राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न !!!

  • १६ श्रावण २०७९, सोमबार ०१:४७ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा ले ताबुकमा ३० जुलाई २०२२मा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको छ !
    यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै-आएका राहदानी बितरण लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ! सो कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दा बाट कन्सुलर भुवन पौड्याल, जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह साथै राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो !
    कार्यक्रममा ताबुक लगयात आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. टाडा सम्मबाट उपस्थिति भई नेपाली दाजु भाइहरुले सेवाबाट लाभ लिनु भएको थियो !
    महावाणिज्यदूतावास जेद्दा द्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २९ जुलाइ २०२२ भनिए तापनि सेवाग्राहीको उच्च चाप लाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासका प्रतिनिधि द्वारा बिहिवार बिहान १०:०० बजे देखि शनिवार बिहान ०९:३० बजे सम्म लगातार सेवा दिँदै महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।

    राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सस्थापक तथा सल्लाहकार भक्त हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष देवी बहादुर कार्की, सचिव युवराज पोख्रेल, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ द्वारा कार्यक्रम व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।

        ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो ,

    सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका थिए भने यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित पनि देखिएका थिए।

    Leave a Reply