पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १९ औँ भाग सम्पन्न

  • ७ मंसिर २०७९, बुधबार ०६:५६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग १९ [उन्नाइसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    ======================
    सम पञ्चाङ्गसंरचना
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    अक्षर सङ्ख्या:- प्रत्येक हरफमा अक्षर बराबरी हुनु पर्नेछ ।

    अनुप्रास :-भोट, नोट, रोट, चोट, खोट, पोट, बोट, लोट, ओट, आदि ।

    स्थायी :-आफूखुसी
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–

    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    समपञ्चाङ्ग

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनुपर्छ [०१]
    भ्रष्टलाई   पाखा   लगाएर  चोट  दिनुपर्छ [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    चुनावले निर्णय दिन सके देश बन्ने हाे [०३]
    ——————————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
    जाडो आउँदै छ बुढालाई कोट दिनुपर्छ [०४]
    वृद्ध नेता सबैलाई खेल्न  पोट दिनुपर्छ [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    आफू शुद्ध बनी अरूलाई खोट दिनुपर्छ [०६]
    बिस्तारै चोट दिँदै फिरीमा ओट दिनुपर्छ [०७]

    आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    मौन सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८]

    ६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    प्रतिघातीलाई मिलेर नै छोट दिनुपर्छ [०९]
    जितेर गोरखनाथलाई  रोट दिनु पर्छ [१०] ————————————– उदाहरण सम पञ्चाङ्ग ०१

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ [०१]
    भ्रष्टलाई  पाखा   लगाई  चोट     दिनु पर्छ [०२]
    चुनावले  निर्णय  दिन  सके  देश   बन्ने हाे [०३]
    जाडो  आउँदै छ  बुढालाई  कोट दिनु पर्छ [०४]
    वृद्ध  नेता  सबैलाई  खेल्न  पोट  दिनुपर्छ [०५]

    आफू  शुद्ध  बनी  अरूलाई खोट दिनुपर्छ [०६]
    बिस्तारै  चोट  दिँदै  फिरीमा ओट दिनुपर्छ [०७]
    मौन  सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८]
    प्रतिघातीलाई  मिलेर  नै  छोट  दिनु   पर्छ [०९]
    जितेर    गोरखनाथलाई   रोट   दिनु  पर्छ [१०] 

    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग तथा सम पञ्चाङ्गहरू
    ~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०१]

    आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ ।
    भ्रष्टलाई  पाखा   लगाई  चोट     दिनु पर्छ ।
    चुनावले  निर्णय  दिन  सके  देश   बन्ने हाे ,
    जाडो  आउँदै छ  बुढालाई  कोट दिनु पर्छ ।
    वृद्ध  नेता  सबैलाई  खेल्न  पोट  दिनुपर्छ ।

    आफू  शुद्ध  बनी  अरूलाई खोट दिनुपर्छ ।
    बिस्तारै  चोट  दिँदै  फिरीमा ओट दिनुपर्छ ।
    मौन  सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ ,
    प्रतिघातीलाई  मिलेर  नै  छोट  दिनु   पर्छ ।
    जितेर    गोरखनाथलाई   रोट   दिनु  पर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०२]

    असल नेतालाई छानीछानी भोट दिने हो ।
    अक्षम नेतालाई यसपालि चोट दिने हो ।
    वयोवृद्ध भएका मान्छे हो धर्म–कर्म गर ,
    माघै काट्न नसक्नेहरूलाई कोट दिने हो ।
    देश हाँक्ने युवालाई फूलको बोट दिने हो ।
    नेता होइन जनतालाई पो खोट दिने हो ।
    कलो खाई भोट दिनेको गला घोटदिने हो ।
    अब नबुझ्ने जनताले कहिले होला बुझ्ने ,
    भोलि यही देश बेच्नेले आज नोट दिने हो ।
    चोर नेतालाई झन् किन मिठो रोट दिने हो ?

    ✍️श्रीकृष्ण शर्मा,  पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०३]

    प्रेममा लागेको खोट सम्झेको छु ।
    मायाले दिएको चोट सम्झेको छु ।
    सिरसिर हावा मनमा शीतल,
    वर र पीपल बोट सम्झेको छु ।
    चौतारीको न्यानो कोट सम्झेको छु ।

    गुलाफको सौम्य बोट सम्झेको छु ।
    मायाले दिएको कोट सम्झेको छु ।
    पिरतीमा घात गरेको तिमीले,
    मुटुको वेदना चोट सम्झेको छु ।
    के होला भनेर खोट सम्झेको छु ।

    पञ्चाङ्ग

    बाबा आमाको केश राम्रो लाग्छ ।
    सुन्दर परिवेश राम्रो लाग्छ ।
    उकाली, ओराली, लेक र बेसी
    मलाई मेरो देश राम्रो लाग्छ ।
    शान्त सुन्दर शेष राम्रो लाग्छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग   [०४]

    जाडोको समय आएको लगाउन कोट चाहिन्छ।
    देशको भविष्य उज्ज्वल बनाउन भोट चाहिन्छ।
    चुनाव आउँदा मात्र गाउँ गाउँ जाने होइन,
    सधैँ आउने बनाउन एउटा बोट चाहिन्छ।
    सबैको विश्वासिलो बन्नको लागि ओट चाहिन्छ।

    भविष्य निर्माण गर्न सबैले भोट दिनु पर्छ।
    हाम्रोलाई होइन राम्रोलाई नोट दिनु पर्छ।
    विश्वास गर्ने कुनै नै आधार नभएको हुँदा,
    आफ्नोलाई आफ्नैबाट सधैँ नै खोट दिनु पर्छ।
    पाँच वर्षमा दिएको भोटले चोट दिनुपर्छ ।

    ✍️सुशीला पौडेल, नेपाल ।
    ~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०५]

    दाताले देश विकासका लागि सदुपयोग खालको भोट देओस्।
    मतदानले जिती उसले विकास भर्न समावेशी नोट देओस्।
    युवापिँढी पो छान्नुपर्छ अब ढल्केवर पर्दा पछाडि राखेर ,
    नाङ्गा आङ चिसोमा कठ्याङ्ग्रिएको हेर्दा  बास सहित कोट देओस्।
    भोटले भोकको लागि जमिन सहितका नै बीउका बोट देओस् ।

    हाँसीहाँसी सजिलै समस्याका समाधान गरि  विना खोट देओस् ।
    बेरोजी राखे जनता सबैलाई कि दिन काट्ने खेल पोट देओस् ।
    कि जनशक्तिको  भरपूर  उपयोग  गरि गाउँ-गाउँ  विकास,
    आँउदोमा त नठानेर फेरि जनताले मिलिजुली चोट देओस्।
    एक्लैले हुँदैन  ती धनी, गरिब, मजदुर सबका ओट देओस् ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०६]

    जनताले आफ्नो अमुल्य भोट दिए,
    पछि फल मिल्छ भनेर बोट दिए,
    बदलामा जनतालाई धोका भयो,
    त्यही भोटले हजार चोट दिए।
    त्यतिले मात्रै नपुगेर खोट दिए।

    जनताले नै उसलाई कोट दिए।
    माथी माथी जानलाई अठोट दिए।
    जनतालाई भने अल्मल्याइ रहे,
    भुलाउनको लागि सधैं पोट दिए।
    अम्मली पो बनाउन चुरोट दिए।

    ✍️पशपती राई, खोटाङ ।
    ~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ्ग [०७]

    लाएको त्यो प्रेमलाई खोट दियौ।
    सोझासाझा महिलामा चोट दियौ।
    तिमी त साह्रै वैमनस्य रहेछौ,
    नजान्ने मा गएर त्यो लोट दियौ।
    कसैको स्वार्थमा गयौ ओट दियौ।

    स्वार्थी भएर  गयौ र भोट दियौ।
    आसा राखिएकोमा चैँ चोट दियौ।
    तिम्रो यो स्वार्थवाद कहिले सम्म,
    अरुलाई नै गएर ओट दियौ।
    सारै नै नराम्रो गरि खोट दियौ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [०८]

    सत्ता पोट  भए  जित अवश्य ।
    धन्दा खोट भए जित अवश्य ।
    भोटमा गुण्डागर्दी चल्छ सधैँ ,
    खोट  चोट भए जित अवश्य ।
    नोटै  नोट  भए जित अवश्य ।

    गुणनिधि घिमिरे, अमेरिका ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग [०९]

    नेताहरूले चुनावमा जित्छन् नोट लगाएर।
    माखो मार्ने कोही छैनन् के गर्ने खोट लगाएर।
    दलाली मात्रै पालन पोषण हुन्छन् यो देशमा,
    गरीब माथी हुन्छ दुख साह्रै चोट लगाएर।
    पैसा फल्छ रे यहाँ  रूपैयाँको बोट लगाएर।

    शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१०]
    १•
    नोटसँग  भोट   साट्नु, महापाप हुन्छ हेर।
    आज हाँसे पनि भोलि,अभिश्राप हुन्छ हेर।
    जानी जानी बन्चरोको,चोट किन सहने हो,
    नत्र   भ्रष्टचारीको  नै, फलिफाप हुन्छ हेर।
    सानो गल्ती गरे देखि,पश्चाताप हुन्छ हेर।
    २•
    जनताको मनभित्र बस्नेलाई भोट दियौं।
    सॅधैभरि छलछाम  गर्नेलाई  चोट दियौं।
    जनताले गर्नु गरे अब पालो नेताजीको,
    मतदाता न्यायमूर्ति बनी कालो कोट दियौॅ।
    सॅधैभरि जोगाउनू नोट फल्ने बोट दियौॅ।
    ३•
    यो पालीको चुनावमा अठोट गरियो।
    हाम्रा छोडी राम्रालाई छनोट गरियो।
    जनताको चाहनालाई टाढा राखेर,
    अन्यत्रीका कुरा मात्र सपोर्ट गरियो।
    जो चाहिन्छ त्यसैलाई बचोट गरियो।
    घनश्याम पौडेल,पोखरा

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [११]

    मान्छे चिनेर जिताउँ आफ्ना  नहेरौँ अब।
    सहि सोचेर अगाडी जाउँ पाटी नफेरौँ अब।
    जोड् घटाउ जति गर उहीँ  भेटियो नतिजा ,
    नोट थुपारे  पनि  अरूको कुरा नटेरौँ अब।
    देश बनाउँ आफैँ नराम्रा कुरा नखेरौँ अब।

    ✍️शन्जना शर्मा, दाङ लमही ।
    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१२]

    थोरै राहत मिलेको थियो पुल बनेको देखेर।
    छिन भर आशा हरायो बाढीले खनेको देखेर।
    अब फेरि भेलमै हेलिनु पर्ने भयो जनताले,
    सुबिधा छैन पछुतो लाग्छ कर गनेको देखेर।
    बन्छ फेरि भ‍ोट देउ रे नेताले भनेको देखेर।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१३]

    यहाँ मान्छेकाे भाग्य बदल्ने नाेट रहेछ ।
    कस्ताे नेता छान्ने हाे त्याे सबै भाेट रहेछ ।
    जनता साेझासाझा पत्याउँछन् रे चाँडै नै,
    तर नेताहरूकाे मनमा खाेट रहेछ ।
    जनताले सधैँ खानु पर्ने चाेट रहेछ ।

              ✍️ नवराज भट्ट
         महेन्द्रनगर, कञ्चनपुर ।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१४]

    असल नेता छान्नलाई चुक्नु त भएन कोही
    भोट दिन नगइकन रुक्नु त भएन कोही
    विकासको नारा कहिल्यै पुरा गर्दैनन् थाहा छ
    प्रलोभनमा परेर नि झुक्नु त भएन कोही
    अन्याय गर्नेलाई कान फुक्नु त भईन कोही

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१५]

    हाम्रालाई होइन  राम्रालाई  भोट दिनुपर्छ ।
    हामी  मिलेर भ्रस्टाचारलाई चोट दिनुपर्छ ।
    राखेर युवा पर्दा पछाडि   विजय हुँदैन नै ,
    जाडोको समय छ वृद्धलाई कोट दिनुपर्छ ।
    पालो बनाएर   नसक्नेलाई छोट‌ दिनुपर्छ ।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१६]

    भोट दिएर चोट  पाएका  जनता हामी।
    भात दिएर ढिडो खाएका जनता हामी।
    खै कसलाई के  दिने  दोधारे भयो मन,
    कोट दिएर भोटो लाएका जनता हामी।
    नोट दिएर  रोट  चाहेका  जनता हामी।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१७]

    पांच घन्टाको पैदल हिंडेर खसाल्यौं भोट हामी।
    चिसोले लागेन निन्द्रा र फर्कियौँ बिना रोट हामी।
    थिए  सिथिल जोश  अहिले  मतदातामा  थिएन,
    उम्मेदवारमा नै जित्ने  सधैँभरी देख्छौँ होट हामी।
    गर्ने कसैले केही होइन चिन्ता देख्छौँ नोट हामी।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग[१८]

    जनताले जतिपल्ट भोट दिए।
    यी नेताले त्यतिपल्ट चोट दिए।
    देश लुटे जनता लुटे नाङ्गो पारे,
    झोले चम्चे भ्रष्टलाई नोट दिए।
    बुझे पछि जनताले खोट दिए !

    ✍️बिबस पारदर्शी, भद्रपुर  झापा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग [१९]

    जनताको  मर्म  बुझ्दैन  नोट  खानेले।
    बिनाकारण नोट खान्छ भोट खानेले।
    सत्तामा पुग्न  जनताकै  बलि चढ्दैछ,
    केही  गर्दैनन्  ईश्वरको  रोट   खानेले।
    कसरी  चरित्र बुझ्ने हो   खोट खानेले।

    ✍️जनुका गौतम , काठमाडौं ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२०]

    राम्रो नेता छानी सबैले भाेट दिनुपर्छ ।
    अक्षम घुस्याहालाइ खाेट दिनुपर्छ ।
    जनताका पिरमार्का नबुझेपछी यहाँ ,
    सबै  जनता मिली धेरै चाेट दिनुपर्छ ।
    अन्याय गर्ने पापीलाइ छाेट दिनुपर्छ ।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२१]

    मनपरेको  मान्छेले  खोट लाउँदैन,
    मीठो  बोलीवचनले  चोट लाउँदैन।
    शंका गर्ने बानीले गर्न सक्दछ हानी ,
    हृदयमा  फुल्छ  फूल बोट लाउँदैन,
    मजाले गुड्छ जीवन अोट लाउँदैन।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२२]
    [०१]
    असल व्यक्तिलाई छानेर भोट दिनुपर्छ ।
    भ्रष्टाचारी नेता त सारेर खोट दिनुपर्छ ।
    जनताको पिडा नबुझ्ने नेता के काम यहाँ ,
    अब सबै जनता मिलेर  चोट दिनुपर्छ ।
    यी अत्याचारीलाई हामीले छोट दिनुपर्छ ।
    [०२[
    सुन्दर बगैँचामा बोट हुनुपर्छ ।
    आराम गर्न यहाँ  नोट हुनुपर्छ ।
    जीवन गुजार्न  कहाँ सजिलो छ र,
    गर्छु भन्न  मनमा  अठोट हुनुपर्छ ।
    योग्य व्यक्ति छान्न त भोट हुनुपर्छ ।

    ✍️दुर्गा भट्टराई,  बिराटनगर ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२३]

    हराभरा    हुनलाई   बोट चाहिन्छ ।
    कारोबार    चलाउन नोट चाहिन्छ ।
    यो कुरा   बुझी मनैमा राख्नु हजुर,
    जिवन  जिउन  त अठोट चाहिन्छ ।
    चर्चित  हुन असली खोट चाहिन्छ ।

    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२४]

    चुनावको मासु खाए भोट पनि लाए ।
    कतिले त  थोरै-थोरै पैसा  पनि पाए ।
    फटाहा हो भन्ने कुरो जानीजानी पनि ,
    भेडाले नै भोट हाले पछि ती नै आए ।
    भोट हाल्नेले नै कठै! ठुलो खाए।

    ✍️दस्ता कौशिक, पाँचथर।
    ~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२५]

    जाडोमा तातो कोट चाहिएको छ।
    बुवाको लागि पोट चाहिएको छ।
    चिसोको बेला तातो चीज चाहिने,
    वृद्धलाई त खोट चाहिएको छ।
    युवाहरुमा बोट चाहिएको छ।

    ✍️ह्यारिसन ह्यारिश, काठमाडौं ।

    पञ्चाङ्ग   [२६]

    दिल भित्र लागेको खाेट याद आउँछ।
    आफन्तले दिएकाे चाेट याद आउँछ।
    यस्तै नै  रहेछ  जिन्दगी  भनि समालेँ,
    उही  राताे  फूलकाे बाेट  याद आउँछ।
    जाडाे जाडाे माैसम काेट याद आउँछ।

    हाम्रोलाई हाेइन है राम्रोलाई भाेट दिनु पर्छ।
    भनेका पनि हुन् जेल उनलाई चाेट दिनु पर्छ।
    असल देशप्रेमी भए पछि राम्रो नै गर्नु हाेस,
    अन्य अनि अत्याचार गर्नेलाइ खाेट दिनु पर्छ।
    गरिब दुखीलाइ जाडो याममा काेट दिनु पर्छ।

    ✍️सहयात्री शाेभा अर्याल
           रुपन्देही १४ बुटवल
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    सम पञ्चाङ  [२७]

    भुलौला म कसरी मुटुमा लागेको चाेट उस्तै छ ।
    रुखमा चढाई फेद ढाल्न लागेको बोट उस्तै छ ।
    फुर्क्याएर  विश्वास  दिलाएर धुरी  माथी  पुगेँ ,
    तल खसाल्न लगाएको यो आरोप खोट उस्तै छ ।
    धोका दिने खालको त्यो अपराधी अठोट उस्तै छ ।

    चुनाव आयो जनताको आत्मा घाती भोट उस्तै छ ।
    भेडा बाख्रा जस्तै जनता ठानी  दिने नोट उस्तै छ ।
    परिणाम आउँछ अब छिटो भन्दा छिटो छ हेर्नु,
    धेरै  दाहुन हालेी  पकाए  नहुने राेट उस्तै  छ ।
    जति अड्कलेर ठिक बनाएको ओट उस्तै छ ।

    ✍️तारा घिमिरे सङ्खुवा सभा ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२८]

    चुनाव गराउन टाडा धाइयो पनि।
    घर छोडेर सारै दुुःख पाइयो पनि।
    निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नमा,
    मेसमा पकाएको खाना खाइयो पनि।
    समानुपातिकमा भोट लाइयो पनि।

    ✍️भगवती दवाडी ,झापा ।

    पञ्चाङ्ग   [२९]

    शुभ कामको पनि पहिलो  तात होस्
    आफ्नो आफ्नो सदैव सबैको जात होस्
    सबतिर  छन्  रे   नयाँ   सरकारको,
    गठनको  प्रस्ताव प्रस्ताव  बात  होस् ।
    विकासमा  नयाँ लहरको खात होस् ।

    ✍️सीता शर्मा, पन्थी बिरंगज ।

    Leave a Reply