
“#समाज_सेवामा_निस्वार्थ_सहभागिता #साहित्य_उत्थान_र_विकासमा_हाम्रो_प्रतिबद्धता “
#चित्रमा_मुक्तक_अभ्यास_शृङ्खला ५५ सम्पन्न 🇳🇵🏵️ 🌺
संरक्षक /सहजकर्ता =निर्मला सुवेदी
सञ्चालक/संयोजक =प्रेम थापा “मन”
तस्बिरसँग मिल्दो मुक्तक अभ्यास गर्नु हुने सबै स्रष्टा ज्यूहरू प्रति हार्दिक आभार ।
#उदाहरण_मुक्तक 🇳🇵
प्रफुल्लित बनेको छ मन प्रकृतिको भित्र भित्र
दु:ख सारा हरण गराउन देख्दा मोहक यही चित्र
कञ्चन मन सजाउन सन्ततिको,सपार्न मतिको
वर्णन योग्य काफी विश्वको मुटु यही दृश्य पवित्र ।
✍️२०७९ ,कात्तिक ,२२ ,मङ्गलबार🇳🇵
✍️मुक्तक🇳🇵
झर्झराउँदा झरना हरियाली फाँट यो सुन्दर।
बचाउ पर्यावरण देशको अरु सान के छ र ।
सफा हावा सफा पानी जान हो प्रकृति यो सबैको,
सबथोक यहिँ मिल्छ जिन्दगी यसैको छ भर।
👉️रतन बिष्ट
आलिताल डडेल्धुरा ।
✍️मुक्तक🇳🇵
सुन्दर प्राकृतिक छटा देखिन्छ हेर कस्ताे
हेरेर यस्ताे दृश्य आँखा टेकिन्छ हेर कस्ताे
झरना र हरियाे वनले सजाएकाे छ भूमि
त्यहाँ पुगे याे अंगालोमा बेरिन्छ हेर कस्ताे।
👉️ नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
✍️मुक्तक🇳🇵
कति अदभूत दृश्य, मोहित नहुने को होला
मन,मुटु अनि अन्तस्करण, नछुने को होला
प्रकृति नै हाम्रो साथी, सृष्टिकर्ता पालनकर्ता,
प्रकृतिसँगै नहाँस्ने,नखेल्ने र नरुँने को होला ?
👉️वसन्त अनुभव
घोराही, दाङ
✍️मुक्तक🇳🇵
चुनावी सरगर्मी ह्वात्तै नै बढेकाे
काेही हात्ती चढे काेही धुरीमै रहेकाे
अरुले कमाए भनेर हुन्छ र ?
मतदाताकाे मन छ अहिले जलेकाे ।
👉️ मधुसूदन प्रसाद घिमिरे
✍️मुक्तक🇳🇵
प्रकृतिको कला बनोट लेखेर चित्त मान्दैन
जसरी हेरूँ हेरिरहुँ चिम्लेर चित्त मान्दैन
हरियाली बस्ती भित्र स्वर्गपुरी घर छ मेरो ,
यहीँ बस्छु यहीँ मर्छु म मरेर चित्त मान्दैन ।
👉️होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
✍️मुक्तक🇳🇵
आहा!कति सुन्दर र रमणीय ठाउँ रहेछ
डाँडा पाखा पहराले छोपिएको गाउँ रहेछ
प्रकृति प्रेमिको लागि कविता लेख्न सुहाउने
हरियाली बसन्तको मनोहक नाउँ रहेछ ।
👉️अम्विका अधिकारी
झापा विर्तामोड
✍️मुक्तक🇳🇵
मन नै खुसिले गदगद प्रकृति देख्दा
स्वर्गको बयान पनि कमि शब्दमा हेर्दा
हरेक दुःख भुलाईदिन्छ यो सुन्दर सन्सार
खुशी र शान्ति एकै ठाउँमा भेट्दा ।
👉️सागर शर्मा (ढुक्क हो)
जैमिनि १० पाही
✍️मुक्तक🇳🇵
प्रकृति तिमीलाई मन पराउने भएछु
खै कसरी दिलभित्र सजाउने भएछु
तिम्रै रूपाकृति देखेर मन भरिएपछि,
चराझैँ मन मष्तिस्क नचाउने भएछु ।
👉️- आर्त अकुलीन, कैलाली
✍️मुक्तक🇳🇵
माथी झरना पारी पर्वत तल मेराे गाउँ
साँच्ची यस्तै हुन्छ हजुर स्वर्ग भन्ने ठाँउ
माछापुछ्रे अन्नपूर्ण धौलागिरी सबै देखिने
नेपालमै पर्छ त्यो देउराली हो त्यसको नाउँ ।
👉️सिर्जन रामु गुरुङ्ग
जैमिनि न पा १० राङ्खानी देउराली बागलुङ
✍️मुक्तक🇳🇵
प्राकृतिक सुन्दरताले वरपर सुन्दरता छरेको छ
साथमा सुन्दर बस्तिले लिई आनन्द अटेको छ
रमाउन चाहनेहरुका लागि प्रकृति नै एक हो
कलकल बग्दै हेर यहाँ स्वच्छ सरिता बहेको छ।
👉️ तेजप्रसाद खनाल
लमही दाङ।
✍️मुक्तक🇳🇵
सौन्दर्य प्रकृतिमा हराउँदा यो मन ,
अचम्मित आफै,सर्माउँदा यो मन ,
थाकेको शरीर लामो सुस्केरा सँगै ,
अमृत रूपी झरना तिर्खाउँदा यो मन ।
👉️महाश्रम शर्मा
जैमिनि 4
✍️मुक्तक🇳🇵
स्वर्गीय आनन्द रारा, फोक्सुण्डो,फेवा तालमा पाउँछौं
अनि,यी प्रत्येक हात्ती,गैंडा,कस्तुरीको चालमा पाउँछौं
यसैले, ए ! बिदेशी पर्यटकहरु एकपटक घुम्न आउनु
यस्तो मनोरम दृश्य एउटा मात्र देश नेपालमा पाउँछौं।
👉️प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक🇳🇵
आहा!मन लोभिने ठाउँ कति सुन्दर छ
आजसम्म देखे भन्दा अति सुन्दर छ
प्रकृति त हो मानवको बाँच्ने आधार
यसैमा गरेको हाम्रो प्रगति सुन्दर छ ।
👉️विक्रम तिरूवा सलिन
जुम्ला
✍️मुक्तक🇳🇵
प्रकृतिको सुन्दरताले नछुने को होला?
यो मौलिकतामा खुशी नहुने को होला?
सुख मात्र होइन सन्तोष हो हजुर खुशी
प्राकृतिक विपत्तिमा यहाँ नरुने को होला?
👉️निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक🇳🇵
तन मन वचन लोभ्यायो प्रकृतिको भावले
अन्तःकरण चेष्टा खुलायो हरियाली दावले
रूपात्मक, अनगन्ती आशय, दैवी जगतमा
प्राकृतिक सुन्दरतालाई जित्दैन तनावले।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
✍️मुक्तक🇳🇵
चारैदिशा हरियाली कति राम्रो गाउँ छ
सबैजना एक पटक पुग्नै पर्ने ठाउँ छ
नेताहरूले गर्दा आज कुरुप बनाइसके
त्यही ठाउँसँग जोडिएको मेरो सुन्दर नाउँ छ ।
👉️बिक्रम शर्मा चापागाईं
जैमिनिघाट बाग्लुङ
✍️मुक्तक🇳🇵
कुनै बेला धूप कुनै बेला छाउँ जिन्दगी यस्तै छ,
किस्मतको खेल लगाउ दाउँ जिन्दगीको यस्तै छ,
प्रकृतिको सुन्दरता र स्वरूप जस्तै यहाँको,
कहिले काँही रमाउने ठाउँ जिन्दगीको यस्तै छ ।
👉️Singer bishal
Kohalpur, banke
✍️मुक्तक🇳🇵
हेर्न मात्रै पाए पनि भोक प्यास मेटिन्छ नि
साराङ्गीको धुन पनि छहराले रेटिन्छ नि
स्वर्गकै अप्सरा पनि यतै भुल्थिन् होली
धर्तीमा यस्तो ठाउँ अन्त कहाँ भेटिन्छ नि!
👉️-पशपती राई खोटाङ
✍️मुक्तक🇳🇵
कति सुन्दर प्राकृतिकले भरिपुर्ण मनमोहक ठाउँ
सूक्ष्म रुपले अवलोकन गर्दा बिर्सने आफ्नै नाउँ
झर्नाको संगीत संँगै ~ छङ्गछङ्ग बग्ने उस्तै खोला
प्राकृतिले सजिएको सुन्दर लाग्छ देख्दा अझै गाउँ।
👉️अनुपमा भुजेल (आभा)
खोटाङ्ग नेर्पा-६
✍️मुक्तक🇳🇵
देशलाई प्रकृतिले दिएको अतिनै सुन्दर उपहार छ
प्रकृति प्रेमी साहित्यकारको धेरैनै मिठो उदगार छ
उत्तरतर्फ कञ्चन हिमाल दक्षिण सुनौला फाँटहरू
पाहुनालाई लोभ्याउने स्वच्छ प्राकृतिक उपकार छ ।
👉️” जिज्ञासु ” पन्त
✍️मुक्तक🇳🇵
खोज्दा नेपाली कै नाम भेटियोस् अनि पो त मज्जा हुन्छ
उठ्ना बितिकै झरना देखियोस् अनि पो त मज्जा हुन्छ
सबैले गुनगुनाउन परोस अाहा कति राम्रो नेपाल भनेर
विदेशीको गलत नजर छेकियोस् अनि पो त मज्जा हुन्छ ।
👉️ हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका 5 रोल्पा

