साउदी स्थित नेपाली राजदुतावासले आ.व. २०७८-७९ मा सम्पन्न गरेका २६ बुदेँ कार्यहरू

  • १५ श्रावण २०७९, आईतवार ०१:४१ मा प्रकाशित
  • ३० जुलाई २०२२! साउदी अरब रियादमा स्थित नेपाली दूतावासले आर्थिक बर्ष २०७८-२०७९ मा कार्य सम्पन्न गरेका केहि महत्त्वपूर्ण २३ बुदेँ कार्य प्रगति विवरण आफ्नो आधिकारिक फेसबुक पेजबाट सेयर गरेको छ ।

    1. १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको ।
    2. रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
    3. यस अवधिमा साउदी मन्त्रालयहरू , श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएका ।
    4. दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको । १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको ८ जनाको शव पठाउन बांकी रहेको मृत्युको कारणमा प्राकृतिक कारण ( हृदयघात समेत ) ११२ जना , आत्महत्या ३४ जना , सडक दुर्घटना ३ ९ जना , कार्य दुर्घटना १४ जना , कोरोना संक्रमण १४ जना र हत्या ०१ जना रहेको ।
    5. मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बांकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम जम्मा साउदी रियाल ५० लाख ९ ० हजार ९ १८
    6.  ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाईमा भाग लिएको । २८ वटा केसमा फैसला भएको । १८ वटा केसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।
    7. कार्य दुर्घटनामा परी मृत्यु / घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक / घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या जम्मा ३१०
    8. गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेब्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।
    9. साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्या : २,३५७
    10. साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्या ३६
    11. वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) गएको संख्या : – १ ९ ८
    12. घर फिर्तिकेन्द्र ( deportation centre ) ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) भ्रमण संख्या २०५
    13. राजदूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्या : – १ ९ ३ ९ .
    14. समस्या समाधान कम तलव दिएका ३८ ९ , समयमा तलव नदिएका ५३४ , राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ४२५ , विदामा जान दिन अनुरोध ३६७ , नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६ ९ , कानूनी मानसिक एवं अन्य परामर्श ८ , ३४५
    15. कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न अनुरोध गरिएको संख्या ३१५
    16.  १२,२१ ९ माग पत्रहरुको प्रोसेसिङ गरी १०,८२५ मागपत्र प्रमाणिकरण गरिएको ।
    17. विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३ भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
    18. नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ५१३ कामदारलाई राखेर खान / बस्नको व्यवस्था गरेको
    19. विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका २५ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
    20. राहदानी जारी गरिएको संख्या १२,०४३ सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या १२५७ निशुल्क यात्रा अनुमतिपत्र जारी- १४२३ ( जेल र घरफिर्ति केन्द्रका लागि )
    21. निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या १०६१
    22. विभिन्न स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन संख्याः २४ •
    23. राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९ ३ वटा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको जसबाट करीब ६०,००० हजार नेपाली कामदार लाभान्वित भएको ।
    24. कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५,००० हजार भन्दाबढी ह्वाट्स एप सन्देश र ९ ५ हजार भन्दाबढी टेलिफोन प्राप्त गरेको ।
    25. राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोष्ट गरिएको ।
    26. राजदूतावासको आधिकारीक फेसबुक पेजबाट फेसबुक लाईभमार्फत राजदूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन शुरू गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या / गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको ।

    दूतावास रियादको सूचना जस्ताको त्यस्तै तल हेर्नू होला ।

    Leave a Reply