
उमेश कुशवाहा,वीरगंज :- पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा तीन ३ दिने तरकारी खेतीको तालिमा सम्पन्न भएको छ ।
सो तालीम बहुदरमाई नगरपालिका ७ का ४० जना महिलाहरुलाई फूलकौल टोलमा संचालन गरिएको थियो।
बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले आयोजना गर्नुभएको तरकारी खेति बारेको तालिम आज सम्पन्न भएको हो ।
तालिममा सहभागी ४० जना महिलालाई प्रमणपत्र सहित इलेक्ट्रॉनिस्कस स्प्रे ट्यानकी समेत बितरण गरिएको वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि तलिमको आयोजन गरिएको र साथै खेति गर्न सजिलो होस् भन्ने उधेश्यले इलेक्ट्रॉनिक्स स्प्रे ट्यांकी बितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो

