
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ११[एघारौं]
————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०७/०७ देखि १० गते सम्म ।
………………………………………….
प्रवर्तक
====
सोमनाथ लुइटेल “रवि पाल्पाली”
प्रशिक्षक:-
———–
गुणनिधि घिमिरे
घनस्याम पौडेल
भाषा शुद्धीकरण:-
————
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
सुशीला पौडेल & दुर्गा आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली”
======================
अभ्यास संरचना तिहार , दिपावाली विषेश

दिपावलीको र छठ पर्वको बारेमा ०१ [एक] पञ्चाङ्ग लेख्न हुन हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
अनुप्रास :- आफ्नो इच्चा
स्थायी :- आफ्नो इच्छा
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा [०१]
सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ
हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३]
———————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा [०४]
भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]
उदाहरण पञ्चाङ्ग [१]
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा [०१]
सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२]
हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३]
काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा [०४]
भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
उदाहरण [०२]
दिपावली पर्वले उमङ्ग दिई आयो सबैमा [०१]
पीडा भुली रसरङ्ग डुल्दै लिई आयो सबैमा [०२]
झिलीमिली चारैतिर अँध्यारो हटाएर आयो [०३]
सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४]
मन हृदय कुनामा पसी जिई आयो सबैमा [०५]
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
उदाहरण ०३
खुशी साट्न तिहारमा आए मेरा दाजै [०१]
द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै [०२]
सप्तरङ्गी टीका अनि मखमली माला [०३]
शिरभरि ढाकाटाेपी लाए मेरा दाजै [०४]
सेलराेटी अर्सा फिनी खाए मेरा दाजै [०५]
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
=========================
पञ्चाङ्ग ०१
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा ।
सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा ।
हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ ,
काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा ।
भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
पञ्चाङ्ग ०२
घुम्दैफिर्दै अहिले पनि आयो तिहार।
गाॅउ बजार चारेतिर छायो तिहार।
दाजुभाई दिदीबैनी सबै सबैलाई,
यमपञ्चक साथसाथै लायो तिहार।
दूखीले पनि रमाउने पायो तिहार।
💢घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग ०३
प्रत्येक घरमा तिहार आएको छ ।
हर्ष उमङ्ग र बहार छाएको छ ।
गाउँघरमा सेल रोटी पाकेपछि,
यो मनैदेखि खान मन लाएको छ ।
उडेर मन लेक बेसी धाएको छ ।
💢आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०४
देशमा आजभोलि सूर्यग्रहण लागेको छ ।
जनतामा भने बर्सौँ देखि आशा जागेको छ ।
कानुनी राज्य समानता रोजगारी नहुँदा ,
जनताले आमूल परिवर्तन चाहेको छ ।
भनेझैँ नहुँदा जनताले सास्ती पाएको छ ।
💢तेजप्रसाद खनाल, लमही दाङ।
पञ्चाङ्ग ०५
[०१]
घर घरमा झिलिमिली यो तिहार हुनेछ
जताततै जुवा र तासको विकार हुनेछ
हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले
रातो खोला बग्दा पशु दुई किनार हुनेछ
मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ
[०२]
घर घरमा पटाका बाल्दै तिहार हुनेछ।
जताततै जुवा र तासको विकार हुनेछ।
हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले ,
रातो खोला बग्दा पशु दुई किनार हुनेछ।
मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ ।
💢श्रीकृष्ण शर्मा पोखरा ।
पञ्चाङ्ग ०६
झुपडीले पनि धान्ने गरि चाड आओस् ।
संस्कारले पर्व जान्ने गरि चाड आओस् ।
दियोको तेल जस्तै शुद्ध रहिरहोस् यो,
अग्रजले भन्या मान्ने गरि चाड आओस् ।
विसङ्गतिलाई हान्ने गरि चाड आओस् ।
💢पशपति राई, खोटाङ।
पञ्चाङ्ग ०७
पिलपिल झिलमिल घरघर दीप बल्दै आयो तिहारमा।
ज्यामीर फलफूल ओखर किसमिस फल्दै आयो तिहारमा।
काग, कुकुर, गाईगोरु, प्रकृतिका हामी प्राणी पुजक हुँदै ,
संस्कार यो परम्परा पौराणिकदेखि चल्दै आयो तिहारमा।
समानता एकताको उज्यालो भावना दल्दै आयो तिहारमा।
💢होम प्रसाद नेउपाने, हालः काठमाडौ ।
पञ्चाङ्ग ०८
खुशी साट्न तिहारमा आए मेरा दाजै
द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै।
सप्तरङ्गी टीका अनि मखमली माला
शिरभरि ढाकाटाेपी लाए मेरा दाजै
सेलराेटी अर्सा फिनी खाए मेरा दाजै ।
[०२]
जुवा तास नखेले नि तिहार आउँदैन र
देउसी भैलाे मात्र खेल्दा खुशी छाउँदैन र ?
कुसंस्कृति हटाउने कस्ले हाेला कुन्नि?
काैवाले नि खुश खबर कुनै पाउँदैन र ?
कुकुरले दैलाेदैलाे कि त धाउँदैन र?
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
पञ्चाङ्ग ०९
सबैको घरमा तिहार आएको छ।
हर्षले मनमा उमङ्ग छाएको छ।
वर्ष दिनको चाड मनाउनलाई,
सबै देउसे भैलो गीत गाएको छ।
मीठो परिकार पकाई खाएको छ।
💢सरस्वती श्रेष्ठ , इटहरी ।
पञ्चाङ्ग १०
तिहारको दिनमा पर्यो सुर्य ग्रहण लाग्ने बेला ।
दशा विघ्न पर सर्यो सुर्य ग्रहण लाग्ने बेला।
हर्ष र उमङ्गमा झुल्ने समय नि आएकै थियो ,
सेल रोटी तेलमा तर्यो सुर्य ग्रहण लाग्ने बेला ।
घाम लागेर पानी टर्यो सुर्य ग्रहण लाग्ने बेला ।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग ११
झिलिमिली पारी दियाे बाली फिनी राेटी तारेकाे तिहारमा।
घरदैलो गर्दै नि देउसी भैलो खेल्दै गाएकाे तिहारमा ।
कुकुर ,काग ,गाई ,गाेरु भाई पूजाकाे संस्कृति रमाइलो ,
मनमा तरङ्ग तनमा उमङ्ग धेरै छाएकाे तिहारमा ।
धनकाे सलह जनकाे कलह पुरै ढाकेको तिहारमा।
💢टीकाराम जाेशी, टीकापुर।
पञ्चाङ्ग १२
आँगनीमा सयपत्री,मखमली ढकमक्क फुलेको बेला।
खेत र बारीमा धान पाकेर झपक्क बाला झुलेको बेला।
सम्रिद्धि र उज्यलो लिएर रमाईलो पर्व तिहार आयो,
कालोमैलो मेघ बर्षा हटेर आकाश सफा खुलेको बेला।
हर्ष र उमङ्ग छाई मन गमक्क भै रङ्ग घुलेको बेला ।
💢बिबस पारद्शी ,भद्रपुर झापा ।
पञ्चाङ्ग १३
चारैतिर तिहार आयाे दाजु ।
हर्ष उमङ्ग पनि छायाे दाजु ।
घर घरमा झिलिमलि लाए,
माइती जान मन लायाे दाजु
याे मन उतै तिर धायाे दाजु।।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
पञ्चाङ्ग १४
बर्ष दिनको तिहारमा सूर्य ग्रहण आएको छ ।
माला र सप्तरङ्गी टीका लाउन मन लाएको छ ।
सबैका घरमा सेल रोटी अनर्सा पकाएका छन् ,
सबैका घरमा हर्ष,उमङ्ग,बहार छाएको छ ।
रङ्गिचङ्गी बत्तीको उज्यालो सबै घर लाएको छ ।
💢बेदु न्यौपाने काठमाडौ ✍️
पञ्चाङ्ग १५
[०१]
दिपावलीको मौसम पारी प्रकाश छेक्न आयो ।
ग्रहणको सुतक लिई जीवलाई सेक्न आयो ।
झिलीमिली दिप तिहारको अवसर पारेर ,
सगुनका पल र शुक्र अस्त दिन टेक्न आयो ।
ग्रह फल शुभ अशुभ हरपल देख्न आयो ।
[०२]
यमपञ्चक पूजा गरी धर्मराजालाई खुशी पारेर आएँ ।
दोष मेटाई दिवारमा डाकी संकोच उनका सारेर आएँ ।
शताब्दी औँ जन्मदिनका भेट मनाउ पनि गर्न पाऊँ भनि,
खुशी साटासाट,ओखरमा बाधा फुटाई माया खारेर आएँ।
भाइलाई सप्तरङ्गी, मखमली सजाई कष्ट टारेर आएँ ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १६
झस्किएको मन आफै पनि झस्किन सक्छ।
दु:खमा सहारा पनि आफै तर्किन सक्छ।
पखेरो पनि जीवन हो बाँच्नुपर्छ यहाँ,
वेदनाको राप पनि फेरि सल्किन सक्छ।
जिन्दगी तनाव हो दिमाग पड्किन सक्छ।
💢दस्ता कौशिक,पाँचथर।
पञ्चाङ्ग १७
सुर्य ग्रहण पनि लक्ष्मी पूजाको दिन पर्यो ।
किन गाई तिहारको वेला यस्तो घिन पर्यो।
तोरन बान्छौ बाबर नुन लक्ष्मी पुजा हुन्छ,
भन्छन् त्यो दिनमै सुर्य ग्रहण एकिन पर्यो।
एक दिन पहिले गाई पुजाको छिन पर्यो।
💢सुरेशकुमार पान्डे, दाङ घोराही१८ ।
पञ्चाङ्ग १८
बाहिर झीलीमिली बत्ती अनि अटालीमा पाला हुन्छ।
मझेँरीमा मिठा परिकार सेलराेटीकाे डाला हुन्छ।
चेली माइतीकाे खुशी बाँड्न तिहार आयाे घरमा,
आँगनीमा खेल्छन् द्याैसी भैलाे यहाँ यस्तै चाला हुन्छ ।
निधारमा रंग टीका गलामा मखमली माला हुन्छ ।
💢उर्मिला के.शी. धनकुटा ।
पञ्चाङ्ग १९
कालो वादल खुलेकोछ, मनमा खुसी छैन।
धानको बाला झुलेकोछ,मनमा खुसी छैन।
यो साल पनि आउँदैनौ, भने दाजुभाइले,
फूलको थुङ्गा फुलेकोछ, मनमा खुसी छैन।
खोरमा भाले हुलेकोछ, मनमा खुसी छैन।
💢चिरञ्जीवी ढकाल,नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
पञ्चाङ्ग २०
तिहार चारैतिर छायो हेर ।
लक्ष्मीकोआषिस पायो हेर ।
घर आँगन झलमल्ल हुदा ,
सबैले भैलो गीत गायो हेर ।
मिठो परिकार नै खायो हेर ।
💢सीता शर्मा बिरंगज ।
पञ्चाङ्ग २१
तिहार आयो टीका थाप्न घर जान नपाउँदा।
मन दुखेको छ बैनि उपहार लान नपाउँदा।
बाटो हेर्दै बाबा आमा साँझसम्म हेर्दै छन् कि ?
शरीर पनि गलेको छ समयमा खान नपाउँदा।
प्लास्टिकको चामल खानु छ धान नपाउँदा।
💢सन्जना सर्मा, दाङ लमही ।
पञ्चाङ्ग २२
घर घरमा लक्ष्मीको बास होस्।
सबैमा सुख शान्तिको रास होस्।
तिहारको शुभकामना दिन्छु,
गरिबी सदाको लागि नास होस्।
यसपालीको तिहार खास होस्।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग २३
बर्षदिनको चाड तिहारमा झिलीमिली द्यौसिरे द्यौसिरे ।
सप्तरङ्गी टिकाले निधारमा झिलीमिली द्यौसिरे द्यौसिरे।
चेली र माइतीको सुन्दर संस्कार रमाईलो भेटघाट,
चाडमा सबै मिली बिचारमा झिलीमिली द्यौसिरे द्यौसिरे।
टिका माला लाई परिवारमा झिलीमिली द्यौसिरे द्यौसिरे ।
💢गुणनिधि घिमिरे, अमेरिका।
पञ्चाङ्ग २४
दीपावलीमा खुसीयाली मनाउने हो दिदी बहिनीसँग।
दाजुभाइको उपस्थिति जनाउने हो दिदी बहिनीसँग।
दीपावलीको शुभकामना सबैलाई दिन चाहन्छु मैले,
लक्ष्मी पूजामा रंगोली नि बनाउने हो दिदी बहिनीसँग।
शिर देखि छपक्कै फूल खनाउने हो दिदी बहिनीसँग।
💢ह्यारिसन काठमाडौं ।
पञ्चाङ्ग २५
जताततै दीपै-दीपले छाएका छन् यहाँ।
रङ्गी-बिरङ्गी फूलहरू आएका छन् यहाँ।
गरीब पनि उज्यालो रोशनीमा अल्झिई
रङ्गोली बनाउनमा नै लाएका छन् यहाँ ।
गढेका दु:ख नासी खुशी पाएका छन् यहाँ।
💢शिव कुमार रेग्मी , पोखराथोक,पाल्पा ।

