
पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: १७
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०२/१९
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सोमनाथ लुइटेल ” रवि पाल्पाली “
समायोजन
————-
👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग ०१
तिमी स्वर्ग गएपछि धेरै पार्टी बनाएको देखिन्छ
खाने लगाउने काममा सबैले मनाएको देखिन्छ
नेपालमा भ्रष्ट, भ्रस्टाचार गर्नेको सिमा नाघी सक्यो
बालुवामा बजेट सबै मिलेर खनाएको देखिन्छ
राजा वीरेन्द्रको कार्यकाल पछि गनाएको देखिन्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पली” ।
पञ्चाङ्ग ०२
यही हाम्रो सौन्दर्य, सर्वत्र आँखामा खुलेझैँ लाग्छ
प्रफुल्ल मनले, प्रवल नेपाली मान घुलेझैँ लाग्छ
देन हो सौन्दर्य प्रकृतिको , हुँदै गरे अभिवृद्धिको,
सुन्दर आँखाले दृष्टि भए, लहलह झुलेझैं लाग्छ
कसैको कुकार्य, कुसंस्कार देख्दा बाटो भुलेझैँ लाग्छ !
✍️प्रेम थापा”मन”बागलुङ ।
पञ्चाङ्ग ०३
स्वाभिमानी बनेर डटेकै हो
देश सुरक्षा हेतु खटेकै हो
जनताको ईच्छा बुझेर राजा
प्रजातन्त्र खातिर हटेकै हो
षड्यन्त्र रूपी घट्ना घटेकै हो ।
✍️सरस्वती श्रेष्ठ, रुपन्देही बुट्वल।
पञ्चाङ्ग ०४
एक्काइस वर्ष पहिले पनि
रसाउँछ आँखा अहिले पनि
कसैको केही विगार नगर्दा
बंशनै रहेन कहिले पनि
हत्यारा खुल्ला रे जहिले पनि ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग ०५
स्वाभिमानी नै बनेर खटेका थिए राजाले
हातमा हात मिलाई डटेका थिए राजाले
जनताको भावना अनुरूप कदम चाली
शान्तिको निमित्त पाठ रटेका थिए राजाले
कुर्सीको लोभ नगरी हटेका थिए राजाले।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग ०६
राजाले मागेजति सबै दिएकै थिए
अधिकार पनि खोसेर लिएकै थिए
छलछाम गरेर वंश नै किन मार्नु
पिउनेहरू सकेजति पिएकै थिए
खुसी भै राजपरिवार जिएकै थिए ।
✍️पुष्पा नेपाल( सुवेदी )
इलाम ।
पञ्चाङ्ग ०७
राजा वीरेन्द्रको वंश नाश भएको दिन।
युवराज दीपेन्द्रको सास भएको दिन।
आज एक्काइस वर्ष भएको छ मृत्युको,
पारिवारिक भेटमा लास भएको दिन।
राजा वीरेन्द्र मनको आस भएको दिन।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग ०८
रगतको होली खेलाउन गोली चलाएको दिन आज।
जनताहरुले आँखाबाट आँसु खसाएको दिन आज।
अँध्यारो इतिहासको एक्कासीयौ वर्ष सम्झिदा लाग्दछ,
पार्थिव शरीरमा फूलमालाले सजाएको दिन आज।
राजा वीरेन्द्रको वंश सत्यानास गराएको दिन आज।
✍️सुशीला पौडेल , काठमाडौं ।
पञ्चाङ्ग ०९
हरेक वर्षको जेठ सम्झँदा जिन्दगी बेकार लाग्छ
कैयौँ जन्मे दलहरू देशमा राज गर्ने हार लाग्छ
गुनासो नै त रहेछ पोख्नु शब्दमा छैन अरु केही
समयले कोल्टे फेर्छ मान्छेको नियति दोधार लाग्छ
विकास गर्न भन्दा पनि झोली भर्नको हतार लाग्छ ।
२
झगडा गर्छन् नेता गठबन्धनमा मन जोडिएको छ
जनतामा साथ र सहयोगहरू सबै तोडिएको छ
यस्तै छ हालत एक्काइस वर्षपछिको जनहरूको
आफ्नै मात्र झोली भर्छन् विकासहरू जति छोडिएको छ
बिचरा मन स्वदेश हैन परदेशमा मोडिएको छ ।
✍️सविता के.सी. काठमाडौँ ।
पञ्चाङ्ग १०
आमाको अस्मिता पनि लुटेर खाए तिमी गएदेखि
दाजुभाइ – दिदीबहिनी फुटेर खाए तिमी गएदेखि
तिमी जस्तै सपूतको खाँचो पर्यो नेपाल आमालाई
आ-आफ्नै मात्रै पेट भर्न जुटेर खाए तिमी गएदेखि
जनतालाई कठै! महङ्गीले चुटेर खाए तिमी गएदेखि
✍️अन्जु तिमल्सिना घिमिरे, ललितपुर -१० ।
पञ्चाङ्ग ११
हेर, आज भन्दा एक्काइस बर्ष पहिलेकाे कुरा थियाे
त्यो बेला मेराे उमेर खेल्ने र रमेर हिँड्ने भुरा थियाे
प्रजाका प्यारा ती राजा सहितै परिवारै सिद्याइएकाे
त्यो खबर सुन्दा मेराे मनभित्र नि चलेकाे छुरा थियाे
टुहुरा भयाैं हामी, हत्याराकाे इच्छा भएको पूरा थियाे ।
✍️रामराजा के. सी. , फर्पिङ, काठमाडौं ।
पञ्चाङ्ग १२
हत्या भयो रगतको बगाएर खोली पनि
यत्रतत्र पेस्तोलको मगाएर गोली पनि
शाह बंश स्वाहा पारियो वीरेन्द्र परिवार
जनता देशको खुसी भगाएर भोली पनि
कहाँ सुन्न पाइयो र जगाएर बोली पनि ।
✍️तारा घिमिरे संखुवासभा ।
पञ्चाङ्ग १३
१
आफ्नै वरदानले महादेवलाई भष्मासुरले ततायाे यहाँ
सीता हरण गरी राचन्द्रलाई रावणले कति सतायाे यहाँ
समय बलवान छ है हामी यसका निमित्त बुझ्न सक्नुपर्छ
द्रौपति वस्त्र हरणमा दुश्षासनलाई उसैले मतायाे यहाँ
राजा वीरेन्द्रकाे वंश सकेको त इतिहासले नै बतायो यहाँ ।
२
सम्झेर ल्याउँदा मन हुन्छ धमिलो यहाँ ।
विशाल देशको मरण भाे कमिलो यहाँ ।
सर्वत्र गर्दथे चर्चा उनकै थियो गान ,
रैती खुसी राख्ने चालक छ गमिलाे यहाँ ।
राजाविनाको राज्य भाे तमतमिलाे यहाँ ।
✍️भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग १४
१
करोडौं माहुरीको एउटा रानु हराएको दिन
गहिरो षडयन्त्रले तिमीलाई मराएको दिन
सम्झिन पनि कहालीलाग्दो छ जेठ उन्नाइस
सारा नेपालीको अस्तित्व खत्तम गराएको दिन
महाप्रलय हामी सारा नेपाली डराएको दिन ।
२
तिमी र तिम्रा जति परीवार सबै खत्तम हुनु पर्ने
तिमजस्तै हामी सबै शान्तिप्रीय नेपालीले रुनु पर्ने
इतिहासको त्यो अत्यन्त कालो डरलाग्दो दिन सम्झन्छु
खै त्यस्ता षडयन्त्रकारीहरूलाई पापले छुनु पर्ने
ज्यानमारा हरूको पाप कसै गरे पनि नधुनु पर्ने ।
३
इतिहासमा कालो धर्सा कोरिएको छ
नेपालमा तिम्रो नेतृत्व छोडिएको छ
देश बिग्र्यो लथालिङ्ग भएर हे राजा
राजनिति नै जथाभावी मोडिएको छ
अहिले ता राजसंस्था नै तोडिएको छ ।
४
बचेका तिम्रा परिवारले राज्य चलाउनै सकेनन्
यहाँका ठुटेमुटे नेतालाई गलाउनै सकेनन्
शासनको सिप सिकेको रहेनछ उनिहरूले
ठुटेहरूलाई पत्तासाफ गरेर ढलाउनै सकेनन्
बरू आैफैँ गद्दी छाडेर पो भागे चल्मलाउनै सकेनन् ।
५
सानो देश चलाउन धेरै नेता हुन्छन् यहाँ
गाउँ गाउँबाट उठे कुर्सी मात्रै चुन्छन् यहाँ
यो देशको भविष्य नै अन्धकार भयो अब
तिमीलाई सम्झिएर जनता त रुन्छन् यहाँ
गरिबीको रेखाबाट सबै तल हुन्छन् यहाँ ।
✍️गुणनिधि घिमिरे पाँचथर खान्द्रोङ
उर्लाबारी मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग १५
रगतको होली खेली वंश नाश पार्न गोली चलाएको दिन थियो
प्यारा राजा रानीको नाममा जनताले आँसु पलाएको दिन थियो
एक्कासीअौँ वर्ष अगाडि वीरेन्द्र राजाको वंश मेटिएको सम्झँदा
गहभरि आँसुको शोकमा पार्थिव शरीर चलाएको दिन थियो
हाम्रो देशको सान र मान दुबै जलाएको दिन थियो ।
✍️दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १६
याे जिन्दगीकाे भराेसा छैन टुट्ने छ कहिले
गाेलीले हान्दा याे हाम्राे शिर फुट्ने छ कहिले
क्यै थाहा हुन्न सुरक्षा घेरा दिएर बस्ला जाे
इबीले गाेली हानेर राजा भुट्ने छ कहिले
विश्वास हुन्न मित्रता पनि छुट्ने छ कहिले
✍️ताेयानाथ सुवेदी
काँडाघारी, काठमाडौं ।
पञ्चाङ्ग १७
देशका लागि जून उदाउँदो थियो कूलै मासिए
महत्त्व थियो पलाएको मुहानका मूलै मासिए
आफू उत्कृष्ट हुन्छु भनेर भूल गरि लुक्यौ किन ?
कहाँबाट बीउ बस्ला हेर त ! मुख्य फूलै मासिए
कसले भाव बुझ्न सक्नु सहयोगी हूलै मासिए ।
✍️जमुना आचार्य
सिन्धुपाल्चोक
पञ्चाङ्ग १८
दुश्मनको कुचक्रमा नै फसाइ दियो
रगतको खोलो बगाई हसाइ दियो
गोलि हानेर रगत कै होलि भयो
सुरक्षा गर्ने जीवन धसाइ दियो
चार किल्ला बाँधी देह बसाइ दियो ।
✍️गित अर्याल, बाँके नेपालगन्ज ।
पञ्चाङ्ग १९
कालो रात बन्यो रगतको जनता गलाइ दियो
कसरि साठ-गाँठ मिलाएर बैरी हसाइ दियो
जनताको माझमा लोकप्रिय राजा बिरेन्द्र थिए
सुन्दर परिवेशमा गोलिको बाजा बजाइ दियो
सरसल्लाह गरेको बेला लासमा धसाइ दियो ।
✍️देवकी के.सी. हाल बिरगंज ।
पञ्चाङ २०
राजा वीरेन्द्रको वंश नास पार्न गोली चलाए यहाँ
राजा रानीलाई देखी जनताले आँसु बगाए यहाँ
निर्दोष राजा माथी त्यत्रो घात भएको अवस्थामा नि
आँसु धारा लिँदै पार्थिव शरीर घाट चलाए यहाँ
आफ्ना राष्ट्रका प्रतीकलाई आगोमा जलाए यहाँ
✍️दुर्गा भट्टराई, मोरङ ।

