
रियाद – शिक्षा मन्त्रालयले ‘स्टडी इन साउदी अरेबिया’ नामक नयाँ महत्वाकांक्षी शैक्षिक कार्यक्रमका लागि नाम दर्ता गराउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५० हजार नाघेको पुष्टि गरेको छ ।
दर्ता प्रक्रिया ‘स्टडी इन साउदी अरेबिया’ प्लेटफर्म (https://studyinsaudi.moe.gov.sa) मार्फत नाम दर्ता गराउने मिति जनवरी २०२३ को मध्यसम्म जारी रहने मन्त्रालयले जनाएको छ।
यूएईको शारजाहमा भईरहेको एक्स्पो सेन्टरमा शनिबार सम्पन्न १८औँ अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा दर्ताका लागि ठूलो सहभागिता रहेको थियो । युएईको शिक्षा मन्त्रालय र शारजाह प्राइभेट एजुकेशन अथोरिटीको संयुक्त आयोजनामा भएको चार दिने कार्यक्रममा साउदी शिक्षा मन्त्रालय र साउदी विश्वविद्यालयहरूले सहभागिता जनाएका थिए।
साउदी अरबको मन्त्रिपरिषद्ले सेप्टेम्बर २७ मा दीर्घकालीन र छोटो अवधिको शैक्षिक भिसा जारी गर्ने ऐतिहासिक निर्णय लिएको थियो, जस अन्तर्गत विश्वभरका पुरुष र महिला विद्यार्थी, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई साउदी अरबमा उच्च अध्ययनका लागि शैक्षिकहब को रूप मा विकास गर्ने उद्देश्यले कार्यक्रम ल्याएको बताईएको छ।
शिक्षा मन्त्रालयले शैक्षिक भिसा योजनाले उत्कृष्ट प्रतिभा भएका विद्यार्थीलाई आकर्षित गर्नुका साथै शैक्षिक प्रक्रियाको गुणस्तर र अनुसन्धान र नवप्रवर्तनको उत्पादन बढाउने लक्ष्य लिएको स्पष्ट गरेको छ ।
यस योजनाले साउदी अरबलाई विश्वव्यापी शैक्षिक संस्थाहरूको वर्गीकरण र दक्षताको स्तर बढाउन र मध्यस्थता र अरबी भाषा शिक्षाको मूल्यहरू फैलाउन राज्यको योगदान बढाउनुका साथै साउदी अरबलाई एक आकर्षक विश्वव्यापी शैक्षिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।