पञ्चाङ्ग चित्रपट भाग-०६ सम्पन्न

  • २९ श्रावण २०७९, आईतवार २३:२७ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट:
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०६
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/२६

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी

    पञ्चाङ्ग चित्रपट

    चित्र संकलन
    —————-
    दुर्गा आचार्य

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    चित्रपट पञ्चाङ्ग    ०१

    चारैतिर  हरियो    बिचमा बाटो छ
    आराम गर्ने कुर्सी विश्राम पाटो छ
    बाटोमा   सुन्दर देखिन्छ सफाइले
    सफा पनि कति न त कतै टाटो छ
    सुन्दर हेर्नेलाई त्यो   रातो माटो छ ।

    👌सोमनाथ लुइटेल “रवि पाल्पाली”

    चित्रपट पञ्चाङ्ग     ०२

    प्रकृतिसँगै   मितेरी     लाउन पाए राम्रो
    कहाँ जानू   बसि बसि धाउन पाए राम्रो
    बाटोको दायाँबायाँ कुर्सी नै राखिएको छ
    सुसेली     पनि सुसेल्दै गाउन पाए राम्रो
    दुःख भित्र खुसीयाली  पाउन पाए  राम्रो ।

    ✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।

    चित्रपट पञ्चाङ्ग    ०३

    हरियाली छाएकाे छ वनकुञ्ज भित्र जस्तो
    स्वयं लाग्छ स्वर्गकाे त्यो बगैँचाकाे चित्र जस्ताे
    पञ्चाङ्गकाे फूलबारी सजाउने मन गरी
    एकान्तमा घाेत्लिएकाे पारखी त्याे मित्र जस्तो
    देखेँ मैले प्रकृतिकाे रूप छ-वि-चित्र जस्ताे ।

    👌विष्णु दाहाल, इनरुवा ५, सुनसरी ।

    चित्रपट पञ्चाङ्ग     ०४
    🌹🙏🌹
    शोभनीय पनि कति हो  त्यो जङ्गलको बाटोमा राम्रो
    सफा सुन्दर देखिने   त्यो  वनको रातो माटोमा राम्रो
    चारैतिर  वृक्ष  लता  फलफूल   झुलेको   हरियाली
    आरामको कुर्सी रहेछ त्यो फलैँचाको साटोमा राम्रो
    पर्यटक   रमाउछन्    डु्ल्दा त्यो बाटो घाटोमा राम्रो ।

    👌बिबस पारदर्शी, भद्रपुर  झापा ।

    चित्रपट पञ्चाङ्ग    ०५

    विदेशमा ठाउँ ठाउँमा यस्तै उद्यान बनेका छन्
    ठाउँहरू घाँस रूखले हरिया कति भएका छन्
    बस्नकाे लागि बेन्चहरूकाे राम्राे व्यवस्था गरेकाे
    पर्यटकले आउनका बीचमा बाटा रहेका छन्
    मान्छे यसरी आनन्दित भई मजाले बसेका छन्

    ✍️नवराज भट्ट,  महृेन्द्रनगर, मञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    ०६

    रमाइलो वन जस्तो
    हरियाली मन जस्तो
    लाग्यो हराऊ कि त्यहीँ
    सुन्दरता तन जस्तो
    जन्मको आँगन जस्तो ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।

    चित्रपटमा पञ्चाङ्ग     ०७

    कति सुन्दर हरियाली मन लोभ्याउने
    चौतारीमा बस्दा हजुर तन लोभ्याउने
    चारैतिर हरियाली बिचमा छ है बाटो
    हेर्दा कति राम्रो ठाउँ यो झन लोभ्याउने
    प्राकृतिक  हराभरा यो  वन लोभ्याउने ।

    ✍️बुद्धिमान दनुवार, सुरुङ्ग –४ झापा ।

    चित्रपट पञ्चाङ्ग     ०८

    एकलास कुनै यो ठाम होला
    यसको पनि आफ्नै नाम होला
    आहा !कति मनोरम दृश्य छ
    कुनै दिन यसको काम होला
    यो ठाउॅ आउनेको लाम होला।

    दिनमा छ सुनसान राती कस्तो होला।
    घाम डुबेपछि गए मुटु बस्तो होला।
    कसैलाई यही ठाउॅ मनोरम भए,
    डोरी पनि सर्प बनी आई डस्तो होला
    बेकारमा जान कस्को ज्यान सस्तो होला

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग चित्रपट    ०९

    मनोरम दृश्य मन लोभ्याउने
    यहाँ बस्दा सधैं तन लोभ्याउने
    कति सुन्दर हरियाली ठाउँ छ
    रमाइलो हेर्दा झन लोभ्याउने
    सुन्दर हरियो वन लोभ्याउने।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १०
    ❤️✍️❤️

    व्यवस्थित ठाउँ यस्तो पाउन गार्हो छ
    विकासको गति सार्थक हुन सार्हो छ
    भए  अलिक दिनमै  भत्किएर जाने
    कर्म लिनेमा सबै जन किन तारो छ
    नडराउ तिर्खा लागेमा दायाँ धारो छ।

    हरियाली जताततै मन लोभ्याउने
    बसेर  नअघाउने  झन लोभ्याउने
    पर्यटनका लागि आकर्षक गन्तव्य
    सागरले भरिएको टन लोभ्याउने
    प्राकृतिक धरोहर जन लोभ्याउने ।

    ✍️जमुना आचार्य,सिन्धुपाल्चोक ।

    चित्रपट  पञ्चाङ्ग     ११

    सुन्दर हरियाली ठाउँ भेटियो हिँड्दा हिँड्दै।
    विश्राम गर्ने राम्रो नाउँ भेटियो हिँड्दा हिँड्दै।
    यो सुन्दर ठाउँमा बस्दा मन आनन्द हुन्छ,
    उठेर जाँदा राम्रो गाउँ भेटियो हिँड्दा हिँड्दै।
    गाउँमा भगवानको पाउँ भेटियो हिँड्दा हिँड्दै।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं  ।

    चित्रपट पञ्चाङ्ग     १२

    प्रकृतिलाई सजाए राम्रो
    लोक सङ्गीत बजाए राम्रो
    प्रकृति जीवन हो आखिर
    खुसीको साथ लजाए राम्रो
    माया पिरती भजाए राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग    १३

    अति रमाइलो गाउँ सहर छ ।
    यही समिपमा बस्ने रहर छ ।
    स्वर्गकाे टुक्रा झरे झैँ भान हुने,
    गाउँकै नजिक यहाँ नहर छ ।
    पर्यटक बढ्ने मेरो ठहर छ  ।

    ✍️भवानी घिमिरे, सर्लाही  ।

    चित्रपट पञ्चाङ्ग     १४

    जति हेर्यो हेरिरहुँ लोभलाग्दो वन त्यहाँ
    लगातार   तानिरहेछ   चञ्चल  मन त्यहाँ
    शारीरिक र  मानसिक  थकाइ मार्न भुल्दै
    तरोताजा  बन्न  पुग्छ  मेरो सारा तन त्यहाँ
    सोचेजस्तो सफल हुन्छ हाम्रो जीवन त्यहाँ ।

    ✍️वसन्त अनुभव,घोराही, दाङ ।

    चित्रपट पञ्चाङ्ग     १५

    सुन्दर शान्त ठाउँमा बस्न पाए हुन्थ्यो
    कोइली आवाजमा कसैले गाए हुन्थ्यो
    दायाँबायाँ हरियाली बाटो कति स्वच्छ
    प्रकृतिसँग  हामीले मित  लाए हुन्थ्यो
    कुर्सीमा बसेर नै आँखाले धाए हुन्थ्यो ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    १६

    हरियाली सुन्दर प्रकृतिले मन छुनु पर्छ
    देखिन्छ स्वर्गको नै आकृति छविमा हुनु पर्छ
    अथाह लाग्छ आनन्द यहाँ बसेर मजा लिन
    प्रकृति पनि हाम्रो संस्कृतिले जस्तै दुनु पर्छ
    फैलाउनु हुन्न विकृतिबाट पनि  रुनु पर्छ ।

    ✍️देबकी के.सी. , बिरगंज ।

    चित्रपट पञ्चाङ्ग    १७

    सुन्दर हरियाली राम्रो बाटो छ
    थकाइ सानाे त्यो चाैतारी पाटाे छ
    रमाइलो ~ हराभरा ~  चारैतिर
    काेही नि दाग नभएको टाटाे छ
    उब्जा शक्ति भएको राताे माटो छ ।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल ।

    चित्रपट पञ्चाङ्ग     १८

    जाउ भो साथी   प्रकृति   हेर्नलाई कतै
    आँखालाई   राम्रो  दृश्य फेर्नलाई कतै
    दायाँबायाँ हरियाली बाटो बिचमा होस्
    पञ्चाङ्ग   त्यही     बसेर केर्नलाई कतै
    अङ्गालोमा   प्रकृतिले      बेर्नलाई कतै ।

    ✍️दुर्गा निरौला, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १९

    आउ एक छिन दुबै    प्रकृतिमै रमाऊँ बसेर
    माया प्रेमका कहानीले मनमा जमाऊँ बसेर
    बिश्वास घात हुनेछैन म बाट कहिल्यै  बुझन
    राम्रो गरी समाज पनि मायामा कमाऊँ बसेर
    युग बित्छ चोखो मायाले बन्धन समाऊँ बसेर  !!

    ✍️इन्दिरा देवकोटा,कपिलवस्तु न पा ३

    चित्रपट पञ्चाङ्ग    २०

    यस्तै सुन्दर प्राकृतिक झैँ मन भै दिए
    हरियाली आहा भन्ने यस्तै वन भै दिए
    जानै पर्दैन  घुम्न अन्य  देश  परदेश
    मिलनसार सबै मानिस झन भै दिए
    सबैको सौहार्दपूर्ण आफ्नै पन भै दिए ।

    ✍️रुपा गौतम, बारा ।

    चित्रपट पञ्चाङ्ग    २१

    बस्ती बसाउँदा राम्राे हावापानी सधैँभरि
    खाँचाे नहाेस् भनी साेच्नुपर्छ नानी सधैँभरि
    बगैँचा हाेस् सदा राम्रो मार्ग चारैतिर खुलाेस्
    प्राणमा वायु घुस्दैमा हुन्न हानि सधैँभरि
    धर्ती स्वच्छ बनाउने हाेस् है बानी सधैँभरि

    ✍️ताेयानाथ सुवेदी, काठमाडौं ।

    चित्रपट  पञ्चाङ्ग    २२

    रुखमाथि चरीले गीत गाएको छ
    चारैतिर हरियालीले छाएको छ
    पृथ्वीमा स्वर्ग झैँ देखिन्छ  ठाउँ
    हो! ईश्वरको वरदान पाएको छ
    हेरिरहुँ लाग्छ, मन रमाएको छ ।

    ✍️दुर्गा भमरकोटे सुसेली, कपन ।

    चित्रपट पञ्चाङ्ग    २३

    हरियो वन नेपालको धन जगाउँनु पर्छ
    वरपर बारीमा नै बिरुवा लगाउँनु पर्छ
    हामीलाई धेरै फाईदा हुन्छ त वृक्ष रोपेर
    स्वच्छ हुन्छ धरा मलजल बगाउँनु पर्छ
    अक्सिजन कै लागि त बिरुवा मगाउँनु पर्छ ।

    सम्पूर्ण  प्राणी बचाउँने माटो हुँ चिनी राख्नु
    घर आँगन रङ्गाउँने टाटो हुँ चिनी राख्नु
    यदि चिनेर अगाडि बढ्यौँ भने महोदय
    अन्यायमा  बगेको हेर्ने लाटो हुँ चिनी राख्नु
    पृथ्वीमा भन्छन् रिसाउँने फाटो हुँ चिनी राख्नु।

    ✍️कमला पाण्डे पराजुली झापा चारआली।

    चित्रपट पञ्चाङ्ग   २४

    हरियाली भएको आँखाले देख्न पाउनु पर्छ
    यस्  प्रकृति दृश्य हेर्नलाई हामी धाउनु पर्छ
    बाटोको किनारमा बस्ने व्यवस्था भएको राम्रो
    सुरिलो आवाज घरमा खरले छाउनु पर्छ
    माटो राम्रो भएको बाटोमा सारी लाउनु पर्छ ।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग     २५

    बाटो वरिपरि हेर्न मन छ
    हरियाली भए बिक्ने तन छ
    कहिले आउला नेपालमा त्यो
    बनाएमा  नेपालीको धन छ
    दृश्यमा देख्दामा आफ्नो पन छ ।

    ✍️अनुप आचार्य, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २६

    हरियाली वनजङ्गल रमाइलो लाग्छ मलाई।
    यस्तो ठाउँमा बस्न पाउँदा त पीडा भाग्छ मलाई।
    अहिले हरियो जङ्गल मासेर बस्ती बसेको छ,
    मानव बस्तीको कोलाहलले रोग जाग्छ मलाई
    स्वस्थ्य हुनलाई हरियालीको अति माग्छ मलाई ।

    ✍️सुशीला  ढकाल अधिकारी, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २७

    बन जङ्गल  दुबैतिर  चौरी  हरियो साथी
    मन मङ्गल भयो मेरो  दङ्ग परियो साथी
    आफ्नो गाउँको घर पनि भुईंचालोले लड्यो
    बीचमा  बाटो  कति राम्रो मनै भरियो साथी
    त्यसैले   यतैतिर  पो बसाइँ  सरियो  साथी ॥

    ✍️गुणनिधि घिमिरे, दमक ।

    चित्रपट पञ्चाङ्ग   २८

    सधैं हरियाली भएको डाली राखौं 
    बाटाका फोहोरलाई नि फाली राखौं
    सुन्दर, हराभरा बनाउन हामीले
    प्लास्टिकहरु डस्बिनमा हाली राखौं
    बोट बिरुवाहरुलाई चाली राखौं ।

    ✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग    २९

    प्रकृतिको उपहार हाम्रो हरियो वन राम्रो
    वनपाखामा सँगै डुल्ने दौँतरीको मन राम्रो
    जोगाएर पर्यावरण बचाउनु छ जीवन
    हिमाल,पहाड,तराई  नेपालीको धन राम्रो
    सुन्दरताकी रानी रारामा गुराँसले झन् राम्रो

    ✍️पुष्पा नेपाल(सुवेदी )
        इलाम

    Leave a Reply