
१
सङ्घर्ष
बाँच्नलाई परिश्रम
जीवन पैसाको खेल !
२
विश्वास
आत्माको महल
घातले हुन्छ हलचल !
३
महल
सन्तुष्टिको छहारी
खरको सानो झुपडी !
४
छहारी
शीतल चौतारी
गर्मीमा हावाको वहाव !
५
झरना
पानीको वहाव
पहाडबाट तल मैदानमा !
६
क्षितिज
जमिन जोडिएको
नक्षेत्रमा एक पाइला !
७
आशा
छुन्छ रहर
विश्वासको बलियो आधार !
८
माया
मनको खेल
खन्याएर रित्तो नहुने !
९
श्वास
बाँचेको विश्वास
दुखाइमा युद्ध बाँच्नलाई !
१०
मुकुण्डो
बाहिरी आवरण
च्यातिन्छ वास्तविकता देखिन्छ !
- सविता के.सी., काठमाडौँ

