साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्चको अधिवेशन स्थगित ।

  • १७ श्रावण २०७९, मंगलवार २१:४८ मा प्रकाशित
  • समर्पण रम्जान

    २ अगस्ट २०२२, साउदी अरब ! साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरेको छ ।

    उक्त दोस्रो राष्ट्रिय अधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास ईन्चार्ज, परराष्ट्र मामीला विभाग प्रमुख तथा स्थाई कमिटी सदस्य कमरेड डा राजन भटराईद्वारा सम्बोधन गरिने भनिएता पनि संगठनद्वारा २ अगस्ट २०२२ का दिन एक बिग्यप्ती जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ ।
    साउदी स्थित धेरै संघ संस्था तथा समाजिक ब्यक्तित्व, साथै सर्वसाधारण जनताहरुलाइ निमन्त्रणा पनि दिई सकिएको अबस्थामा विविध कारण बस अधिवेशन स्थगित गर्नु परेकोमा दुख व्यक्त गर्दै क्षमा मागेको छ ।

    स्थगित गरिएको अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

    संगठनको प्रेस बिग्यप्ती 👇️👇️
    प्रेस बिज्ञप्ति

    बिषय: अधिबेशन स्थगित गरिएको बारेमा ।
    प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि बिबिध कारणबस स्थगित गरिएको छ। नेपाली दुतावास लगायत साउदी अरब मा क्रियासिल गैर आबासिय नेपाली संघ, राजनैतीक संगठनहरु र्र सस्थाहरु लाई समेत निमन्त्रणा पठाइ सकेको अवस्थामा अधिबेषन स्थगित गर्नु पर्दा अत्यन्तै दुखित छौ ।
    हामीलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तिथीमिती सहित अर्को सुचना छिट्टै निकाल्ने प्रतिबद्द्ता जाहेर गर्दछौ ।
    यस बाट पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ ।

    Leave a Reply