पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-१७ सम्पन्न

  • २६ कार्तिक २०७९, शनिबार ०९:१८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १७[सत्रौँ]
    ———————-

    ………………………………………….

    अभ्यास संरचना 
    ,,,,,,,,,,,,,,,,,,,,,,

    समपञ्चाङ्गको संरचना :- १४ वा १६ अक्षरमा लेख्नु होला।
    अनुप्रास :- फूल्न ,झुल्न, खुल्न, डुल्न,
                     खुल्न, हुल्न,घुल्न, धुल्न  आदि अनुप्रास                       दोहोरिनु हुन्न ।
    स्थायी :- आफ्नो इच्छा
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।

    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।
    ———————————
    समपञ्चाङ्ग

    तिम्रो हृदय  बिचमा   फूल्न पाए हुन्थ्यो [०१]
    आँखाको परेलिमा नै झुल्न पाए हुन्थ्यो [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

    मायाको   संसारमा आफ्नै फूल देखेसि [०३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ————————————
    त्यही देखेको लोकमा डुल्न पाए हुन्थ्यो [०४]
    तिम्रो मनको खुसीमा खुल्न पाए हुन्थ्यो [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पुर्णता दिनु बाँकी १२३४५ ले खुल्नु पर्छ ।
    —————————————-
    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    तृष्णा  भए   हृदयमा  हुल्न पाए हुन्थ्यो [०६]
    दु:ख पीडा जति  सबै भुल्न पाए हुन्थ्यो [०७]

    आठौं  लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नु पर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    बस्ने  चौतारी    छैन  साहारा  खोइ मेरो [०८]

    ६,७ र ८का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    तिमीसँगै जीवन  भरी घुल्न पाए हुन्थ्यो [०९]
    गालामा खसेको आँसु धुल्न पाए हुन्थ्यो [१०]
    ————————————–

    उदाहरण पञ्चाङ्ग  [१]

    तिम्रो हृदय  बिचमा   फूल्न पाए हुन्थ्यो [०१]
    आँखाको परेलिमा नै झुल्न पाए हुन्थ्यो [०२]
    मायाको   संसारमा आफ्नै फूल देखेसि [०३]
    त्यही देखेको लोकमा डुल्न पाए हुन्थ्यो [०४]
    तिम्रो मनको खुसीमा खुल्न पाए हुन्थ्यो [०५]

    तृष्णा  भए   हृदयमा  हुल्न पाए हुन्थ्यो [०६]
    दु:ख पीडा जति  सबै भुल्न पाए हुन्थ्यो [०७]
    बस्ने  चौतारी    छैन  साहारा  खोइ मेरो [०८]
    तिमीसँगै जीवन  भरी घुल्न पाए हुन्थ्यो [०९]
    गालामा खसेको आँसु धुल्न पाए हुन्थ्यो [१०]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    उदाहरण समपञ्चाङ्ग  [०२]

    नमिलेकोलाई  तास्न  पाए हुन्थ्यो [०१]
    मिलाएपछि  त  हाँस्न पाए हुन्थ्यो [०२]
    मेरो    मनको    कुरा  भनु  कसरी [०३]
    हजारी  फूल झैँ गाँस्न पाए हुन्थ्यो [०४]
    दिल भित्र माया टाँस्न पाए हुन्थ्यो [०५]

    दुश्मन भएमा  भास्न पाए हुन्थ्यो [०६]
    सबैलाई कसै  मास्न पाए हुन्थ्यो [०७]
    तिम्रो  माया   देखेर जल्नेलाई त [०८]
    भिरबाट छोडी छास्न पाए हुन्थ्यो [०९]
    बिरोधिलाई नै नास्न पाए हुन्थ्यो [१०]

    💢शन्जना शर्मा, लमही दाङ ।
    ——————————————–

    समपञ्चाङ्ग   ०१

    नमिलेकोलाई  तास्न  पाए हुन्थ्यो ।
    मिलाएपछि  त  हाँस्न पाए हुन्थ्यो ।
    मेरो    मनको    कुरा  भनूँ कसरी ,
    हजारौ फूल झैँ गाँस्न पाए हुन्थ्यो ।
    दिलभित्र माया टाँस्न पाए हुन्थ्यो ।

    दुश्मन भएमा  भास्न पाए हुन्थ्यो ।
    सबैलाई कसै  मास्न पाए हुन्थ्यो ।
    तिम्रो  माया   देखेर जल्नेलाई त ,
    भिरबाट छोडी छास्न पाए हुन्थ्यो ।
    विरोधीलाई नै नास्न पाए हुन्थ्यो ।

    💢शन्जना शर्मा, लमही दाङ ।

    सम पन्ञ्चाङ्ग   ०२

    तिम्रो हृदय  बिचमा   फूल्न पाए हुन्थ्यो ।
    आँखाको परेलीमा नै झुल्न पाए हुन्थ्यो ।
    मायाको   संसारमा आफ्नै फूल देखेसि ,
    त्यहीँ देखेको लोकमा डुल्न पाए हुन्थ्यो ।
    तिम्रो मनको खुसीमा खुल्न पाए हुन्थ्यो ।

    तृष्णा भए   हृदयमा  हुल्न पाए हुन्थ्यो ।
    दु:ख पीडा जति  सबै भुल्न पाए हुन्थ्यो ।
    बस्ने  चौतारी    छैन  सहारा  खोइ मेरो ,
    तिमीसँगै जीवन  भरी घुल्न पाए हुन्थ्यो ।
    गालामा खसेको आँसु धुल्न पाए हुन्थ्यो ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    सम पञ्चाङ्ग   ०३

    लेकबेंसी भिरपाखा फुल्न पाए हुन्थ्यो ।
    लहलह बाली जस्तै झुल्न पाए हुन्थ्यो ।
    मन र मस्तिष्क पनि चरा जस्तै उड्दा,
    गुलाफको वरिपरि डुल्न पाए हुन्थ्यो ।
    माया र प्रेमको जस्तै घुल्न पाए हुन्थ्यो ।

    बादल फाटी आकाश खुल्न पाए हुन्थ्यो ।
    डाली बिच फूल बनी फुल्न पाए हुन्थ्यो ।
    आखिर हाम्रो जिन्दगी फूलजस्तै लाग्छ,
    भमरा बनी खुसीले डुल्न पाए हुन्थ्यो ।
    फूलको रसपानमा झुल्न पाए हुन्थ्यो ।

    💢आर्त अकुलीन, कैलाली ।

    सम पञ्चाङ्ग   ०४
    ❤️✍️❤️
    फूलजस्तै सदा बहारमा फूल्न पाए हुन्थ्यो
    पूर्व उदाउँदो सूर्य सरी खुल्न पाए हुन्थ्यो।
    कता के ले रोके जस्तो  सफलताको घेरोमा,
    घुलनशील पदार्थको झैँ घुल्न पाए हुन्थ्यो।
    बालापन चहारी कोक्रोमा झुल्न पाए हुन्थ्यो।

    सेवाभाव पूर्ण भई गाउँ डुल्न पाए हुन्थ्यो।
    तेरो के काम भन्नेलाई लौ भुल्न पाए हुन्थ्यो।
    समयको    सदुपयोग  नगरी  जथाभावी ,
    बर्बाद गर्दै हिँड्ने त जेल हुल्न पाए हुन्थ्यो।
    समाजी नकारात्मक सोच  धुल्न पाए हुन्थ्यो।

    💢जमुना आचार्य सिन्धुपाल्चोक।

    सम पञ्चाङ्ग   ०५

    लहलह धानको बालाझैँ झुल्न पाए हुन्थ्यो ।
    बास्ना छर्दै कस्तूरी बनेर डुल्न पाए हुन्थ्यो ।
    सुखैसुख भएको स्वर्ग जस्तै होओस् जिन्दगी ,
    रातको रानी बनी दिलमा फुल्न पाए हुन्थ्यो ।
    यो संसारका सारा खुसी बटुल्न पाए हुन्थ्यो ।

    सबै ज्ञान यो माथामा हुल्न पाए हुन्थ्यो ।
    रङ्गीचङ्गी फूलमाथि भुल्न पाए हुन्थ्यो  ।
    सोचे जस्तो हुन्छ, हुन्न मेरो यो जिन्दगी  ,
    निलो आकाश जसरी खुल्न पाए हुन्थ्यो ।
    चिनीपानी भई दुवै घुल्न पाए हुन्थ्यो ।

    💢श्रीकृष्ण शर्मा पोखरा ।

    समपञ्चाङ्ग   ०६
               
    नभनी जातजाती सबै मान्छे घुल्न पाओस्।
    धनी होस् वा गरिब सबैले फूल्न पाओस्।
    ओखती हुन्छ तितो महत्त्व यसकै छ ठुलो ,
    हिमाल  पहाड  तराई  देश डुल्न पाओस्।
    दौरा सुरवाल टोपी नेपाली खुल्न पाओस्।

    ढिँडो रोटो जसरी एकछाक हुल्न पाओस् ।
    कुटोकोदाल‍ो खनजोत गर्दै झुल्न पाओस्।
    आफैँ हटेर जान्छन् मनका सारा पीडाहरु,
    रमाउदै परिवार बिचमा भुल्न पाओस्।
    परिश्रमले पिसेर पसिना धुल्न पाओस्।

    💢होम प्रसाद नेउपाने,धरान,सुनसरी ।

    सम पञ्चाङ्ग   ०७

    तिम्रै हृदयकाे कुनामा फूल्न मन पर्छ ।
    तिमी सँगसँगै यात्रामा डुल्न मन पर्छ ।
    साँच्चै माया गर्छु भन्दै खुल्नु खुलेपछि ,
    सहारा बनी एकअर्का झुल्न मन पर्छ।
    मनकाे कुरा तिमीसँग खुल्न मन पर्छ।

    अपराधीलाई जेलमा हुल्न मन पर्छ।
    साँचाे कुरा नभनेसम्म धुल्न मन पर्छु ।
    गाउँगाउँमा सचेतनाकाे बिकास गर्दै,
    विकृति,विसंगतिलाई भुल्न मन पर्छ।
    असल बनी सबैसँग घुल्न मन पर्छ।

    💢उर्मिला के.शी.,धनकुटा ।

    सम पञ्चाङ्ग   ०८

    मनको  फुलबारीमा फुल्न पाउँ।
    दुवै त्यो मनमा बसी खुल्न पाउँ।
    दुवैको ति आँखा  जुधेर  बसेछ,
    सँगैसँगै शान्त मन  डुल्न  पाउँ।
    सधैं  भरी  हृदयमा झुल्न  पाउँ।

    मन  मन्दिरमा  हात हुल्न  पाउँ।
    शत्रुहरूका बिचमा  घुल्न  पाउँ।
    दायाँबायाँ हेर्दै हिँड्ने बानी गरौं ,
    त्यो सङ्लो पानीमा हात धुल्न पाउँ।
    कृष्णसँगै  रमाएर भुल्न  पाउँ।

    💢बेदु न्यौपाने काठमाडौ ✍️

    सम पञ्चाङ्   ०९

    पानी बनी शिरमाथि,खस्न पाए हुन्थ्यो।
    बग्दैबग्दै   भित्रैसम्म, पस्न पाए हुन्थ्यो।
    मन चोरी  लगी सक्यौ, ए!वैँशालु नानी,
    मनसँगै  आफूपनि,  बस्न  पाए हुन्थ्यो।
    लगाएर  काउकुती, डस्न  पाए  हुन्थ्यो।
    २५८,
    तप्पतप्प शिरमाथि, खस्न पाए हुन्थ्यो
    वैंशालुको चोली भित्र,पस्न पाए हुन्थ्यो।
    अौडाहा भो  देखेपछि, बेकार  भो तर,
    चिनापर्ची  छैन, छेउ, बस्न पाए हुन्थ्यो।
    टाढाबाट  लम्किएर, डस्न पाए हुन्थ्यो।
                  
    💢 चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    सम पञ्चाङ्ग   १०

    तिम्रो  मनकाे बगैंँचामा फुल्न देउ प्रिय।
    तिम्राे मनकाे कुनाकुना  डुल्न देउ प्रिय।
    सधैभरि अमर बनाेस् हाम्रो  यो माया,
    तिम्रै वरिपरि  मलाई  झुल्न देउ प्रिय।
    मेराे माया तिम्रो  मनमा घुल्न देउ प्रिय।

    मायालुले  गरेको काम हुल्न देउ प्रिय ।
    गल्ती भएमा सजिलै भुल्न देउ प्रिय।
    तिमी बिनाको जगत् मेरो लागी मान्य छैन ,
    नजिक आएर सदैव   खुल्न देउ प्रिय ।
    आँसु बगेको भए साँच्चै धुल्न देउ प्रिय ।

    💢मनिषा बिष्ट, बिराटनगर ।

    सम पञ्चाङ्ग   ११

    मन भित्रको कालो र मैलो धुल्न पाए हुने,
    दु:ख ,पीडाहरु अब सबै भुल्न पाए हुने।
    छैन समाउने छैन टेक्ने बेसहारा भएँ,
    तिम्रो दिलको एक कुनामा घुल्न पाए हुने,
    बिहान र साँझ तिमीसँगै डुल्न पाए हुने।

    तिम्रो मनको फुलबारीमा फुल्न पाए हुने,
    त्यो तिम्रो आँखाको नानीसँगै झुल्न पाए हुने।
    अघिपछि तिमी देख्छु अरु देख्या छैन मैले,
    हात समाउँदै संँगसँगै डुल्न पाए हुने,
    छेउमा बसी मनका कुरा खुल्न पाए हुने।

    💢दुर्गा रिजाल आचार्य, मोरङ ।

    सम पञ्चाङ्ग   १२

    जनताले  बिश्वास  पालेको राम्रो ।
    विकासको बत्ती नै बालेको राम्रो ।
    सबैभन्दा  ठूलो    बिश्वास रहेछ ,
    सुरुवात  उत्तम   थालेको  राम्रो ।
    उचित  कदम नै   चालेको राम्रो ।

    राम्रो  देखिन्न  भने टालेको राम्रो ।
    साँच्चै नराम्रो भए फालेको राम्रो ।
    काम रोक्नेहरू  देशको   दुश्मन ,
    कामै   नगर्नेलाई  फालेको राम्रो ।
    भ्रष्ट  गर्छ भने त्यो ढालेको राम्रो ।

    💢पार्वती अर्याल, भरतपुर चितवन ।

    पञ्चाङ्ग   १३
    [०१]
    तिम्रो छातीभित्र भित्रै फुल्ने मेरो रहर छ।
    तिमै काखे सिरानिमा  झुल्ने मेरो रहर छ।।
    कहिले  पनि  तिमी  मलाई  नाई नभन है।
    प्रेमसँग   गाउँघर   डुल्ने  मेरो   रहर छ।।
    मेरा सारा  दुखी दिन  भुल्ने  मेरो  रहर छ।।
    [०२]
    कसैको  मन  मुटुमा  म  घुल्न सकिनँ।
    मेरो मुटुको  कुना भित्र  हुल्न  सकिनँ।।
    भगवान  म  कसोगरि  बाँच्ने हो  यहाँ।
    प्यारको मूल्य कतै नी असुल्न सकिनँ।
    अरु  कोहीसँग  पनि म  डुल्न सकिनँ।

    💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग   १४
    [०१]
    मलाई  पनि  मायाको देश डुल्न मन छ।
    डुल्दै डुल्दै मनको सबै  पीर भुल्न मन छ।
    दुईदिने जीवन यो मरि लानु के पो छ र,
    यो मायकै बारीमा फूल बनी फुल्न मन छ।
    मगमग  बास्नाले  चारैतिर  खुल्न  मन  छ।
    [०२]
    फुलबारीका यी फुल जस्तै फुल्न पाए हुन्थ्यो ।
    सुगन्ध    फैलाइ   चारैतिर  खुल्न पाए हुन्थ्यो ।
    स्वार्थरुपी  भमरा   बनी  भुनभुन  गरेर,
    फुलका डाली र थुङ्गाथुङ्गा डुल्न पाए हुन्थ्यो ।
    यो मनको सारा पीर व्यथा  भुल्न पाए हुन्थ्यो ।

    💢पशपती राई खोटाङ ।

    पञ्चाङ   १५

    सुनौलो संसारिक बहारमा सधैँ फुल्न सकूँ म ।
    धरतीको   सुन्दरतामा   रमाउँदै भुल्न सकूँ म ।
    जीवन  जिउन  सबै  बाधाहरूलाई  पञ्छाउँदै,
    अतीत र अनागतका  सत्कर्ममा घुल्न सकूँ म ।
    अनि स्वतन्त्र र खुसीले  सबैसँग  डुल्न सकूँ म ।

    💢गुणनिधि घिमिरे अमेरिका ।

    पञ्चाङ्ग   १६

    जुनताराको फुलबारीमा डुल्न मन लाग्यो।
    भमरा जस्तै तरेलीमा नि झुल्न  मन लाग्यो।
    दुःख सुख  जीवन भोगाइमा भर पर्नेछ,
    सुन्दरताको तन भित्रै नै खुल्न मन लाग्यो।
    काँडैकाँडाको बिचमा पनि फुल्न मन लाग्यो।

    💢अम्विका अधिकारी
    झापा विर्तामोड ।

    पञ्चाङ्ग   १७

    फूल झैं गरी फुल्न मन लाग्छ मलाई ।
    दुःख र पीडा भुल्न मन लाग्छ मलाई ।
    सारा ब्रह्माण्ड खनिए पनि सधैँभरि,
    तिम्रै साथमा खुल्न मन लाग्छ मलाई।
    तिम्रो काखमा झुल्न मन लाग्छ मलाई।

    💢सुशीला पौडेल , काठमाडौं ।

    पञ्चाङ्ग   १८

    बगैँचामा  फूल बनेर बस्ने धोको  छ ।
    बिस्तारै फूलको मनमा पस्ने धोको छ ।
    मगमग बसाउने यो रहर आफ्नो ,
    फेरिपनि काँडाहरूमै फस्ने  धोको छ ।
    बगैँचालाई त फन्दामा कस्ने धोको छ।

    💢सुरेशकुमार पान्ड, दाङ घोराही१८।

    पञ्चाङ   १९

    सबै पीर सबै चिन्ता भुल्न पाए हुन्थ्यो ।
    सपनाको  सहरमा  डुल्न  पाए  हुन्थ्यो ।
    कति  बस्नु पीडा  बोकी तड्पिएर यहाँ ,
    अभौतिक  संसारमा घुल्न पाए हुन्थ्यो ।
    इन्द्रपुरी  बगैँचामा  फुल्न  पाए हुन्थ्यो ।

    💢वसन्त अनुभव , दाङ घोराही ।

    पञ्चाङ्ग  २०

    अब चारैतिर नेपालमा लौरो आउँनु पर्छ ।
    जितको लहर सबैतिर  लौरो छाउँनु पर्छ।
    बैरीजति  भगाउनु छ देशलाई  बचाई,
    विदेश जस्तै  रोजगार यही पाउनु  पर्छ।
    आफ्नै देशको माटोमा चै गोरू दाउनु पर्छ।

    💢सीता शर्मा पन्थी,  बिरंगज ।

    पञ्चाङ्ग   २१

    शरण छु तिम्रो, वैतरणी तिमी पार लगाइदिनु।
    जंजालपूर्ण ,संसार त्याग्ने बार लगाइदिनु।
    तिम्रा हरेक वाणीलाई म सदा नै पालन गर्छु,
    प्रभु हजुर, यो जीवनलाई सार लागाइदिनु।
    हरदम तिम्रो भक्ति भावकाे हार लगाइदिनु।

    💢प्रतिभा अर्याल , खजुरा बाँके ।

    पञ्चाङ्ग   २२

    तिम्रो हातको दही चिउरा खान पाए हुन्थ्यो ।
    तिम्रो हात समाउँदै त्यतै जान पाए हुन्थ्यो ।
    हेर्दै मन लोभ्याउने क्षितिज पारी गाउँमा ,
    तिम्रो खुशी सम्हालेर सँगैलान पार हुन्थ्यो।
    तिम्रो मेरो प्रीतिको गित गाउन पाए हुन्थ्यो।

    💢मन्दिरा सेढाई,  मलेखु,धादिङ ।

    पञ्चाङ्ग   २३

    तिमीसँगै राम्ररी   खुल्न पाए हुन्थ्यो ।
    तिम्रै अँगालोमा नै झुल्न पाए हुन्थ्यो ।
    कति माया मनको    देखाउन सक्छु ,
    रातभर काखमा   भुल्न पाए हुन्थ्यो ।
    तिम्रो नजरमा नै  फुल्न पाए हुन्थ्यो ।

    💢जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   २४

    ईमानदार भएर नै बाच्न  पाए हुन्थ्यो ।
    आफ्नै पौरखको कमाई साँच्न पाए हुन्थ्यो ।
    अरुले जे सुकै गरुन्  भन्नू केही छैन ,
    आपसमा माया प्रीति नि गाँस्न पाए हुन्थ्यो ।
    नेपाली भइ नेपालमै हाँस्न पाए हुन्थ्यो ।

    💢दुर्गा भट्टराई, मोरङ ।

    पञ्चाङ्ग   २५

    नेता जति सबै खुलिसके आज।
    वाचा गरे जति भुलिसके आज।
    यस्ता नेतालाई किन  दिनु भोट,
    प्रचार भनेर      डुलिसके आज।
    महङ्गी   गरेर    धुलीसके आज।

    💢संगिता शर्मा, सिन्धुली ।

    Leave a Reply