पञ्चाङ्ग अभ्यास शृङ्खला भाग- ५ सम्पन्न

  • ११ भाद्र २०७९, शनिबार ०१:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ५ (पाँच )
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०५/०७
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
                           तथा
       पञ्चाङ्ग साहित्य समाज नेपाल ।
    ======================

    अभ्यास संरचना
    ————

    पञ्चाङ्गको संरचना :- १४ अक्षर
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-

    उठान गर्दा  विषय वस्तु सँग सम्बन्धित हुनुपर्छ ।

    आखिर तिमी आयौ दंग परि   मसँग । [१]
    काम  पारेर   आयौ अघि सरि मसँग । [२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नु पर्छ

    कति पीडा लुकाएर   फुकाउन आयौ  , [३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    आँसु देखायौ दुबै आँखा भरी मसँग । [४]
    दिनरात   रोएन     धरधरी     मसँग । [५]

    उदाहरण पञ्चाङ्ग
    ————
    आखिर   तिमी  आयौ दंग परी मसँग ।
    काम    पारेर   आयौ अघि सरि मसँग
    कति पीडा लुकाएर   फुकाउन आयौ  ,
    आँसु देखायौ दुबै आँखा भरी मसँग ।
    दिनरात   रोएर      धरधरी     मसँग ।

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    अनुप्रास :-
    ======
    परि ,चरी, खरी ,गरि , मरि , तरि , हरि,
    भरी , धरी, झरी , आदि ।

    स्थायी:-
    =====
    आफू खुसी
    ======================
    पञ्चाङ्ग    ०१

    आकाशमाथि उडेको चरी हराएछ ।
    उड्दा उड्दै अचानक झरी हराएछ ।
    दया माया करूणा भाव छैन कसैमा,
    मलाई लाग्दैछ आज हरि हराएछ ।
    भाग्य लेख्ने विधाताको खरी हराएछ ।

    💢आर्त अकुलीन, कैलाली ।

    ✍️पञ्चाङ्ग    ०२

    तीजमा माइत जान बोलायो चरीले।
    पहिले जस्तै नरोक्ला भदौरे झरीले।
    तीजको बेला मै चेली फुरुक्क भएर
    फरिया पनि सजाएॅ टल्किने जरीले।
    यो तीज जसै मानिन्छ अनेक थरीले।

    💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।

    ✍️पञ्चाङ्ग     ०३

    तिमी  मेरो   संसारको  सुन्दर  परी हौ ।
    बर्सात् हौ मायाप्रेमको  साउने झरी हौ ।
    कठिन छ माया मार्न तिमीलाई भुल्न,
    म हुँ कोरा पाटी त तिमी लेख्ने खरी हौ ।
    तिमी  दिलकी  रानी  स्वप्निल नगरी हौ ।

    💢वसन्त अनुभव, घोराही, दाङ ।

    ✍️पञ्चाङ्ग     ०४

    कुहुकुहु कोइली चरी कता गयो खै?
    बनपाखा नै रुझ्ने झरी कता गयो खै?
    धेरै भयो खोजेको तिम्रो सुमधुरता ,
    कहिले नआउने गरि कता गयो खै ?
    मेरो कोमल मनै हरि कता गयो खै?

    💢पशपती राई,  खोटाङ ।

    ✍️पञ्चाङ्ग     ०५

    उनलाई देख्दा स्वर्गको  परि झैँ लाग्यो ।
    स्वर्ग बाट धर्तीमा  उनी झरी झैँ लाग्यो ।
    आँखामा बिझाइ   रहन्छ उन्कै तस्वीर ,
    खै  कुन्नी मलाई मोहनी गरि झैँ लाग्यो ।
    मिठो मीठो कुराले मन भरी झैँ लाग्यो ।

    💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।

    ✍️पञ्चाङ्ग     ०६

    तिमी सुन्दरी परि आयौ ।
    आकाशबाट झरी आयौ।
    नतमस्तक   छु  खुसीले ,
    माया  र प्रेम  भरी आयौ।
    विश्वास मेरो गरि आयौ  ।

    💢गुणनिधि घिमिरे, दमक ।

    ✍️पञ्चाङ्ग     ०७

    मन भाव बुझ्ने  खालको चरी चाहियो ।
    टारी  खेत   रोपाइँलाई  झरी  चाहियो ।
    दयाका  खानी प्रकृति  भरमा  जीवन ,
    अकस्मात! बदल्न सक्ने परी चाहियो ।
    क्षण  मात्र  नाँइ जीवन  भरी  चाहियो ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    ✍️पञ्चाङ्ग     ०८

    जीवन धान्न काेही बसाइँ सरी गए ।
    देशको जनशक्ति समुद्र तरी गए ।
    ढुङ्गा पाक्ने आस देखाइ नेता कुर्सीमा,
    बालाे, राेगी र वृद्ध बिचमा परी गए ।
    भुँइ मान्छेका पुस्तौँ यस्तैमा मरी गए ।

    💢भवानी घिमिरे, सर्लाही ।

    ✍️पञ्चाङ्ग     ०९
    [१]
    उड्दै छु म आज चरी बिच जंगलैमा।
    बसेको छु हाँगा भरी  बिच जंगलैमा।
    चरी जन्म कर्म    मैले लिएर नै आएँ,
    झरी पर्‍यो ठुलो गरि  बिच जंगलैमा।
    जाउँ त्यो समुन्द्र  तरी बिच जंगलैमा।
    [२]
    तिमी  त  अर्कैको  जालमा परि आएछौ।
    माया  देखाई   छोडी  जाने गरि आएछौ।
    यसरी   झुठको    खेती   कहिल्यै  नगर्नु,
    पिडा  पर्दा   सात    समुन्द्र तरि आएछौ।
    ती आँखामा आँसुको बर्षा भरि आएछौ।

    💢बेदु न्यौपाने, काठमाडौ 😘✍️

    ✍️पञ्चाङ्ग     १०

    यो साल दु:ख पनि  परी  परी आयो ।
    बर्षायामको भेल  जस्तै  गरी आयो  ।
    पिर माथी पिर – नै    थपिदै  आउँछ ,
    किन होला  यस्तो  जीवन भरी आयो।
    दु:खै दु:खमा मेरो   भाग्य सरी आयो ।

    💢आर्मित्मा थापा मगर, स्याङ्जा ।

    ✍️पञ्चाङ्ग     ११

    तिमी मेरो मनको   झरि हौ भन्ने ठान्छु ।
    आकाशमा रम्ने ती चरी हौ भन्ने ठान्छु ।
    समयको   खेल  थाहा   हुन्न कसैलाई ,
    वैकुण्ठबाट    झर्ने परी हौ भन्ने ठान्छु  ।
    सबैको दु:ख    हर्ने हरि हौ भन्ने ठान्छु ।

    💢संगिता शर्मा, सिन्धुली ।

    ✍️पञ्चाङ्ग     १२

    गुनासोमा रून्छे पिञ्जडाकी चरी हेर।
    दुःख  नदेउ आफ्नै  बुहारी   परी हेर।
    मेरो छोरी पनि यस्तै हो भनी सोच है,
    आकाशको    जुन  हराँउछ  घरी हेर।
    नयनमा आँसु    तिम्रो  भरी भरी हेर।

    💢सुमित्रा पोखरेल,  काठमाडौं ।

    ✍️पञ्चाङ्ग      १३

    गुन्द्री काम्लो साथमा   दरि आयो मलाई ।
    बसबस  भनेर    हरि        आयो मलाई ।
    आफ्नो माने संसार नै आफ्नै हुन्छ यहाँ ,
    आकाशबाट   वर्षे    झरी  आयो मलाई ।
    बाचाउन   नै  अघि  सरि   आयो मलाई।

    💢सीता कडेंल सापकोटा, भरतपुर चितवन ।

    ✍️पञ्चाङ्ग     १४

    तिमीबाट  टाढा   मन   सरि   गयाे हेर।
    मै   अभागीलाई    पीडा परि गयाे हेर।
    कहिल्यै पनि  आएन सुखका ती दिन ,
    अँखाबाट  आँसु   धारा  झरी गयो हेर ।
    तिमीसँग  मन         मेराे मरि गयाे हेर ।

    💢मनिषा बिष्ट कटुवाल,  मेचिनगर १५ फुलमासि।

    ✍️पञ्चाङ्ग      १५

    सुन्दर  देखिएकी  मायालु   परी तिमी।
    राम्रो   काम  गर्नुपर्छ  अघि सरी तिमी।
    हजारौं      पीडा दबाएर नै हास्नु पर्छ,
    आँसु लुकाएर  सधैँ आँखा भरी तिमी।
    भित्र  भित्रै  राेयाैँ  किन  धरधरी तिमी।

    💢सहयात्री शोभा अर्याल, बुटवल ।

    ✍️पञ्चाङ्ग     १६

    भो  उपहार    मनमा  झरी परेकोछ ।
    हेर मायाको जालमा    चरी परेकोछ।
    झुठको खेती एक त सबै थाहा हुन्छ,
    जोडेको यो  सम्बन्धमा हरि परेकोछ।
    कहाँ पोख्ने मायालाई  भरि परेकोछ।

    💢दुर्गा आचार्य, मोरङ ।

    ✍️पञ्चाङ्ग      १७

    आकाशमा उड्ने त्यो चरिकाे याद आयाे!
    निथ्रुक्कै    भिजाउने झरिकाे याद आयाे!
    माैसम   वदलिदै   जाँदा    वर्षाै   वितेछ,
    वालापनमा    खेल्ने   परिकाे याद आयाे!
    कालाे पार्टीमा लेख्ने खरिकाे याद आयाे!

    💢उर्मिला के.सी. , धनकुटा ।

    ✍️पञ्चाङ्ग     १८

    आकाश माथि किन उड्छ चरी घुमेर ।
    उस्तै  छ  मेघ   पनि पार्छ झरी घुमेर ।
    धर्ती हिलाे हुन गएपछि भिज्छ ज्यादै ,
    जम्द‌ेै   भरिन्छ  जल त्यैँ जसरी घुमेर ।
    हाेला  नदी  जल   बहेर     भरि घुमेर।

    💢ताेयानाथ सुवेदी, काडाघारी,काठमाडौं ।

    ✍️पञ्चाङ्ग    १९

    तिमी त कतै      माजालमा परि छौ रे ।!
    हुन्न भन्दा भन्दै अगाडि  नै सरि छौ रे !
    जाे आउँदा पनि सधैंनै तिम्रै हुँ भन्छ्यौ,
    पहिलेकाे    केटा    नपाएर मरि छौ रे !
    काम फुत्केपछि त   आँखा तरि छौ रे !

    💢नवराज भट्ट, कञ्चनपुर ।

    ✍️पञ्चाङ्ग    २०

    चोट थियो  कसै   गरि  मौन बसिरहें।
    चोट भयो   तनै   भरी  मौन बसिरहें।
    आँसु    लुकाउन धेरै नै कोसिस गरें,
    आँसु बग्यो खोला सरी मौन बसिरहें।
    रोयो   बनमा  नि   चरी मौन बसिरहें।

    💢शिखा खतिवडा, डुमर्वाना बारा ।

    ✍️पञ्चङ्ग      २१

    भगवान भए     हरिले  बुझेको राम्रो।
    अप्सराको अंश  परिले बुझेको राम्रो।
    प्रत्यक्ष    देखिदैन    अदृश्यमै पुजन,
    लेख्ने पाटिलाई खरिले बुझेको राम्रो।
    एकल वनको     चरीले बुझेको राम्रो।

    💢दुर्गा निरौला, काठमाडौं ।

    ✍️पञ्चाङ्ग    २२

    आजभोलि नाच्ने नै भए चरि मिलेर।
    यादैबिना     खप्ने भए नै झरि मिलेर।
    कसरी   बिर्सने  बिगतका    कुराहरु ,
    मौका पाएकी गरे   मनपरि    मिलेर।
    आँफैलाई नै   फँसाएको धरि मिलेर।

    💢अच्युत घिमिरे, भुटान ।

    ✍️पञ्चाङ्ग    २३

    कति तनाव हुन्छ झरी आएको बेला ।
    पछाडि हट्ने छैन परि आएको बेला ।
    दुश्मनै   भएपनी  कर्तव्य  पूरा  गर्छु ,
    गहभरी  आँसु नै भरी आएको बेला ।
    मन बुझाउ कुरा   गरि आएको बेला ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली “

    ✍️पञ्चाङ्ग     २४

    मिठो गीत सुनाउने  चरी  हुनू तिमी
    दिल सिँच्न पिरतीकाे झरी हुनू तिमी
    मानवता  हराएको स्वार्थी  दुनियाँमा
    पर्दा दु:ख  साथ दिने परी हुनू तिमी
    मेरालागि सधैँभरि हरि हुनू तिमी ।

    💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    ✍️पञ्चाङ्ग     २५

    अब तिम्रो मन टाढा सरि गएको छ।
    दोष मेरै अभागि म पिर गएको छ।
    जिवनले सन्तोष केहो थाहा पाएन,
    मनभित्र तप आँसु झरी रहेको छ।    
    तिमी देखि अब मन मरि गएको छ।

    💢अनुप आचार्य, काठमाडौं ।

    Leave a Reply