साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खला सम्पन्न

  • १२ श्रावण २०७९, बिहीबार १३:३७ मा प्रकाशित
  • काठमाडौ, २५ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    तिमीले लुट्यौ आजसम्म अब त मेरो पालो,
    मैले पनि त पाल्नुपर्यो, भाइ भतिजो सालो ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    पालैपालो लुट्नुपर्छ हामी मिलिजुली,
    पक्ष विपक्षको भेद नआओस् है खुली ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    तिमीले गर्नु थियाे गरिसक्याै अब के गर्छाै,
    तिमीले पकेट भर्नु भर्यौ अब हामी भछाैँ ।
    ✍️
    शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [३]
    अलिकति राजस्व थोरै कमिशन नगर रिस धेरै,
    आउरेबाउरे पाल्नुपर्छ, आफन्त पनि हुन ति मेरै ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [४]
    समयले पर्खदैन आज हाम्रै हातमा छ साँचाे,
    भाेलि भन्या के हाे के हाे देउ पद पूरा गर्छु खाँचाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [५]
    यही हो बेला लुट्ने अहिले सत्ता कुर्सी हुँदा,
    हेर्न लाई मज्जा आउँछ दुखी गरिब रुँदा ।

    नवशिला।
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [६]
    पालैपालो जनतालाई हाल्नुपर्छ टालो,
    कति तिमि मात्र, म नि समाउँछु कठालो।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७]
    लुट्यौ, लुटिरह्यौ, म हेरिरहेँ, चुपचाप आजसम्म,
    लुट्छु म अब, जति सक्छौं हेर, पदचाप तबसम्म ।

    [८]
    लुटिनु छ अझैसम्म आफन्तबाट पटक पटक,
    तिमीले दियौ आश्वासन जस्ताको तस्तै के छ फरक ?
    ✍️
    जि कुमार गौतम
    भद्रपुर -१ झापा

    [९]
    तिमीले अब कमाइसक्यौ, पालो हाम्रो कमाउने,
    पालैपालो लुट्नुपर्छ, हामीलाई कस्ले समाउने ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१०]
    युद्ध बगरी सत्तामा आयौ, बनायौ परिवार सुखी,
    सबैले चाख्यौँ सत्ताको स्वाद, छैनौँ हामी कोही दुखी ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [११]

    पालैपालाे देश लुट्नु तिमीलाई जनले चुनेका,
    लाइनमा छन् नातागाेता विकासकाे जाल बुनेका।


    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [१२]
    घमण्डी हुनुको पनि पक्कै, एउटा सिमा त हुन्छ,
    लुट्छु भन्दैमा सर्वश्व आफ्नै ठाने, भोलि पक्कै रुन्छ ।
    ✍️
    राजेशराज गड्तौलाक
    रतुवामाई- १०, मोरंग हाल- प्रवास

    [१३]
    अब ढिला गर्नुहुन्न जनताले भरेको ढुकुटी रित्याएर खान,
    हेर हाम्रो पालो आएकोछ मीलिजुली खाएर बिदेश तिर जान ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [१४]
    लुट्नै जन्म लिएका सब पापी रहेछाै, पालाे मिलाई लुट,
    आफन्त, आसे, पासे, भराैटे, छाते, झाेले सात पुस्ता छ छुट ।
    ✍️
    निरज काेइराला
    बेलका १ उदयपुर , हाल: इटहरी

    [१५]
    शक्ति सत्ता हातमा हुँदा गरौँ मालामाल,
    पद र कुर्सी खुस्केपछि होला रित्तो थाल ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर -२ झापा

    [१६]
    खुसी छु आज म त मेरो पनि पालो आयो कमाउने,
    के डर मलाई सयौँ पुस्ता पुग्छ सुखले रमाउने ।
    ✍️
    राम कुमारी खड्का
    तुल्सीपुर १९ दाङ्ग

    [१७]
    बाँच्नु आफू अनि आफन्त पर्छ बाँकी अरू मार्ने,
    भ्रष्टाचार गरेर बरु देश अब खोक्रो पार्ने।
    ✍️
    शंकर कार्की
    थाहा ३मकवानपुर

    [१८]
    परम्परा नै भएको छ देशको ढुकुटी लुट्नु,
    लागिसकेको यस्तो सुबानी कहाँ सक्छ र छुट्नु ?
    ✍️
    दीपक ठटाल जलन

    [१९]
    आलोपालो गर्दागर्दै जनता पो हुने भए शून्य,
    के गर्नु त सरोकारवालाले बिर्सिएपछि पुण्य ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२०]
    जुन जोगी आएपनि कानै चिरेका, तिमी नि त्यस्तै,
    औँलो नउठाऊ तिमी पनि कुहिएको आलु जस्तै ।
    ✍️
    देबकी के .सी.
    दक्षिणकाली ,काठमाडौ

    [२१]
    लाज पचेकाहरू फोहरी खेल खेलेर बस गर्दै आलोपालो,
    थाहा पाइसके अब जोगिई हिँड, भेटौला अनुहारमा कालो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [२२]
    कुर्सीमा कालोधनको वर्षा हुन्छ असाध्यै राम्रो,
    कहिले तँ बस, कहिले म बस्छु कुर्सी हो हाम्रो ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [२३]
    लुटेराले लुटेरालाई लुटोस् लुट्नुसम्म,
    देशद्रोही हुन् देश लुट्ने थुनौँ ढोका ढम्म।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [२४]
    पहिले मैले थाहा पा’को कति मीठो भत्ता,
    अझ ल्याप्प पार्न पाइने आहा ! मीठो सत्ता ।
    ✍️
    प्रेम थापा “मन”

    [२५]
    नेताले जनताहरूलाई भेडा ठानेका,
    सरकारी सम्पत्ति सबै नै लुट्न जानेका ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [२६]
    हाम्रो साझा सम्पत्ति हाे, हाम्रै त हाे देश,
    मिली खाऔँ मस्ती गराैँ, नहाेस् केही शेष ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२ रुपन्देही

    [२७]
    आफ्नो सेतो अनुहारमा कसले दल्छ कालो,
    भर्याङ पो ! ल्याइदिएका हुन् नभन्नु उचालो ।
    ✍️
    रिजाल विनोद

    [२८]
    मैले पनि अब देश लुटी खान्छु,
    राम्रो मान्छे बन्न म त कहाँ मान्छु ।
    ✍️
    विक्रम तिरूवा सलिन
    जुम्ला

    [२९]
    कुरा सुन तिमीभन्दा धेरै सुनचाँदी लुट्न सक्छु,
    अदालतमा मेरो लागि हैन तिम्रो बारेमा बक्छु ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३०]
    लुट्न नेता हुनुपर्दैन, पैसै हुन्छ साथी,
    खायौ खेल्यौ रमायौ रे ! हिसाब हुन्छ माथि ।
    ✍️
    योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    [३१]
    नातागाेतालाई पालैपालो जागिर दिएको,
    वीर याेध्दाहरूकाे भने सधैँ रक्त पिएको ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी -५, भक्तपुर ।

    [३२]
    पालाे गरिगरि खाओैँ र जनतालाई भेडो बनाओैँ,
    भुँडी ढाडिएर मराैँ अनि पुस्तौँपुस्तासम्म गनाओैँ ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [३३]
    जहिले पनि तिमीहरू नै अगाडि किन,
    मेरा पनि आफन्तको फर्काइदेउ दिन ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३४]
    आफूले त सात पुस्तालाई पुग्ने अकुत सम्पत्ति जोड्यौ,
    हाम्रो भागमा भने बिँड खुस्किएको कुटो कोदालो छोड्यौ ।
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [३५]
    देशलाई भित्रभित्रै आजभोलि भन्दै बनाइसके नि खोक्रो,
    जनतालाई कहिलेसम्म ओढाउने हुन् आश्वासन को बोक्रो ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३६]
    आलोपालो गरिकन हामीले चलाउने हो सत्ता,
    भर्पाई मिलाई आफन्तलाई खुवाउने हो भत्ता ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३७]
    किन भन्छौ जनता हो बेकारमा यहाँ जेलाई पनि तेरो र मेरो
    नेता हौँ नेता ,हामी हामी मिलेर सबै पारिसक्यैाँ आफ्ना सेरो फेरो !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [३८]
    पालैपालो देश लुटीकन, भाइ भतिजो सालो,
    जनता उत्रेर विरोधमा लगाइदेलान् कालो ।
    ✍️
    गोपालकृष्ण डंगोल
    काठमाण्डौँ, हाल इटहरी

    [३९]
    जति सकिन्छ लुट्नै पर्छ सत्तामा पुगेको वेला,
    सोझा जनता जागेको दिन हुन्छ असली खेला।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।
    (४०}
    रित्तो भयो ढुकुटी लुटेर पालैपालो.
    थन्काए बिदेशमा लुटेको धन कालो।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत

    ४१)
    कमाउनु कमायाै अब पालाे अरूकाे हाे नि कमाउने,
    लुट्नु लुट्याै तिमीहरूले साेझा जनताले के समाउने ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४२]
    गरिब दुखी जनतालाई गरे हुन्छ शाेषण,
    लुटी ठगी भाइ भतिजा गराैँ पालनपाेषण ।
    ✍️
    रामकृष्ण रिजाल
    बाग्लुङ

    [४३]
    बल्ल मौका हात लाग्यो कुर्सीमा बस्ने, पहिले पाएको थिएन,
    शक्ति हातमा हुँदा कमाउने, पहिले परिस्थितिले दिएन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा, ललितपुर ।

    [४४]
    लुट्नु लुट्यौ र चुस्नु चुस्यौ, नाम राख्यौ विकास,
    श्रीलङ्का झैँ भयो भने कसरी खोज्छौ निकास !
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !

    [४५]
    टुलुटुलु हेर्नुपर्ने बन्याे परिवेश,
    लाैन दैव कसाे गर्ने देऊ उपदेश ।
    ✍️
    रामकृष्ण दुवाडी

    Leave a Reply