
काठमाडौ, ३ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खला मङ्सिर ३ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ७० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
बिन्ती मलाई जिताउनोस् सदा मन्त्री बन्न पाऊँ,
मरेर जाँदा पनि चितामा तोप सलामी खाऊँ ।
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
ढुक्क हुनु भोट तिमीलाई भयो नमर्दासम्म,
बुढो ज्यान खङ्ग्रङ्ग सुकी नढलुन्जेल गर्लम्म ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
मत हाल्नुस् है उमेदवार छानेर,
जनताका लागि मरिमेट्ने जानेर ।
🌑राजकुमार कार्की
[३]
भाेट देउ मन्त्री बनाउ साेझा जनता तिमी,
स्वर्गमा पनि लैजाउँ लाग्छ याे कुर्सी र जिमी।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[४]
कोही देख्दिनँ राम्रो नेता सबैमा छ खोट,
जित होस् भन्दै घर-घरमा बाड्दैछन् नोट ।
🌑सम्झना कुवर
[५]
आजसम्म जनताले पनि विचारै नगरी मत हालेर सांसद बनाए,
के के नै गर्लान भनेको त तिनीहरूनै पैसामा आँखा गाडेर पो गनाए !
🌑पवन कुमार बुढाथेाकी
कठमांडैा
[६]
अब के नै गर्छौ सांसद बनेर,
समय बित्छ मर्ने दिन गनेर ।
🌑असिराम डंगौरा
जोशीपुर कैलाली
हाल भारत
[७]
ए मान्छे होइन मन बुझेर भोट राख्ने गर्नू,
युवा हेर्नू दिन बितेका बुढाको भर नपर्नू ।
🌑श्याम कंन्चन के.सी
हाल साउदी बाट
[८]
हाम्रो यो मत हजुरलाई भो रक्सी मासु पैसा पायौ,
हजुरजस्तो नेता पायौ जुनी भरको साइनो लायौ।
🌑नवशिला।
बेलबारी-२,लालभित्ती,मोरङ।
[९]
युवाहरू विदेश जान फ्री टिकट झर्छ,
जिताउ अझै फेरि पनि मैँ बुढोले गर्छ।
🌑मनोज खत्री अछामी
[१०]
पार्टी फेरेरै भएनि मन्त्री बनिरा’छौ तिमी,
यसपालिको निर्वाचनमा पार्छौँ ज्योति धिमी ।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप;सुनापति-१
हाल:-अमेरिका,बोस्टन।
[११]
भोट दिदै मन्त्री बनाउँछौ, जनताकै हौ तिमी,
स्वर्ग मर्त्य नै तिम्रै हो नेताज्यू ,सत्ता कुर्सी जिमी।
🌑बेदु न्यौपाने
काठमाडौ
[१२]
धेरै हसुर्यौ पापको घडा एकदिन अवश्य फुट्छ,
मङ्सिर चारपछि जनतासँग तिम्रो सम्बन्ध टुट्छ ।
🌑करन शाह
[१३]
मङ्सिर चारमा राम्रोलाई जिताउन सबै जनता जुट्छन्
देशको मुहार फेर्न नयाँ युवाहरू आउछन् अरू छुट्छन् ।
🌑कबिता भूजेल
ह.तु.न.पा.१खोटाङ,
[१४]
विकासका एजेन्डा लिएर पहिलो काम थाल्नुपर्छ,
स्पष्ट भिजन हजुरको भएमात्र भोट हाल्नुपर्छ।
🌑पवन अधिकारी(~Pawan)
ठेगाना : – खनार – ७ सुनसरी नेपाल (सिमरबोना)
[१५]
चुनाव चिन्ह रोजेर भोट हाली जिताउ मलाई,
देश र जनता भाडमा जाओस् मेरो हुन्छ भलाइ ।
🌑सुर्यमणी रेग्मी
[१६]
ढुक्क भएर बस्नु यो भोट बुढा खाडामा,
मन्त्री भएरै मर्नु, चिता लिएर भाडामा ।
🌑अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१७]
स्वर्ग नर्क जे भनेपनि तिम्रै काखमा छ भाइ,
चितामा पनि राख्दिनु जनता ठगेको कमाइ ।
🌑सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[१८]
नेतालाई भोट दिई नेता बनाउने यिनै जनता हुन् जुन,
त्यही नेपाली जनता विदेश गई बगाउँछन् पसिना खुन ।
🌑सरस्वती श्रेष्ठ
इटहरी
[१९]
देउ न देउ भोट मलाई, जागिर म दिउँला,
तिमी हामी दाजुभाइ भई पाँच वर्ष जिउँला।
🌑एवाइ प्रभात
धनकुटा, हाल मोर
[२०]
सांसद बनेपछि फेरि मन्त्री बन्ने मोह जाग्यो,
मृत्युपर्यन्त पनि सम्मान गारद खाउँ लाग्यो ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[२१]
पटकपटक भोट दिएर जितायौ,
तिमीले हाम्रो सधैँ नै कुभको चितायौ ।
🌑टीका खतिवडा
इलाम
[२२]
मर्नु पर्दैन यार ठूलाबडाको घोती पछारी राख,
कुर्सीलाई नै साध्य ठान, साधन जनतालाई मान ।
🌑नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर ।
[२३]
विदेशीको रेमिटेन्स चाहिदैन भो आफ्नै देशमा कमाऊ,
खनजोत गरी आफ्नै पाखो खेतबारी परिश्रम फलाऊ ।
🌑आशा तामाङ
[२४]
नाेट दिन्छौ भाेट लिन्छाै लिने दिने कुरा,
खाेट गए चाेट आए पाँच वर्ष पुरा ।
🌑निरज कोइराला
बेलका १, हालः इटहरी
[२५]
जिताउने अब त जनताको हातको कुरा,
म नेताले चाहेर मात्रै यहाँ हुँदैन पूरा ।
🌑साहित्य प्रेमी सलिन
जुम्ला
[२६]
चितामा सलामी खानुभन्दा मरेपछि नि जिउनुपर्छ,
दुनियाँको फाटेको मन अब विश्वासले सिउनुपर्छ ।
🌑गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[२७]
हामी अमूल्य भोट दिन्छौँ तिमी त्यो मन्त्रीको पद खाऊ
जनता गरिबीले मरे तिम्रो लास पैसाले जलाऊ
🌑भुपेन्द्र राना मगर
धादिङ
[२८]
बुझ म बाहेक अरू कोही नेपालमा छैन राम्रो हेर,
नत्र त साम दाम दण्ड भेद बेहोर्नु पर्ला यतिखेर ।
🌑प्रेम थापा “मन”
बागलुङ
[२९]
समाज सुधार्नलाई जिताऔँ जनता भोट हाली ,
भ्रष्ट नेतालाई दिऔँ जनता तुच्छ श्राप र गाली ।
🌑बिके माकजु
भक्तपुर ।
[३०]
जिताउनुस् हजुर चुनावमा म विकास गर्नेछु,
जनताका समस्या पिरमर्का सबै आफैँ हर्नेछु ।
🌑उर्मिला के.शी.
धनकुटा
[३१]
मलाई जिताए जनता, तिमीलाई हेर्छु,
सधैँ मन्त्री कुम्ल्याएर , खुशीको श्वास फेर्छु ।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[३२]
सोचाइ तपाईंको मात्र भएर कहाँ हुन्छ र, अब अरूको पालो,
आशा गरी बित्यो पाँच वर्ष पाइएन खै फेर्न हामीले नयाँ टालो
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[३३]
जिताएकै हो तिमीलाई हरेक पल्ट, के चाहिँ गर्यौ ?
हरेक पटक बरू तिमी हाम्रा नजरबाटै झर्यौ ।
🌑राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[३४]
बलियो, वीर मान्छे मन्त्री बनोस् पठाउँ चुनेर,
विकासको बाढी ल्याउन सक्ने समुन्द्र थुनेर।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३५]
भोट जहिले पनि मलाई दिनु बरू,
विकास चैँ न माग्नु पैसा लिनु अरू।
🌑सन्जना शर्मा
दाङ लमही ।
[३६]
धर्ती, जनता, देश तिम्रै हो, जे जो बन्नु छ बन,
केही गरेनौ, अब राष्ट्र डुबाउने खाल्डो खन ।
🌑रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल
[३७]
मलाई पठाए म बन्त्री बनौँला,
म मर्दा नि सत्ता छ मेरो भनौँला ।
( छन्दःभुजङ्गप्रयात)
🌑चूडा निर्भीक
सिम्पानी गोरखा
[३८]
दु:ख पिडा जनताका हटाउँछु भन्थ्यौ जादा,
लाज हरायो भ्रष्टहरू देश नै बेची खादा।
🌑शान्ति पाल
[३९]
ढाँटे पनि बिन्ती मत देऊ मलाई,
अरू छोडी आफ्नो नै गर्नुछ भलाइ।
🌑राममणी जोशी
[४०]
रहर त गतिलै रै’छ जनताले के भोट देलान्,
रुपियाँ चाहिँ थापी चुनावमा बरू हुर्मत लेलान्।
🌑दीपक ठटाल जलन १९.११.२२
[४१]
नालापानीकाे लडाइँले आर्जेकाे यो मुलुक,
नेपाल चिनाउने तिमीमा के छ त लौ भुक ।
🌑रमा बेल्बासे
कपिलवस्तु वाडगङ्गा बनगाइ
[४२]
जनताको सुख चैन लुट्ने छन् सारा हर्ष।
लौ न जिताउनोस् आराम गर्छ पाँच वर्ष।
🌑रतन बिष्ट
आलिताल डडेल्धुरा
[४३]
चुनाव हुन्जेल जनताकै शरणमा पर्छु,
जितेपछि त सम्पत्ति कमाएर खल्ती भर्छु।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[४४]
मन्त्री सधैँ बनी तिमी, देशमा राज गर्ने,
साेझा दुखी जनताहरू, अझैँ पछि पर्ने
🌑शाेभा अाचार्य गाैतम
काठमाडौँ
[४५]
देश विकास गरौँ भन्ने कहिले आएन सुद्धी,
सत्ता तिम्रो हातमा सुम्पने हाम्रो नै उल्टो बुद्धि ।
🌑पुष्पा सुवेदी
नेपालगञ्ज ४, बाँके ।
[४६]
खानुसम्म खायाै अझै देशै खाऊ हामी तिम्रै पूजा गर्छौं,
तिमी जस्तो भक्षक नेता पछ्याउन नपाए हामी मर्छाैं ।
🌑रामप्रसाद पुरी,बादेल,खाेटाङ
हाल बु न पा ११,फूलबारी कुवा टाेल फ
[४७]
विकास गर्न खोजेकै हुँ काम गर्न विपक्षीले दिएन,
आफ्नै विकास गरे राजनिती भन्दा अर्को बाटो थिएन ।
🌑शंकर कार्की
थाहा नगरपालिका मकवानपुर।
[४८]
भोट हाल्ने निर्णय गरेछन् साथीहरू, यसपल्ट बिना ढेवा।
उसैलाई भोट दिई जिताउने, जसले गर्छ देशको सेवा।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४९]
इमान किन चाहियो ? सान र मान किन चाहियो ?
चाहे मुलुक डुबेर जाओस्, आफ्नै दुनो सोझाइयो ।
🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
शीतगङ्गा -५ , अर्घाखाँची
हाल : बुद्धभूमि -३,कपिलवस्तु ।
[५०]
भोट दिई मलाई जिताउनोस् पुराई होस,
देख्नु होला तपाईहरूले यो बुढाको जोस ।
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[५१]
बिन्ती मलाई मतदान गर्नुहोस् लम्पसार पर्छु,
सात पुस्तालाई पुग्ने गरी हजुर कमाई गर्छु।
🌑मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार बिर्तामोड झापा
[५२]
मर्न लागेर चितामा जानेबेला पनि कति भोट भनेर कराउँछौ,
कुनै आस नै नगर तिमी जस्तो नाजायजलाई त हामी हराउँछौ।
🌑घनु भाट क्षेत्री
शितगंगा १३ सिमलपानी, अर्घाखाँची
[५३]
अझै पनि पार्न खोज्छौ आफ्नै भागमा कवाब,
कहिलेसम्म खेप्ने होला जनताले दबाब ?
🌑बाबुराम गौतम
गुल्मी
[५४]
हामीले नजिताए नि छौ संसद बन्न पाएकै,
चोरबाटो अपनाएर छौ मन्त्री पद खाएकै ।
🌑राज कुमार कार्की
कटारी-१,उदयपुर
[५५]
विकासमा गतिछाडी लाज पचाएर माफी मागे,
देश बेच्ने भ्रष्टचारी माला जप्दै मुख छोपी भागे ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[५६]
मर्छु भन्ने लागेकै छैन, छु अमृत जल पिएको,
कसोगरी हार्छु र मैले, छु खाममा दाम दिएको ।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[५७]
मेराे मान, प्रतिष्ठा, सानसाैकत यहाँ कसैले नहिलाऊ,
सरकार! स्वर्गमा पनि एउटा बैङ्कको व्यवस्था मिलाऊ।
🌑मित्र उराठी गाैतम
[५८]
स्वर्गीय बाजे बज्यैले त हेर भाेट तिमीलाई दिने भन्छन्,
ताेपकाे सलामी खाएर जाऊ उता सांसद बनाइरन्छ्न् ।
🌑श्याम बिश्वकर्मा
[५९]
जित्न पाए खान पाउँथे दानापानी बसी,
अर्कोपटक छाडी दिन्थेँ पुग्न थालेँ असी ।
🌑रामकृष्ण दुवाडी
[६०]
चुनाव आउँदा मात्र देखिन्छन् गाउँमा नेता,
त्यसपछि चिन्नै नसकिने लुगा फेर्छन् सेता ।
🌑जीवन जैशी
अछाम हाल कैलाली
[६१]
स्वार्थका वशमा परी देशमा कालाे कर्तुत अति गरे,
बच्न बिन्ती-भाउँ गरी जन शरणमा निर्लज्ज भै झरे ।
🌑प्रद्युम्न चालिसे
[६२]
सधैँभरि आफैँ खाउँ आफैँ मात्र लाउँ,
अगाडिका बाटा पनि आफैँ हिड्न पाउँ।
🌑दुर्गा आचार्य
मोरङ
[६३]
सबैले चाहेको रुचाएकाे नेतृत्व खाेजाैँ,
याे देशको औधी माया गर्ने सेवक राेजाैँ ।
🌑शर्मिला खतिवडा
विर्तामोड ,झापा ।
[६४]
जसरी हुन्छ भोट लिने,
जनतालाई चाेट दिने ।
🌑दुर्गा भट्टराई
मोरङ
[६५]
हुन्छ आउनुस् अलि बढि अङ्गरक्षक ल्याउँनु,
ताेप सलामी मात्र किन सके अरू नि भ्याउँनु ।
🌑शान्ति याक्साे
काठमाडौं ।
[६६]
चुनावताका मात्र तिमी घुम्छौ हात जोडी वरपर,
राष्ट्रको विकास गर्छौ नै भन्ने रत्तिभर छैन भर ।
🌑राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ, भारत ।
[६७]
भोट पाए मन्त्री भए कुकुरहरू मासुको थैलो भुँडी बढाए,
आफ्ना छोराछोरी विदेशमा जनताका छोराछोरी मात्रै लडाए ।।
🌑यामनाथ आचार्य
पर्वत
[६८]
धोको छ जितेर फेरि मन्त्री बन्ने ,
थाहै नदिई सुटुक्क जरा खन्ने !
🌑बिबस पारदर्शी
भद्रपुर झापा,
[६९]
केही गर्छौ भने तिमी हरेस नखाऊ,
डुब्न लग्यो स्वदेश अब तिमी बचाऊ ।
🌑कमला भट्टराई
खोटाङ
[७०]
जित्यौ अब कोट फेर,
पुग्छौ के जनतानेर ?
🌑जनकराज भट्टराई

