
टुक्काकार भगवती दवाडी तिहार विशेष टुक्का कविताहरू
१.
रमाइलो नहुने भो यो सालको तिहार,
भाइहरुका पनि खाली हुन्छन् निधार ।
२.
महाकवि देवकोटाको जन्म दिवस मान्दै,
रचना वाचन गरियो जतै सिर्जना छान्दै।
३.
उत्तरमा देखिन्छन् हिमचुली लहर
चाडपर्वमा रमाइलो हुन्न शहर ।
४.
जुवा तासको रमाइलो खेल्नेको मौका,
नखेल्नेलाई खोइ दाउ आएन चौका ।
५.
हाम्रो घर छ हिमालको काखमा ,
टुक्काको सिर्जना गर्दछु चाखमा ।
▪️भगवती दवाडी
झापा

