साउदी अरबले भारत सहित १६ देशमाथि लगायो यात्रा प्रतिबन्ध

  • १० जेष्ठ २०७९, मंगलवार ००:३७ मा प्रकाशित
  • रियाद (साउदी अरब) । साउदी अरबले भारतसहित १६ देशको भ्रमणमा जान आफ्ना नागरिकहरुमाथि रोक लगाएको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि केही हप्तासम्मका लागि सो रोक लगाइएको हो । यी देशहरुमा भारतबाहेक लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, यमन, सोमालिया, इथोपिया, गाण्तन्त्र कंगो, लिबिया रहेका छन् ।

    अन्य देशमा इन्डोनेशिया, भियतनाम, अर्मेनिया, बेलारुस र भेनेजुएला भएको गल्फ न्यूजले एउटा समाचारमा उल्लेख गरेको छ । यसको साथै साउदीमा मंकीपक्सको एउटै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

    Leave a Reply