल्लु
तीनजना मान्छे
हेर्दै विषालु सर्पलाई !
🌑युगल
[३८]
नौटङ्की
स्वार्थमा ढोग
चुनावमा माग्नलाई भोट !
🌑सरस्वती वली
बर्दिया नेपाल
[३९]
मतदान
यसपालि मलाई
लौन हजुर नछुटाई !
🌑चक्र आलेमगर “लाफा”
कैलाली
[४०]
नेता
कुर्सीको लागि
फ्याँक्न तयार पैसा !
🌑प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत
[४१]
सरकार
तिमीलाई धिक्कार
जनता कुपोषणको सिकार !
🌑मंगला उपाध्याय
[४२]
नेता
निर्वाचनमा झुक्ने
विजय पश्चात् भुक्ने ।
🌑त्रिलोक रामदाम
भैरहवा~८ ,रुपन्देही !
[४३]
नेता
आज लम्पसार
चुनाव सकिएपछि लापत्ता !
🌑धनमाया चौधरी
कैलाली सुगौली
[४४]
चुनाव
नाटक धेरै
पैसामा मत बिक्री !
🌑रमेश प्रभात
चितवन
[४५]
चुनाव
नाटकको रंगमञ्च
गोही सबै लम्पसार !
🌑गोपे दाजु
पाँचथर ।
[४६]
भरोसा
पसारेर पैसा
जिताउ मलाई हरहमेसा!
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४७]
लालच
स्वार्थको खेती
पिठ्युँमा छुरा प्रहार !
🌑शारदा आचार्य
ललितपुर !
[४८]
चुनाव
ज्यादै महत्वपूर्ण
भाेट माग्न लम्पसार ।
🌑प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४९]
भरोसा
पैसाको बिटोमा
जनता फसे जुठोमा !
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[५०]
झुकेको
भोट किन्न
पैसा छरी खिन्न।
🌑जमुना कायस्थ
पोखरा
[५१]
लम्पसार
नाेटकाे विटाे
भाेट फकाउँने बाहाना !
🌑भावना मञ्जु
माेरङ
[५२]
सांसद
लम्पसार परेर
चुनावमा भोट माग्नुपर्ने !
🌑खेमराज पुरी
कैलाली
[५३]
अचम्म
नेताको चाल
बुढाबुढी भएको बेहाल ।
🌑धर्मी शाक्य
बुटवल ,रुपन्देही ।
[५४]
चरणमा
चढाएर नोट
चुनावी नौटङ्की शरणमा !
🌑बद्री पोखरेल
[५५]
चुनावी
माहोल हुन्छ
कि नोटको खेल !
🌑सुमित्रा पोखरेल
काठमाडौं
[५६]
चुनावी
हातमा परीक्षा
माग्दै नोटमा शिक्षा !!
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[५७]
नोटले
चुनावी माहोल
देखियो बिछट्टै रौनक ।
🌑सरस्वती श्रेष्ठ
इटहरी
[५८]
मानिस
स्वार्थको पोका
पाइला पाइलामा धोका !
🌑कविता आचार्य, कैलाली
[५९]
चमत्कार
चुनावमा लम्पसार
चुनावपछि हिटलरी व्यवहार !
🌑वसन्त अनुभव
घोराही, दाङ

