
काठमाडौ, १० कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खला मङ्सिर १० गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
विश्वास गरे जनताले, दिए देशको साँचो,
कुराभन्दा अब काम गर, कामको छ खाँचो।
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
नेताको काम अब जनताको सेवा गर्ने,
अहिले पनि गर्ने हौ कि मात्रै खल्ती भर्ने ।
🌑विक्रम तिरूवा सलिन
जुम्ला
[२]
जनादेशको कदर गरी तिमी अघि बढ,
के गर्ने र कहाँ गर्ने भनी वस्तुस्थिति पढ ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[३]
नदिउँ भने अमूल्य मत राष्ट्र डुब्ने डर,
फकाई फुल्याई लैजानेको खै के मान्नु भर।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४]
काम गरे नगरे पनि मेरा भाषण सुनिदियौ,
अब चुनाव सकियो ढुक्क छु मलाई चुनिदियौ ।
🌑अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५]
युवा नेता धेरै आए अब बन्द हुन्छ खाम,
दायाँबायाँ गर्यो भने जेल पुग्दछ हराम ।
🌑पेक्मा हमुवा
[६]
जीवनदेखि लिन मन छ सधैँलाई विश्राम,
जति दु:ख गरेपनि मनमा भएन आराम।
🌑नन्दा महतारा
[७]
सडेको जरासँगै नयाँ पालुवा पलाए,
विकास हुन्छ अब युवाले देश चलाए ।
🌑असिराम डंगौरा
जोशीपुर कैलाली
हाल भारत
[८]
बुढाले अब आराम गरी खानुपर्छ,
भ्रष्टाचार नगर विकास अघि सर्छ ।
🌑प्रेम सुनार
[९]
जितेपछि ठालु बनी नबस है घर,
जनताका दु:ख बुझ्न तिम्लाई छ कर ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१०]
जनताले पाँच वर्षे म्यान्डेट दिएर पठाएका छन् हेर,
देश विकास लागि दे’को भोट कसैपनि नजाओस् है खेर।
🌑बेदु न्यौपाने
काठमाडौ
[११]
व्यवहारमा ल्याउन ती भाषणका कुरा,
दिएका छन् जनताले पाँच वर्ष नै पूरा ।
🌑सागर आँसु
(डोटी)
[१२]
दिएर मत टाँडमा पुर्याउने ती जनता,
बाेकायाै ठुलाे भारी ऋणकाे अब जाउन् कता ?
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[१३]
भाषण लगाउँदै सत्तामा छिरेका,
जुन जोगी आएपनि कानै चिरेका ।
🌑सरिता सेढाई
धादिङ
[१४]
जनताले दिएका छन् मतदान हेेर,
देशमा परिवर्तन गर्नुपर्छ धेर ।
🌑भगवती दवाडी
झापा
[१५]
जेल नेल भोगेर पाका भएको कथा भो अब सुनाउनु पर्दैन,
योग्य र सक्षमले विकास गर्नसक्छ कथाको नायकले गर्दैन!
🌑प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[१६]
चुनाव जितेको खुसीमा खादा माला अबिर दलेर,
पाँच वर्ष यसरी नै बित्दो रै’छ देशलाई छलेर ।
🌑बी.कुलुङ
दार्जिलिङ
[१७]
जसले पायौ मौका अहिले काम गरि देखाऊ,
योग्य,सक्षम,असल बनी आफ्नो नाम लेखाऊ।
🌑त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[१८]
जनताको विश्वासले चुनाव जितेका छौ हेर,
भ्रष्टाचारको अन्त्य गरी देशको मुहार फेर।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।
[१९]
बुढा अब अति भयो, लाग्ने गर चुप,
जाडो पनि बढ्न थाल्यो खाऊ बरू सुप।
🌑तुलाराम गिरी
[२०]
पठाएका छन् जनताले देशको लागि केही गर भनेर,
बिश्वास छ बाटो बदल्ने छैनौ पहिलेझैँ लाचारी बनेर।
🌑शंकर कार्की
थाहा नगरपालिका ३मकवानपुर।
[२१]
सुन्दर बिहानीको छ आस,
स्वच्छ हावामा बदल्ने सास ।
🌑रजनी पौडेल
[२२]
ज-जसले गरेन राम्रो काम जनताले फाल्दिए,
जनताको काम गर्ने र नयाँलाई भोट हाल्दिए ।
🌑निमा शेर्पा
चानबारी गान्तोक सिक्किम ।
[२३]
जनताको अमूल्य मतलाई खेर नफाल,
देश विकास गर्नलाई कदम अघि चाल ।
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२४]
काम गर्ने हुन् कि दाम कमाउने हुन् थाहा छैन राजै
भन्न सकिन्न केही पनि निश्चिन्त भइकन लौ आजै।
🌑दीपक ठटाल जलन
[२५]
देश जोगाउँदै दुष्टको फन्दाबाट गर विकास,
जनता र देशको लागि सदैव खटिकन खास ।
🌑सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[२६]
सोच अब बाँकी त्यही एउटा थियो आशाको नासो,
बिश्वास गरी जिताएका छन् नबनाउ अरु हाँसो ।
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[२७]
विकासको नाउँ दिई जनताको आँखा नछल्नू,
बिग्रेको अवस्था देखी तपाईं कहिल्यै नगल्नू ।
🌑कमला भट्टराई
खोटाङ
[२८]
विकास गर्छु मैले भन्छन् माखो नै मर्दैन,
जनता जति ताते पनि असर पर्दैन।
🌑सन्जना शर्मा
दाङ लमही
[२९]
भष्ट्राचारको अन्त्य गरेर विकास गराउनोस्,
कङ्गाल होइन देशलाई समृद्ध बनाउनोस् ।
🌑मन्जु जोशी
डिलासैनी बैतडी
[३०]
देशको मुहार फेर्नु भनी दिएकाछौँ भोट,
विकास गर्नु जनतालाई नदिनु है चोट।
🌑नवशिला
बेलबारी-२, लालभित्ती,मोरङ।
[३१]
नेता बन्ने अधिकार पायौँ, दिएर जनताले भाेट,
काम गरेर देखाऊ ,नदेऊ नागरिकलाई चाेट।
🌑शाेभा अाचार्य गाैतम
काठमाडौँ
[३२]
विकल्पमा थिए कैयौँ पाएनन् क्यारे टिकट,
यो देश लुट्ने भ्रष्टाचारी हुन्छन् सधैँ निकट ।
🌑सूर्यमणि रेग्मी
चितवन
[३३]
जनताको भोटमा नेताको रजाइ,
भन न गर्छौ अब कसको भजाइ ?
🌑रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[३४]
नोट लिएर भोट दियौ, घिच्यौ मेरो माम,
जे मन लाग्छ त्यही गर्छु, छैन तेरो काम।
🌑अजय कुमार झा
[३५]
आश्वासन त केवल बादलमा हराएको काग बन्ला,
कुर्सी भाग लगाउँदै पाँच साल त हराई गयो भन्ला ।
🌑रन्जना खड्का कुंवर
हाल पोखरा पृथ्वीचोक
[३६]
झुठ्ठा आश्वासन र भाषण भुली, गर अब विकास,
समृद्धि तर्फ ध्यान दिएर, देशलाई देऊ निकास !
🌑रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[३७]
जनताले दिएको अभिभारा मनन् गर,
आपसमा लड्दै समय बर्बाद नगर ।
🌑नारायण कोइराला
तानसेन,पाल्पा
[३८]
आफ्नै छातीमा हात राखेर सोचौँ, सही गर्यौँ कि गल्ती,
परिवर्तन होला कि टिकाउलान् उही चलनचल्ती ।
🌑राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[३९]
उद्योगधन्दा कल-कारखाना उत्खनन् हुने खानी,
विकासकाे नयाँ खाका काेर्दछौँ गर्दैनाैँ बेइमानी ।
🌑धन कुमारी रेग्मी
भरतपुर चितवन
[४०]
जनतालाई घात भयो यहाँ बारबार,
अब तिमी काम गरेर जन खुसी पार ।
🌑तेजप्रसाद खनाल
देउखुरी दाङ।
[४१]
नेताले नै बनाएका छन् जनतालाई दास,
काम होइन कुरा गर्छन् छैन तिनको आस
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[४२]
जनताको काम भोट दिने र नेताको काम विकास,
काम नगरे अर्कोपटक दिन्छन् जनताले निकास ।
🌑निरु भट्ट
सुर्नया,बैतडी
[४३]
काम हामी गरिहाल्छौँ, पिर नमान साथी,
नातागोता र झोले झाले लिइकन माथि ।
🌑मोहन भुजेल
[४४]
चुने युवा जनताले आज नयाँ अनुहार,
भ्रष्टचार निर्मूल गरी देश लाउन पार !
🌑बिबस पारदर्शी
भद्रपुर झापा,
[४५]
भ्रष्टको बाटो त्यागेर सबै अगाडि सर्नुछ ,
एकता भाव जगाइ सारा विकास गर्नुछ ।
🌑आर्त अकुलीन
कैलाली
[४६]
पाँच वर्षे अवधि दिई पठाएका छौँ हेर विश्वास गरेर,
सुम्पेका छौँ देशको साँचो, आमूल परिवर्तन गर्छौ भनेर।
🌑आशारानी श्रीस
कालीगण्डकी -३ जयखानी गुल्मी।
[४७]
हाम्रो देश बिग्रेको हो भ्रष्ट डुलाएर,
जितेपछि बस्न हुन्न नाक फुलाएर ।
🌑प्रेम थापा “मन”
[४८]
गर्नेछु म देशकाे सबै, विकासका काम,
जहाँ मेराे निकास हुने, पाउँनेछु दाम !
🌑गाेपालकृष्ण डंगाेल
काठमाडौं, हाल इटहरी
[४९]
देशमा अब केही परिवर्तन हुन्छ कि छ आस,
झुक्याएर अरूले झैँ जनताको नतोड विश्वास ।
🌑अस्मिता सापकोटा
भरतपुर चितवन
[५०]
विश्वास गरी मत दिए पाँच वर्षलाई हेर,
जनताकाे विश्वासलाई नफाल्नु है तिमी खेर।
🌑मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[५१]
कुरा भन्दा काम गर्न युवा जुट्नुपर्छ,
विकृति र विसङ्गतीलाई चुट्नुपर्छ ।
🌑कमला देवकोटा
पाल्पा
[५२]
भ्रष्टलाई भोट दिन्छन् रकम खाइकन,
विकास गर्छ भन्दै बस्छन् भर परिकन ।
🌑डोटि के.आइ.सिंह 06 फलेडि
[५३]
कुरा होइन नेता अब इमानदार भई काम गर,
सिधा सोझा जनताको मनमा नमेटिने विश्वास भर ।
🌑राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ, भारत ।
[५४]
तिम्रा पछि खटिरहे जनता दिनरात,
जीतको माला लगाएर नगर्नू है घात ।
🌑कर्ण दयाल ‘सोराडी’
मेलौली नगरपालिका ७ ,बैतडी
[५५]
खुलमखुल्ला टीका लाउनुस् नभए नि एकान्त,
दल फेरिरहनेलाई किन चाहियो सिद्धान्त ?
🌑प्रल्हाद घिमिरे
बनेपा_काभ्रेपलान्चोक
[५६]
सक्षमलाई नै सुम्पी दिनु बागडोरको साँचो,
देशको मुहार फेर्नलाई युवाको नै छ खाँचो ।
🌑बाबुराम गौतम
गुल्मी
[५७]
जनतालाई गफको सट्टामा खोजिरहेछन् विकास,
तिम्रो हातमा छ के, कसरी बन्ने? फलाम या कपास।
🌑म्यामराज राई
भोजपुर
[५८]
अनौठा रहेछन् जनता ! कति त उस्तैलाई छाने,
जानी बुझी आफ्नो भाग्यमा पुरानै बञ्चरोले हाने।
🌑अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[५९]
अब पालो तिम्रो आयो देश विकास गर्ने,
नगर्नु तिमी अरू जस्तै गोजी पेट भर्ने ।
🌑दुर्गा आचार्य
मोरङ
[६०]
पहिला लिएर देशकाे नासाे,
भन्छन् अहिले भयाे गला पासाे ।
🌑केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम ।
हाल भारतबाट ।
[६१]
जान्ने बुझ्नेले नदेउ भन्थे मत मलाई तर साेझाले दिए जानीजानी,
पाँच वर्षलाई ढुक्क भैगाे, मुखले गर्ने काम, हातले गर्छु मनाेमानी ।
🌑रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[६२]
चुनाव जितेपछि संसद भवन छिर्छौ,
जनताको गुणको बदला कहिले तिर्छौ ?
🌑रचना मोक्तान “यात्री”
नमोबुध्द न. पा. ५ काभ्रे
[६३]
अग्रता चुम्दै कोही पुगे अगाडि,
कामचोरलाई पारेर पछाडि ।
🌑समंझना (कुसुम)
[६४]
नाती पुस्ता सक्षम भए, तिमी गर आराम,
काजक्रिया नगर्लान् नि फेरि भए बदनाम ।
🌑शोभा गुरुङ
नेपालगन्ज
[६५]
जित भयो भन्दैमा नमात्तिनु कमरेड, देशको लागि गर्नु छ काम,
निष्ठापूर्वक होस् सधैंभरि सम्मान, देशको हितमा अघि बढ्दै जाम।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[६६]
जिती गयाैै नेताहरू जनताले भाेट दिई,
अब गाउँगाउँमा आउँनू सेवा भाव लिई ।
🌑उर्मिला के.शी.
धनकुटा
[६७]
आफ्नाे नाम लेखाउन त काम गरी देखाऊ
उत्तम काम गरेर अमर नाम लेखाऊ ।
🌑शर्मिला खतिवडा
विर्तामोड ,झापा
[६८]
आयौ कलाकार कला देखाउन, काँधमा जोर मादल भिरेको,
पाँच वर्ष पछि नहोस् फेरि, जुन जोगी आएपनि कानै चिरेको ।
🌑यामनाथ आचार्य
पर्वत
[६९]
कुरा होइन काम गराैँ सुधार गरी बानी,
पठाएका हुन् जनताले इमानदार मानी ।
🌑सुस्मिता नेपाल
सुनसरी
[७०]
जितेर गएपछि बिर्सनू जिताउनेलाई
माथि पठाउनू झाेला बाेकी पछ्याउनेलाई ।
🌑टङ्कबहादुर अालेमगर
त्रियुगा नगरपालिका -११ उदयपुर १ नम्बर प्रदेश
[७१]
देश बनाउने जिम्मेवारी सुम्पेका छौँ चट्ट,
काम गरी देखाएर राख इतिहास झट्ट ।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[७२]
के गर्ने के नगर्ने त्यो हजुरकै छ हात,
जनताको विश्वासलाई नहान्नु है लात ।
🌑भुपेन्द्र राना मगर
धादिङ
[७३]
भोट दियौ र जितायौ ए ! जन,
अब विकासमा लाग्छ यो मन ।
🌑बिके माकजु
भक्तपुर ।
[७४]
कसम खाऊँ विकास गर्ने राखी देश साछी,
हाम्रो कर्तब्य पुरा गर्यौँ तिमी नबन्नू लाछी ।
🌑पुष्पा सुवेदी
नेपालगञ्ज बाँके
[७५]
जितिहालेंँ पाँच वर्षलाई, खान्छु म बसीबसी,
भेडा जनता बसिरहन्छन्, गाउँमै घुँडा धसी।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[७६]
देशको साँचो सुम्पेपछि विश्वासमा नै बस,
काम चाहिँ बढी नै गर नत्र खरानी घस।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१
हाल:-अमेरिका,बोस्टन।
[७७]
गाउँगाउँमा विकासकाे नारा दिएर चुनाव जिती सहर पसेँ,
चुनावकाे खर्च जुटाउने जाेखना हेरी कापी कलम लिई बसेँ ।
🌑प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
[७८]
आफैँ उठेर दगुरेछ गोठको त्यो बाछो,
भ्यागुताको उफ्राइ मात्र तर छिटो माछो।
🌑प्रदीप के रिमाल
इटहरी, सुनसरी।
[७९]
भर्याङ बन्न पठाएका हुन् आस्थाको नबिर्सनू नि यार,
पार्टी सिद्धान्त भन्दै मन टुक्राए झैँ देश टुक्रा नपार ।
🌑उमा दाहाल
शुन्दर हरैचा १० मोरङ
[८०]
देश हाक्न आउनू युवा संझी आफ्नै गाउँ सहर,
विदाइ गरी खेद्नु पर्यो बुढालाई आ-आफ्नो घर ।
🌑बासुदेव पौडेल
[८१]
विकास भनेको पकाउँदै न पकाउने अहिलेको व्यवस्थाको यो भाँडो,
अरू देश प्रगति गरी कहाँ पुगिसके हाम्रो चाहिँ कस्तो रहेछ ठाँडो !
🌑पवन कुमार बुढाथेाकी
काठमाण्डौ

