भारतको नौसैनिक जहाज साउदी अरबमा

  • २६ बैशाख २०७९, सोमबार २३:३१ मा प्रकाशित
  • एजेन्सी, २६ वैशाख । भारतको नौसैनिक जहाज साउदी अरबमा पुगेको छ । चारवटा नौसैनिक जहाज तालिमका लागि साउदी अरबको जेद्धा बन्दरगाह पुगेको छ ।

    भारतको नौसैनिकले चार दिन जहाजहरु साउदी अरेबियामा रहने जनाएको एएनआईको रिपोर्ट छ । भारतको नौसैनिक तालिम आदानप्रदान अन्तर्गत साउदी अरेबिया पुगेको उल्लेख छ ।

    समुन्द्री डाँकाहरुविरुद्धको कारबाहीसम्बन्धी तालिम भारतीय नौसेनाले लिने भनिएको छ । भारतको नौसेना २००८ देखि अडनको खाडीमा तैनाथ हुँदै आएको छ ।

    Leave a Reply