नेपाल आदिवासी जनजाति महासंघ द्वारा आउँदो १२अगष्टमा साउदी अरबको दम्माममा २८औ विश्व आदिवासी दिवस मनाउने।

  • २१ श्रावण २०७९, शनिबार २३:४७ मा प्रकाशित
  • नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)राष्ट्रिय समन्वय परिषद , साउदी अरबले यहि आउँदो १२अगष्ट ‌ अर्थात श्रवण २७ गते शुक्रबारका दिन २८ औ विश्व आदिवासी दिवस शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम-२०२२ आयोजना गरि मनाउने भएको छ।

    महासङ्घका महासचिव रोशन श्रेष्ठले दिएको जानकारीअनुसार कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र दम्माम सिको नजिकै रहेको होटल प्यारागन आयोजना गरिने भएको छ भने कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदूत दिलिप पौडेलको प्रमुख आतिथ्यमा बिभिन्न जातीय सास्कृतिक झाकीको पनि प्रस्तुति गरिने भएको छ ।

    महासंघको प्रवास समिति साउदीमा तमु धि नेपाल ,नेपाल मगर संघ ,किरात राई यायोक्खा ,नेपाल तामांग घेदुग , नेवा : समाज ,किरात याक्थुङ चुम्लुङ लगायत साउदी अरबमा अवस्थित बिभिन्न जातीय संघसंगठन आबद्ध रहेका छन् ।

    Leave a Reply