टुक्काकार राजेशराज गड्ताैलाका टुक्का कविताहरू

  • २ मंसिर २०७९, शुक्रबार १९:५६ मा प्रकाशित
  • १.
    चुनावको मुखमा गर्छन् एकापसमा सक्तो सराप
    जिते पछि कॅाध मिलाउॅछन्, जब कुर्सी हुन्छ धराप ।
    २.
    मख्ख नपराैँ नेताहरूका चिल्ला चाप्ला कुराले
    चुनाव पछाडि जनतालाई काट्ने छन् छुराले ।
    ३.
    चुनाव अगाडि भोट माग्न हात जोड्छन्
    जितेर गए पछि हाम्रै टाउको फोड्छन् ।
    ४.
    युवा अघि बढ्नु पर्‍यो, यी बुढा नेताहरू हराउन
    पठाउॅ अब यिनीहरूलाई भेडा बाख्रा चराउन ।
    ५.
    कर्तव्य भुले नेताहरूले, विचार गरी भोट हालाैँ
    थोत्रा गाडीका इन्जन जस्ता पुराना नेता अब फालाैँ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग
    हाल- प्रवास

    Leave a Reply