
बालेन :
आषिश पाएँ शिरमा, पशुपती नाथको !
दाजु बहिनी बिचको, छुट्ने छैन साथ यो ! !
मेरो उपर सबैको, अनमोल आश छ !
दिव्य कान्तिपुरमा मेरो, मन् बचन खास छ ! !
गोपाल :
उग्र साथ पाएँ मैले, उग्रतारा माता लाई !
अटल अमर राख्नेछु म, माताको यो नातालाई !!
पश्चिम तिर सबैको, अनमोल आश छ !
घनगढीको सेरोफेरो , मन् बचन खाश छ !
हर्क ः
माना होईन पाथी पाथी, पाथीभरा मातालाई !
आशिर्वाद मिली रहोस, शिर माथी सदालाई !!
पूर्व तिर सबैको, अनमोल आश छ !
ईटहरीको सेरोफेरो, मन् बचन खाश छ !!
बालेन :
स्वतन्त्र भै लड़यौ हामी, आ -आफ्नो हितले !
सारा नगरबासीको, अमूल्य त्यो प्रितले !!
नमूना नै बनाउनु छ, राजधानीको फेरो लाई !
भनून् सबले देखेर, बनाउँछु म मेरो लाई !!
गोपाल :
धैर्य गरी कुरी बस्दा, बल्ल फल चाख्दैछु !
घर घरमा खुशी छर्न, दीगो पाईला चाल्दैछु । !
नमूना नै बनाई छाड्छु, पश्चिमको यो माटोलाई !
हिडुन् सबले टेकेर, फराकीलो बाटो लाई !
हर्क :
सादा जीवन तर उच्च, थियो मेरो चाहना !
साथ पाएँ दुनियाको, पुरा भयो भाबना !!
झुल्के घामले टल्कनेछ, पुर्वको यो गाथा लाई !
उच्च राख्ने छु म सबको, शिरमा सगरमाथालाई !!
बालेन : स्वतन्त्र भै जुट्यौ हामी, मेची – काली जुटेमा !
गोपाल : बिकाश गराँ आफ्नो ठाउँ, यदि हामी फुटेमा !!
हर्क : कुरा काट्न शुरू गर्छन्, यदि हामी सुतेमा !!
संयुक्त : एउटै मन् एउटैबिचार, एउटै हाम्रो भावना !!
दीगो शान्ति दीगो बिकाश, यहि हाम्रो चाहना !!
✒️ रचनाकार : सुशिल पराजुली

