
“समाजसेवामानिस्वार्थसहभागिता साहित्यउत्थानरविकासमाहाम्रोप्रतिबद्धता “
जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यास शृङ्खला {५२}१ वर्ष पुगेकोमा हार्दिक शुभकामना 🌺
र शृङ्खला ५२ सम्मका सबै सहभागीहरू मुक्तककार ज्यूहरूमा आभारी सहित सादर धन्यवाद ।

✍️मुक्तक 🇳🇵
प्रकृतिको उपहार सर्वगुणी जननी हो पानी
सर्वोत्तम र अमृत मिठो लाग्नु हो जिन्दगानी
उदाहरण दिन्छन् कर्कलाको,सहारा सदाको
तर हावाको झोक्कामा सकिन्छ सबै कहानी ।
✍️प्रेम थापा “मन”🇳🇵
✍️मुक्तक
थोपा थोपामा प्राणको रस भर्छ पानी,
समुन्द्र हावा बादल हुदै तल झर्छ पानी ।
पानीले सृष्टिको मुटु ढुकढुकाई रहन्छ ,
पृथ्वी वायु अाकाश तेज भर पर्छ पानी।
✍️होम प्रसाद नेउपाने
धरान,सुनसरी 🇳🇵
✍️मुक्तक
कर्कलाको पानी र जिन्दगानी उस्तै लाग्छ
एकै झट्कामा टुङ्गिने कहानी उस्तै लाग्छ
केको फूर्ती लगाउँछौ देखाउँछौ आडम्बर,
खहरेको पानी अनि यो जवानी उस्तै लाग्छ ।
✍️वसन्त अनुभव
घोराही, दाङ🇳🇵
✍️ मुक्तक
एकताको पाठ, यस चित्रबाट सिक्न सकिन्छ
बोले पछि पिठो जस्तै बिक्न सकिन्छ
पानीको थोपा जस्तै उदाहरण यो चित्रमा
मिलेर काम गर्दा समस्यासँग टिक्न सकिन्छ।
✍️Singer Bishal🇳🇵
✍️मुक्तक
कर्कलोको पातमा टलक्क टल्किएको छ शित
जीवनदान दिन्छ गर्छ सम्पूर्ण प्राणीको हित
अलौकिक शक्ति छ पानीमा
विशाल आगो समक्ष पनि हुन्छ उसकै जित ।
✍️प्रगति शर्मा पुष्पा🇳🇵
✍️मुक्तक
राखेर, हाम्रै तस्बिर सिरानीमा सधै, अहो कयौं बिहानी सकिन्छ
अनि सन्तानलाई केही बनाउने आश आमाको जवानी सकिन्छ
यसैले,यी हामी आफै बुझौ मित्र,यार कर्कलाको पानी न हौ
अक्सर हामी आफै बाटो बिराए हाम्रो पूरा जिन्दगानी सकिन्छ।
✍️ प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत🇳🇵
✍️मुक्तक
कर्कला पानीजस्तै भाछ जिन्दगी भर छैन् कत्ति
जनम पछि मरण अवश्य छ त्यसैले डर छैन् कत्ति
संघर्ष र सुख दुःख को चर्खांमा घुमदो रैछ जिबन
एकछाक खान लाउन पुगोस् अरू रहर छैन् कत्ति ।
✍️ सिर्जन रामु गुरुङ्ग राङ्खानी🇳🇵
✍️मुक्तक
जीवन जीवन भन्छु जीवन पातमा नचाइरहेछु
जीवन मेरो हो तर कसैको लागि बचाइरहेछु
थाहा छैन यो कति खेर पुर्लुक्क कहाँ खस्ला
तर पनि जीवन हँसाइ दुखलाई पचाइरहेछु!
✍️पशपति राई खोटाङ🇳🇵
✍️मुक्तक
कर्कलोको पानी जस्तै हो हाम्रो जिन्दगानी
राम्रो काम गर्नुपर्छ समयको महत्व ठानी
धर्तीका पाहुना हौ हामी घमण्ड कत्ति नगरौं
त्यसैले कसैलाई पनि नगरे जीवनमा हानी ।
✍️आर्मित्मा थापा मगर
स्याङ्जा🇳🇵
✍️मुक्तक
भर छैन हजुर कर्कलाको पानी जस्तो जीवन
अथक लगानी पछि हजुर बन्छ कस्तो जीवन
मरिहत्ते बेकार हो जाँदा लाने त होइन कसैले
सद्भावना ठूलो हो घमण्डले बन्छ सस्तो जीवन।
✍️निर्मला सुवेदी,बागलुङ🇳🇵
✍️मुक्तक
अप्ठ्यारो महसुस नगर्ने कतिपयको बानी छ
मुठी सासको जिन्दगानी कर्कलाको पानी छ
सत्य यथार्थ नपच्ने चेतनशील मानव पनमा
आदर्शवादी भएर व्यवहारमा आनाकानी छ ।
✍️” जिज्ञासु ” पन्त
लमजुङ 🇳🇵
✍️मुक्तक
जीवन रसिलो लाग्छ, देख्दा मूलको पानी
अझ हराभरा लाग्छ, देख्दा आफ्नै जवानी
के रहेछ र आखिर कर्कलाको पातमा हेर्दा
सुख खोज्न घुमेको दुःख भेट्ने त्यो मदानी ।
✍️सविता के.सी., काठमाडौँ 🇳🇵
✍️मुक्तक
हाम्रो जीवन कर्कलाको पाती जस्तै हुन्छ
विछोड हुँदा अकस्मात भित्री मुटु छुन्छ
विहानीको किरण जस्तै चम्किएको भए
बाढी पहिरो गएको देख्दा धेरै मन रुन्छ ।
✍️अम्विका अधिकारी
झापा विर्तामोड 🇳🇵

