पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १ सम्पन्न

  • ११ श्रावण २०७९, बुधबार २२:०८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १(एक)


    ——————————————–
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०४/१०
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल
                  
    भाषा शुद्धीकरण
    ————
    सोमनाथ लुइटेल रवि पाल्पाली
    भवानी घिमिरे

    सङ्कलक :-
    ———-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                  समयोजक
       दुर्गा आचार्य ,भवानी घिमिरे
                        तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल ।

    ======================

    अनुप्रास:-
    बाठो ,गाँठो,टाठो ,नाठो ,पाठो ,काठो ,आँठो ,डाँठो ,लाठो

    स्थायी:- रहेछ भन्थे

    अक्षर संख्या १८

    ======================

    पञ्चाङ्ग   ०१

    कस्तो अक्षम बुद्धि  नभएको काठो रहेछ भन्थे
    अरुलाई  राय  दिन  नसक्ने  पाठो  रहेछ भन्थे
    मनुष्य   भएपछि    त  हुनुपर्ने   हो  मिलनसार
    कहिले  फुकाउनै  नसकिने   गाँठो रहेछ  भन्थे
    अगाडी बढ्ने थिए तर अल्को आँठो रहेछ भन्थे।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    उस्को  मुटु  संग  मेरो  मुटु  गाँठो परेछ।
    मेरो  भन्दा  उनको   रगत  टाठो  परेछ।।
    चिनाजानि भर्खर मात्र भएको हो हाम्रो।
    उनीको  घरका   सबैजना  बाठो  परेछ।।
    त्यसैले गर्दा  मेरो थाप्लोमा लाठो परेछ।।

    💢मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
    बिर्तामोड झापा।

    पञ्चाङ्ग   ०३

    मट्याङ्रिले प्रेम गरेकाे मान्छे बाठाे रहेछ भन्थे ।
       देख्दा गाेज्याङ्ग्राे देखे पनि टाठाे पाे त रहेछ भन्थे।
       मान्छे राेज्न त त्याे महिला चतुर नै पाे रहिछे त ।
        छाेरीकाे बाउ  हातमा सुमर्ने लाठाे रहेछ भन्थे ।
       कसैले त मट्याङ्रिलाइ उस्काे नाठाे रहेछ भन्थे ।

    💢मधुसूदन प्रसाद घिमिरे,काठमाडौं ।

    पञ्चाङ्ग   ०४

    दिनभरी पढिन्थ्यो भरे लोभी काठो रहेछ भन्थे
    दक्षिणा मात्र धेरै खोज्ने निकै बाठो रहेछ भन्थे
    पुरोहित यजमान सामु  राम्रै पछि कुरा काट्न
    गाउँभरीमा सबैभन्दा आफैँ टाठो रहेछ भन्थे
    बाहुन सँग श्राद्ध गर्न पनि घाटो रहेछ भन्थे ॥

    उनका छोरीका मुख हेर्दा त नाठो रहेछ भन्थे
    दक्षिणा गर्ने बेलामा पोकामा गाँठो रहेछ भन्थे
    त्यो बेला पुरोहितलाई पनि गाह्रो थियो अरे नी
    सानो गल्ति हुँदा केही नजान्ने पाठो रहेछ भन्थे
    पढायो घर फिरे पछि लोभी काठो रहेछ भन्थे ॥

    💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
          उर्लाबारी मोरङ हाल अमेरिका।

    पञ्चाङ्ग   ०५

    सहयोगी बन्न  सक्दछ  हाम्रो  टाठो रहेछ  भन्थे,
    गाउँमा अाएको त्यो नयाँ मान्छे बाठो रहेछ भन्थे।
    दुःख  सुखमा  साथ दिनु मानवीय  व्यबहार  हो,
    धेरै  विश्वास  गर्नु   हुदैन  है  काठो  रहेछ  भन्थे ,
    बुझ्नै नसकिने जाली कुराको गाँठो रहेछ भन्थे।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०६

    गाउँका  सबैजना  इष्टमित्र   टाठाे  रहेछ भन्थे
    यत्रतत्र  कुँद्नसक्ने  चतुर  पाठाे  रहेछ  भन्थे
    माैसम अनुसार चल्न सक्ने त  लागेकाे थिएन
    अाफ्नाे गुह्य  कुरा नचुहाउने  गाँठाे रहेछ भन्थे
    चामल दिई पीठाे साट्दा धेरै बाठाे रहेछ भन्थे ।

    💢सुरेश चन्द्र घिमिरे।

    पञ्चाङ्ग   ०७

    रत्तिभर नै सुद्धी नभएको लाठो रहेछ भन्थे
    अपक्व साह्रै नै काँचो अनाडि पाठो रहेछ भन्थे
    उमेर बढेर के गर्नु दिमाग बोधो भएपछि,
    कहिल्यै परिपक्व नहुने यो काठो रहेछ भन्थे
    प्रगति र दुर्गतिको सिमाना आँठो रहेछ भन्थे ।

    💢वसन्त अनुभव
    घोराही, दाङ।

    पञ्चाङ्ग    ०८

    काेही देखिन्न कमजोर आज सबै बाठाे यहाँ ।
    विज्ञानले बनाएको छ अत्याधिक टाठाे यहाँ ।
    नैतिकता र कर्तव्यलाई थप्न सके त अझ ,
    मणिमा सुगन्ध पस्थ्याे चल्दैनथ्याे है लाठो यहाँ ।
    हर कार्यमा सिद्धि मिली फुक्दै जान्थ्यो गाँठाे यहाँ ।

    💢भवानी घिमिरे , सर्लाही ।

    पञ्चाङ्ग   ०९

    हेर्दा त कम्जोर छ संगतले बाठाे रहेछ भन्थे
    प्रबिधिको पहुच ठाउँमाछ टाठाे रहेछ भन्थे
    को भन्दा छ को कम बनाउदैछ आज समयले
    सबैभन्दा मै जान्ने सुन्ने भन्दा लाठो रहेछ भन्थे
    बाधिएको सम्बन्ध चुडिएको गाँठाे रहेछ भन्थे

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १०

    देख्दा बाठो रहेछ भन्थे ।
    सानो पाठो रहेछ भन्थे ।
    आगो पानी रहेर आज,
    मात्र टाठो रहेछ भन्थे ।
    खाली लाठो रहेछ भन्थे ।

    💢आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग   ११

    कसैले बाठो त कसैले लाटो रहेछ भन्थे
    बुहारी   खा कराईमा काठो रहेछ भन्थे
    यस्तो पहिलाका बुहारीलाई भनिने शव्द
    मायामा सधैं नाफा कहा घाटो रहेछ भन्थे
    मनमा कहिल्यै नखुल्ने गाँठो रहेछ भन्थे ।

    💢सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग    १२

    हाम्रा बा लाई सोझो भएनी, लौ! बाठो रहेछ भन्थे
    आँगनीमा उफ्री खेल्दा नि कस्तो पाठो रहेछ भन्थे
    सुका  मोहर  पैसा  गन्थे  रुपैयाँ  डालाडाला भर्दै
    अज्ञात  पाराले  घर  सम्हाल्ने  टाठो  रहेछ  भन्थे
    तिहुन थापी  बिस्ट  थोरै  दिने  काठो  रहेछ  भन्थे ।।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ्ग   १३

    ऑसु बगेर खोला भयो
    ज्यान सुकेर तोला भयो
    दुखैदुखको जिन्दगानी
    अरिङ्गालको गोला भयो
    दुई दिनको चोला भयो।

    💢घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १४

    बुढाे विदेश रे उस्काे गाउँमा नाठाे रहेछ भन्थे
    अर्को भन्दा पनि त्यो दस कुना बाठाे रहेछ भन्थे।
    आफन्तकाे त~ हेरन कुनै पनि~ डर नभएर,
    बाेलि वचनमा अलि कति टाठाे रहेछ भन्थे 
    उनको बुढाे धेरै साेझाे अनि लाठाे रहेछ भन्थे ।

    💢सहयात्री शाेभा अर्याल,  रुपन्देही  १४ बुटवल।

    पञ्चाङ्ग   १५

    गाउँ हुँदा तिमीलाई निकै नै बाठो रहेछ भन्थे।
    कहिले फुकाउन नसक्ने गाँठो रहेछ भन्थे।
    मानिस भए पछि काममा निरन्तर लाग्नु पर्छ,
    परिश्रम देखेर सबैले नै टाठो रहेछ भन्थे।
    कोही कसैले तिमीलाई साह्रै काठो रहेछ भन्थे ।

    💢सुशीला पौडेल , काठमाडौं ।

    पञ्चाङ्ग   १६

    ठूलो भइ आमालाइ पाल्छु पक्कै हेर्नु होला
    आफ्ना अनि आफन्तलाई हजुरले केर्नु होला
    हेला गर्छन् आमालाई कुनै कुनै कुलङ्गारले
    पढ्ने मात्र हैन हजुर यो कुरालाई  टेर्नु होला
    अब देखि आफ्नो सोच समयमै फेर्नु होला।

    💢उत्तम शर्मा दर्शन।

    पञ्चाङ्ग   १७

    चिन्ने जतिले तिमीलाई निकै बाठो रहेछ भन्थे।
    सामाजिक काममा लागि पर्ने टाठो रहेछ भन्थे।
    मानव भएर मानवता देखाउनु पर्छ हामी,
    मित्रताको फुकाउन नसक्ने गाँठो रहेछ भन्थे।
    सबैमा मित्रता कायम गर्ने पाठो रहेछ भन्थे।

    💢ह्यारिस ह्यारिसन, काठमाडौं ।

    पञ्चाङ्ग     १८

    तिमी लाईत सबैले निकैनै बाठो रहेछ भन्थे,
    तिमी र हरि फुक्नै नसकिने गाठो रहेछ भन्थे
    साथि भए पछि सधैभरि साथहुनु पर्छ तिम्रो
    तिम्रो मेहनत देखे सबैले टाठो रहेछ भन्थे
    रिस गर्ने चै तिमीलाई साह्रै काठो रहेछ भन्थे ।

    💢अनुप आचार्य, काठमाडौं ।

    पञ्चाङ्ग    १९

    समयले सतायो गर्न नसक्दा सधैँ लाठो भन्थे
    अबुझ प्राणी त होइन तर पनि त्यो पाठो भन्थे
    व्यबहार मानवलाई गरिने कहिले भएन
    तिक्तता जमिन घटेर होला कसैको आँठो भन्थे
    चलाख तीक्ष्ण बुद्धि भएको मनुष्य टाठो भन्थे।

    💢दुर्गा निरौला , काठमाडौं ।

    Leave a Reply