


चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
भुकम्पले गर्दा नै पुल केही धसेको छ।
विम्बहरू सबै जमिन भित्र पसेको छ।
लान्छना लगाउने कार्य हामीमा धेरै छन्,
रक्सीले चुर भएर नदीमा खसेको छ।
देवीको प्रार्थना गरी पानीमा बसेको छ।
✍️शिव कुमार रेग्मी,पोखराथोक,पाल्पा ।
~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०२]
नेपालमा पुल कति कच्चा बनाउछौ।
चुनाव जित्नेलाई नै सच्चा बनाउछौ।
बिग्रन्छ बाटो भत्किन्छ पुल बनाएको।
भ्रष्टाचारी गर्नेले त घच्चा बनाउछौ।
जनतालाई तिमीले बच्चा बनाउछौ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०३]
हराभरा आहा अति राम्रो देखियो।
ति नदी जति सबै नै हाम्रो देखियो।
नलाउनु कसैको नजर हामीमा,
जल माथि हुँदा पुल काम्रो देखियो ।
बलियो नि निकै होला चाम्रो देखियो।
✍️शन्जना शर्मा, दाङ लमही ।
~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०४]
नदीमाथि पुल भासिएको कसरी हेरौँ ।
नेपालको धन नासिएको कसरी हेरौँ ।
रातदिन रोएकी छिन् मेरै नेपाल आमा,
मेरो यो सिमाना तासिएको कसरी हेरौँ ।
पुर्खाको सम्पत्ति मासिएको कसरी हेरौँ ।
✍️आर्त अकुलीन, कैलाली ।
~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०५]
गरिबी र भोकमरीले असहाय बच्चा थियो।
आमाबाबु मरि गए उमेर नै कच्चा थियो।
उपाय नै नदेखेर फाल हान्यो पुलबाट,
ढाँट्न चोर्न नजानेको संस्कारी र सच्चा थियो।
बाँचिरहोस् भने पनि सामाजिक घच्चा थियो।
✍️ गुणनिधि घिमिरे, अमेरिका ।
~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०६]
बजेट झ्वाम पारेर पुल दिएको छ ।
हेर्नुस् कसरी नदीको पानी पिएको छ ।
कुन बेला भत्कने हो त्रासको घर भो,
पौडी खेल्दा बालक त्रासले जिएको छ ।
कठै ! विकासको मेरुदण्ड खिएको छ ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०७]
पौँडदै आफैँ खोला तर्दैछन् नि देखेर पुल कच्चा त्यो।
ठूलै खर्च गरि बनाए पनि भएन किन सच्चा त्यो।
हेर ! बिनासित्ति खेर गयो बजेट त्यसमा अपत्तो,
बनाउने कि बनाउन लगाउनेको काम बच्चा त्यो।
कतिको ज्यान लिएर कतिलाई गराउला घच्चा त्यो।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०८]
सत्ताको मनोमानीले गर्दा बालबालिका सुरक्षित छैनन्।
विकासमा आँच आईपर्दा बालबालिका सुरक्षित छैनन्।
जस्ले जिते पनि चुनावमा देशको लागि गर्ने केही हैन ,
बाटोघाटो पुल निर्माण सार्दा बालबालिका सुरक्षित छैनन् ।
बगायो बाढीपैह्रोले चर्दा बालबालिका सुरक्षित छैनन् ।
✍️अम्विका अधिकारी, छापा विर्तामोड ।
~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०९]
पुल भासियाे हेर त।
धन नासियाे हेर त।
प्रतिशतकाे खेलमा,
मनै तासियाे हेर त।
नेता गाँसियाे हे र त।
✍️म प्र घि, काठमाडौं ।
~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१०]
[०१]
बनाएका पुल भासिएका छन् यहाँ ।
बनाउँदै धन नासिएका छन् यहाँ ।
के भनौँ यो कमिसनको हाेडबाजीमा ,
देखेर यो मन ताछिएका छन् यहाँ ।
मिली खान नेता गाँसिएका छन् यहाँ ।
[०२]
ऎतिहासिक खम्बा भाँचिएका छन् यहाँ ।
यसरी सबै धन नासिएका छन् यहाँ ।
देश भन्दा कमिसनमा ब्यस्त छन् नेता ,
जनताका मन नै ताछिएका छन् यहाँ ।
बेमेलमा नि नेता गासिएका छन् यहाँ ।
✍️दुर्गा भट्टराई, मोरङ ।
~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग चित्रपट [११]
कच्चा बाटो माथी पुल तल नदी पुल भासिए छ।
पढ्न भनी हिँड्दा हिँड्दै बालापन त्यसै नासिए छ।
गाउँ बस्ती सहर बाटो पुल देशमा राम्रो छैन,
हाम्रा नेताको विदेशीसँग साँठगाँठ गाँसिए छ।
यसरी नै हाम्रो देशमा विकासोन्मुख नासिए छ।
✍️बेदु न्यौपाने, काठमाडौ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१२]
अलिकति मात्रै भाँसिएको पुल थियो।
मोटरसाइकलको मान्छे नै झुल थियो।
गाडी लडेर चालक पानीमा तलै खस्दा,
त्यस खोलामा हिमनदीको मूल थियो।
दुर्घटना भएको ठाउँमा धेरै हुल थियो ।
✍️भगवती दवाडी, झापा ।
~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१३]
नदीको बचमा भाँसिएको पुल छ ।
निर्माणको लागि नासिएको भुन छ ।
कसले कसलाई भन्ने सबै त्यसै,
नाता आपसमा गाँसिएको मुल छ ।
यहाँ पार्टीहरु मिसिएको हुल छ ।।
✍️धनमाया चौधरी, कैलाली ।
~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१४]
नदी वारि पारी जोडिने पुल बन्न सकौँ ।
बगैंँचामा मग्मगाउने फूल बन्न सकौँ ।
पञ्चाङ्गमा रमाउने बानी परिसक्यो है,
पञ्चाङ्गको बर्सिरहने मुल बन्न सकौँ।
यस्लाई सिँगारी रहने तुल बन्न सकौँ।
✍️तारा घिमिरे, सङ्खुवासभा ।
~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१५]
ठेक्दारको गल्तीले पुल भासियो हेर।
बेकारमा देशको धन नासियो हेर।
जनतालाई सुविधा दिन खोज्दाखेरि,
ठेक्दारसँग भ्रष्ट नेता टाँसियो हेर।
बेकारमा कच्चापदार्थ मासियो हेर।
✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे ।
~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१६]
प्यारो मेरो देशको लागि लड्दैछु म।
सङ्घर्षको मैदानमा त बड्दैछु म।
जे परेपर्छ हत्यारालाई छाड्दिन,
साथ नदिएर नै एक्लै षड्दैछु म।
समान्तिको दलदलमा गड्दैछु म।
✍️कमला पाण्डे पराजुली झापा ।
~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१७]
नदीको बिचमा पुल बनाउनेलाई मान्नु पर्छ ।
अति नै उत्तम विचार दिमागलाई ठान्नु पर्छ।
बनेको पुलबाट कति आनन्द छ हेर्नलाई त्यो,
कुरा मात्र होइन यस्तो बनाउनु त जान्नु पर्छ ।
सबै मिलि हातेमालो गरेर लठ्ठारो तान्नु पर्छ ।
✍️अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१८]
तल पानी माथि पुल तर्ने नै हो।
वारिबाट पारितिर सर्ने नै हो।
पानी जहाज चल्ने समुन्द्र हैन,
तर्दातर्दै भत्किएमा मर्ने नै हो।
पुलै नभए विपत्ति पर्ने नै हो।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१९]
पुलको पनि त आयु हुन्छ होला भाँचियो।
पुरानो थियो कि पुल बिच खोला भाँचियो।
बनाउन गारो छ ज्यान हथलिमा राख्दै,
दिए ठेक्का लिनेछन् नोटकै झोला भाँचियो।
खाने खाए मर्ने मरे रुने रोला भाँचियो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२०]
नेताहरुको बुद्धि विवेक सबै नासिएर गयो।
जनता हिँड्ने पुलहरु सबै नै भासिएर गयो।
कमिसनको लोभमा ठेकेदार छानेर लगाई,
ती काम गर्ने ठेकेदार र नेता टाँसिएर गयो।
भ्रष्टाचारमा बनेको पुलहरु मासिएर गयो।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।
~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२१]
बाँडेपछि खाम, काम यस्तै हो।
भेटी अनि दाम, काम यस्तै हो।
हुने यी विकास र निर्माणमा,
हुन्छ छलछाम, काम यस्तै हो।
छैन बदनाम, काम यस्तै हो ।
✍️वसन्त अनुभव , घोराही, दाङ ।
~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२२]
जताततै अस्तव्यस्त देख्छु देश भित्र मैले
पुल नाजुक बालक डुब्दै देख्छु चित्र मैले।
यातायात पक्कै पनि छँदैछ जोखिमपूर्ण
पुल भासिनु पक्कै गहिरो देख्छु छित्र मैले
देख्दैन है कतै मर्मत संहार मित्र मैले।
✍️तेजप्रसाद खनाल, लमही दाङ ।
~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२३]
अब त पुल पनि ठगिएछ यहाँ।
खाताबाट रकम लगिएछ यहाँ।
विकासको पाइलैपिच्छे यस्तै हुन्छ
भ्रस्टाचारले मात्र तगिएछ यहाँ।
जनताको सपना बगिएछ यहाँ।
✍️अच्युत घिमिरे, भुटान बाट 🇧🇹
~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२४]
चुनाव जिताएर जनताले फुल लाइदिए।
परिणाम उसले चाहिँ भने शुल लाइदिए।
असल नेता त देशले कहिल्यै चुन्न सकेन,
चुनाव अघि चैँ आश्वासनको मुल लाइदिए।
जितेपछि दुइदिनै नटिक्ने पुल लाइदिए।
✍️पशपती राई, खोटाङ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२५]
ठाउँ ठाउँमा नै पुल कच्चा बनाए बरै ।
जनताको मन जित्न सच्चा बनाए बरै ।
भत्किन्छन् पुलहरु अनि भासिन्छन् बाटो ,
भ्रष्टाचारीहरुले नै घच्चा बनाए बरै।
साेझा यी जनतालाई बच्चा बनाए बरै।
✍️सहयात्री शोभा अर्याल, बुटवल ।
~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२६]
पुल बन्दा खुसी लागेको छ ।
दुःख पीडा सब भागेको छ ।
अहिले पुल भाँचिएकोले,
मनमा दुःख नै जागेको छ।
पीडा माथि पीडा मागेको छ।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२७]
पहिलेका धेरै कुरा मासिएको छ।
मान्छेहरु हिँड्ने पुल भासिएको छ।
चुनावमा विकासको हुन्छ कुरा त,
बच्चा डरले छेउमा टाँसिएको छ।
जीवन नै दोसाँधमा गाँसिएको छ।
✍️सुशीला पौडेल, काठमाडौं ।
~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२८]
हेर्दाहेर्दै त्याे छँदाखाँदाकाे पुल पनि भासिन लाग्याे ।
सार्वजनिक ति धराेहरहरु पनि नासिन लाग्याे ।
भ्रष्टाचारीलाई उति नै कमिसन नपुगेर हाेला ,
जनतालाई शास्ति छ है भाेकले पेट टाँसिन लाग्याे ।
विदेशीकाे इशारामा चल्दा देश पनि मासिन लाग्याे ।
✍️उर्मिला के.शी., धनकुटा।
~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२९]
भाँचिएको पुल कसरी हेर्नु यहाँ ।
वर्षै पिच्छे पुल कसरी फेर्नु यहाँ ।
भाँचिएको नदीमा जिन्दगी बचेको ,
पानीमा बाँचेको जिन्दगी घेर्नु यहाँ ।
उद्वार गरेर मायाले बेर्नु यहाँ ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [३०]
सिङ्गै ज्वालामुखी छातीभित्र,हुलेर बाँचेको मान्छे हुँ म।
मुस्किलले तिम्रा यादहरु, भुलेर बाँचेको मान्छे हुँ म।
अब पठाएर के गर्छ्यौ, व्यर्थमा घाइते भएर आउलान्,
त्यो ज्वालामुखीको लाभा सँगै,घुलेर बाँचेको मान्छे हुँ म।
राप सँगैको खरानी माथि, डुलेर बाँचेको मान्छे हुँ म।
चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
~~~~~~~~~~~~~~~~~

