
(जडीबुटी सप्ताह चलिरहेको हुँदा जडीबुटी विशेष चित्रपट पञ्चाङ्ग लेख्न अनुरोध छ )
========


दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०५
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०४/१९
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तोयानाथ सुवेदी
चित्र संकलन
—————-
सुशीला पौडेल
शुद्धीकरण
————–
सोमनाथ लुइटेल
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
समायोजन
————-
दुर्गा आचार्य & भवानी घिमिरे
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१
लौ जडिबुटी कसले पायो जडिबुटी
जो बिरामी उसैले नै खायो जडिबुटी
निको हुन्छ सबै रोग खायो भने पक्कै
खुट्टो भाँचे पछि आफै लायो जडिबुटि
गाउँघर सबैतिर छायो जडिबुटी ।
✍️दस्ता कौशिक,पाँचथर।
चित्रपट पञ्चाङ्ग ०२
रोग लागे पछि हाम्रो मन पनि रुन्छ साथी
एलोपेथिक् औषधिले अलि अलि छुन्छ साथी
हाम्रा वरपर धेरै औषधिका भण्डार छन्
प्रकृतिका झारपात निकै राम्रो हुन्छ साथी
जडिबुटी प्रयोगले सबै रोग धुन्छ साथी ।
✍️गुणनिधि घिमिरे दमक ।
चित्रपट पञ्चाङ्ग ०३
धेरैजसो बिरुवा पातलाई मानिन्छ जडिबुटी
कुन के काममा प्रयोग गर्ने छानिन्छ जडिबुटी
सामान्य देखि बहुल्य वनस्पति चिन्न नसक्नाले
पेट दुखेको बेलामा ढाडमा हानिन्छ जडिबुटी
रुघा मर्की लाग्दा गुर्जो लहरा तानिन्छ जडिबुटी ।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०४
चिन्नेलाई जडिबुटी अमुल्य हुन्छ हजुर
कतिको नजरमा जडिबुटी तुच्छ हजुर
हरियो वन नेपालको धन हो महोदय
कतिपय जडिबुटी वनमै सुक्छ हजुर
देशले आफ्नै सम्पत्ति नचिन्दा दुख्छ हजुर ।
✍️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा
चित्रपट पञ्चाङ्ग ०५
बुद्धिमानले खान्छ जडिबुटीकाे औषधी
सधैं किनेर लान्छ जडीबुटीकाे औषधी
अंग्रेजी औषधीले खराब पनि गर्छ नि
अचुक भनेर ठान्छ जडीबुटी औषधी
पैसाले पनि त धान्छ जडीबुटी औषधी ।
✍️नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग ०६
आफ्नै छन् घरमा जम्मा जडिबुटी
निको भो शरमा जम्मा जडिबुटी
जाने प्रयाेग अर्थ लस्कर खात
डलर भरमा जम्मा जडिबुटी
नेपथ्य करमा जम्मा जडीबुटी ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ०७
जडिबुटी विशेष औषधी नै मान्नु पर्छ
कुन हाे केको लागि प्रयोग गर्न जान्नु पर्छ
बिमार व्यथाबाट निरोगी रहनलाई
बगैंचादेखि डाँडासम्म गइ तान्नु पर्छ
हेरविचारले खास चिनेर छान्नु पर्छ ।
✍️ अच्युत घिमिरे, भुटान बाट ।
चित्रपट पञ्चाङ्ग ०८
जडिबुटीले नै भरेको मानिएको देश
बिश्वमा नै हेर्दाखेरी छानिएको देश
जान्नुपर्छ खोज्न प्रयोग गरौं मिलेर
स्रोत साधनले भरिपूर्ण ठानिएको देश
तर नेताकै कारणले नै गानिएको देश ।
✍️सोमनाथ लुइटेल रवि पाल्पाली ।
चित्रपट पञ्चाङ्ग ०९
अन्न धेरै फलाउने लक्ष्य हाम्रो भाछ आज
छिटो धनी बनौं भनि मन त्यतै गाछ आज
भएभरकाे विष राखी बिगार्छौ ताजा खाना
जडिबुटी यहाँ हेर पाखा लागि राछ आज
बिरामी दैनिकी झैँ औषधालय धाछ आज ।
✍️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १०
तिमीले भन्यौ मन ठुलो हो
आखिरी भयो धन ठुलो हो
स्याउ सुन्तला मिठो त्रिफला
जडिबुटीको वन ठुलो हो
बुझेमा स्वस्थपन ठुलो हो ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ११
प्राचीन कालबाट आएको ओखती जडिबुटी
मानव सभ्यतामा छाएको ओखती जडिबुटी
ऋषिमुनिबाट आजसम्म उपचार गर्दैछौँ
हाम्रो जीवनले नै पाएको ओखती जडिबुटी
मनपराएर नै खाएको ओखती जडिबुटी ।
✍️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १२
हाम्रै वनपाखा भरी जडीबुटी छान्नु पर्छ
संरक्षण गरी वन जडीबुटी मान्नु पर्छ
अमला र काफल पाक्दा खुशी छ चरा पनी
जोगाएर वनपाखा जडीबुटी खानु पर्छ
महत्व छ संसारमा जडीबुटी जान्नु पर्छ ।
✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग १३
सानाे ठुलो जानेकाले दिएको अर्ती मान्नु पर्छ
आफ्नै घर वरिपरि छन् जडिबुटी जान्नु पर्छ
डाक्टरकाे दवाइले मात्रै हुँदैन क्यारे यहाँ
बुढापाकाले भनेको कुरा त राम्रो ठान्नु पर्छ
घरमै बनेको ओखती राम्रोसँग छान्नु पर्छ ।
✍️सहयात्री शाेभा अर्याल , रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग १४
हरेक छन् नेपालमा जडिबुटी हामीले चिनेको राम्रो
गुण युक्त पाईन्छ औषधी सबैले खोज्न हिनेको राम्रो
जडिबुटी खाेज्ने व्यक्तिलाई त राज्यबाट सम्मान गराैँ
चोरी चकारी हुँदै देखे जसले पनि त्यो छिनेको राम्रो
प्रशोधन केन्द्र बनाई राख्नु त्यहीँ बाट किनेको राम्रो ।
✍️दुर्गा आचार्य
मोरङ।
चित्रपट पञ्चाङ्ग १५
जडिबुटी के हो भनि ऋषि मुनिलाई सोध्नु पर्छ
वन पाखा गएर सबैले जडिबुटी खोज्नु पर्छ
अब हुँदैन रासायनिक दवाइ सेवन गर्नु
आयुर्वेदिक औषधीलाई नै सबैले रोज्नु पर्छ
नत्र भने हाम्रो शरीरले ठुलो दुःख भोग्नु पर्छ।
✍️मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा।
चित्रपट पञ्चाङ्ग १६
जडिबुटीले नेपालको शान दिएको छ
चिनाएर बिश्वमा हाम्रो मान दिएको छ
जोगाउनु पर्छ सबैले मिली जडिबुटी
अन्य देशमा नेपालले दान दिएको छ
जटिबुटी राम्रो नामले गान दिएको छ ।
✍️अनुप आचार्य, मोरङ।
चित्रपट पञ्चाङ्ग १७
गाउँ घर जताततै, भन्नुपर्छ अब
बाँझापाखा बारीहरु,खन्नुपर्छ अब
जडिबुटी खेती गरी,आम्दानी बढाई
धितमारेर रुपियाँ, गन्नुपर्छ अब
आफूपनि हट्टाकट्टा, बन्नुपर्छ अब।
✍️चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
चित्रपट पञ्चाङ्ग १८
जडिबुटीको खानी भएको हाम्रो देश
जलश्रोतमा पानी भएको हाम्रो देश
जल, जमिन र जडिबुटी प्रयोग गर्दा
विश्वकै माथि जानी भएको हाम्रो देश
आँखामा राख्ने नानी भएको हाम्रो देश।
✍️ह्यारिश ह्यारिशन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
मेरो देशमा आयुर्वेद जडिबुटी पाईन्छ यहाँ
चारवर्ण छत्तिस जात आफ्नै गित गाईन्छ यहाँ
डाँडा काँडा हरियाली वन डाँफे मुनाल नाँचेको
मकै फापर आयुर्देव ओखती त खाईन्छ यहाँ
हाम्रो देशको जडिबुटी बेच्न अन्त्यै जाईन्छ यहाँ।
✍️कमला पाण्डे पराजुली, झापा चारआलि मेची नगरपालिका १३
चित्रपट पञ्चाङ्ग २०
जडिबुटी हाम्रो शान हो
विश्व चिनाउने मान हो
घृणा गर्नु हुन्न कसैले
विदेशी औषधी भान हो
प्रकृतिको एक दान हो।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २१
यी मसला ओखतीभएका छन्
ल्वाङ् सुकुमेलहरु रहेका छन्
आयुर्वेदिक ओखती यही हाे
राेगीले व्यथा त सहेका नै छन्
जान्नेले यही कुरा कहेका छन् ।
✍️मधुसुदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २२
हाम्रो देशमा कति अमुल्य पाइन्छ जडिबुटी
प्रयाेगमा ल्याउन जाँगर चाहिन्छ जडिबुटी
यार्सागुम्बा घाेर्ताप्रे तितेपाति भएको नेपाल
सिस्नाे,घ्युकमारी जिम्मु आदि खाइन्छ जडिबुटी
दशमै बिदेशीलाई खान ल्याइन्छ जडिबुटी ।
✍️दुर्गा निरौला, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २३
जडिबुटि सधैं प्रयोग गरौ मित्र
सबैको तन र मनमा भरौ मित्र
समयमै हामीले चिन्नुपर्छ हेर
रोगलाई निको पार्न नै सरौ मित्र
अब हामी यसैमा भर परौ मित्र ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २४
जता हेर्यो उतै पाइन्छ जडिबुटी
समस्या परेमा चाहिन्छ जडिबुटी
अंग्रेजी औषधि भन्दा राम्रो मानिन्छ
घरमै खोजी बनाइन्छ जडिबुटी
स्वास्थ्य समस्यामा खाइन्छ जडिबुटी ।
✍️वसन्त अनुभव
घोराही, दाङ
चित्रपट पञ्चाङ्ग २५
नमासौ बोट बिरुवा जडिबुटी बनाउन मिल्छ
यहि हो है ओखती को पहिचान जनाउन मिल्छ
चलेको चलन संसारमा आयुर्वेद भनिकन
जीवन असल उपचार भनी मनाउन मिल्छ
शरिर बनोट निखार आउँछ छनाउन मिल्छ .
✍️अम्विका अधिकारी
झापा विर्तामोड

