उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू

  • २८ भाद्र २०७९, मंगलवार ०८:३५ मा प्रकाशित
  • १.
    प्रावधान
    पुर्याउँछ व्यवधान
    हुँदैन किन सम्मान ?

    २.
    आलोक
    सत्य भूलोक
    देखाऊ पापको परलोक !

    ३.
    प्रेम
    चुम्बक भूमि
    आवाद हुन्छ मरुभूमि !

    ४.
    वचन
    सत्य विवरण
    जडको हुन्छ निवारण !

    ५.
    हिरण्यगर्भ
    ज्योतिको सन्दर्भ
    जगत् प्राणीको उद्भव !

    • राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ

    Leave a Reply