
१
असार
दब्दबे हिलो
रोपाईं गर्ने मेलो !
२
मीठो
चिउरा दही
आलुदम अचार सही !
३
मानो
रोपेर मुरी
बर्षदिन अन्नको जोहो !
४
हाहाकार
कृषिप्रधान देश
मलको सधैँ व्यापार !
५
नाटक
धानका माला
गला टन्न चटक !
६
युवा
श्रममा कतार
बिर्सिए कठै असार !
७
रहर
मासियो खेत
सम्पन्न सुन्दर शहर !
- शारदा गौतम आचार्य, ललितपुर

