
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी कात्तिक ४ गते अथार्त अक्टोबर २१ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले बैदेशिक रोजगार बिभागका महानिर्देशक डम्बर बहादुर सुनुवार मुख्य अतिथी तथा परामर्शदाताका रुपमा उपस्थित भई भर्चुअल माध्यमबाट
कार्यक्रममा परामर्श तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका नेपालीहरुले रोजगार बिभाग द्वारा उपलब्ध गराइने सेवा सुविधाको बारेमा आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।
कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ८ बजे सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।

कार्यक्रम मितिः २०७९ कार्तिक ४ गते (शुक्रवार)/ अक्टोबर २१, २०२२
समयः नेपालबाट सांझको ठिक ८:०० बजे
मलेसिया: १०:१५ बजे, युएई : १८:१५ बजे, साउदी : १७:१५ बजे, कतारः १७:१५ बजे
zoom ID – 2897414063/
Passcode – pncc