
१
तिमी
संसार मेरो
दु:ख सुखको साहारा !
२
अभाव
सङ्घर्ष जीवनको
कहिले पूरा नहुने !
३
रूपको
नगर घमण्ड
मन सफा हुनुपर्छ !
४
विश्वास
अनगिन्ती सपना
सफल जिन्दगीको यात्रा !
५
कहानी
तिम्रो मेरो
अधुरो प्रेम जीवनको !
६
स्वास्थ
जीवन आधार
सबैभन्दा ठुलो सम्पत्ति !
- दुर्गा आचार्य, मोरङ

