
पञ्चाङ्ग चित्रपट : भाग: १३
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०१/१५
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
समायोजन
————-
👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========

चित्रपट पञ्चाङ्ग ०१
नेताको भाषण सुन्न आएको देखेकै छौँ
र्यालीमा जनता नै भोको नाङ्गो भेटेकै छौँ
आफूलाई भन्दा राष्ट्रलाई बचाउ नेता
एक – एक भोटको मूल्यले नै जेलेकै छौँ
चुनाव जित्नलाई के के गर्छौ हेरेकै छौँ ।
चुनावीको र्यालीमा बहुत देखियो सडकमा
जनतासँग भिख मागेको भेटियो सडकमा
नेपाल आमाको छाती कुल्चेर नदेख्ने नेता
पुरानै नेता आज बोलेको हेरियो सडकमा
पैसाको बलले राम्रा जति छेकियो सडकमा ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग ०२
१
चुनावको लहर आयो रे भन्छन्
गाउँशहर देश छायो रे भन्छन्
राम्रा मान्छेहरू चुन्न पाए हुने
सडकतिर ऱ्याली लायो रे भन्छन्
कसैले ता पैसा पो पायो रे भन्छन् ॥
२
न्याय निम्ति लड्छ जसले उसलाई भोट खसाल्नु
देश प्रेम गर्छ जसले उसलाई भोट खसाल्नु
नजिताउँ भोट दिएर मुखले ठिक्क पार्नेलाई
जन दुःख हर्छ जसले उसलाई भोट खसाल्नु
विकासमा बढ्छ जसले उसलाई भोट खसाल्नु ॥
💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ०३
चुनाव आउने बेलामा मात्र सडकमा देखिन्छन्
काम गर्नुभन्दा घर सिगार्ने तडकमा देखिन्छन्
जितेरै गएनि केही छैनन् लछारपाटो लाउने !
जनतालाई काम छैन नेता कडकमा देखिन्छन्
स्वास्थ्यको खर्च विदेशमा गर्ने भडकमा देखिन्छन् ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ०४
देशमा चुनावी माहोलले छाएको छ
जताततै भोटको गीत नै गाएको छ
चुनावको बेला मात्र मुख देखाउँदै
भोट मागेर घर घरमा धाएको छ
कसै कसैले त पैसा पनि खाएको छ ।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ ०५
स्थानीय चुनाव हाम्रो देशमा आएको छ
पर्चा पम्पलेटले बोर्ड र भित्ता छाएको छ
विकास गर्ने राम्रो नेता छानेर यसपाली
मलाई नि मतदान गर्न मन लाएको छ
अठार वर्ष माथि मताधिकार पाएको छ ।
💢तारा घिमिरे संखुवासभा ।
चित्रपट पञ्चाङ्ग ०६
स्वार्थका लागि यी मरि मेटेका छन्
अघि पछि नभेट्नेले भेटेका छन् ।
सत्ता माेह खुवै देखिदै आएकाे
नागरिकका दिमाग फेटेका छन्
महङ्गिले सबैलाई रेटेका छन् ।
💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०७
दम्भकै सहस बोकी खै के गर्छौ कुन्नी
आफ्नै लागि सुर तालमा के भर्छौ कुन्नी
नेताको भाषण सुन्न , भित्र जाल बुन्न
जनताको मर्म टेकी खै के तर्छौ कुन्नी
बाहिरी खोक्रो समाधिमा के छर्छौ कुन्नी !!
💢प्रेम थापा “मन”बागलुङ ।
पञ्चाङ्ग ०८
चुनाव आयो प्रचार छायो गाउॅ र वस्तीमा
जसको जीत भएनि सधैॅ जनता सास्तीमा
भदौरे भेल झैॅ उर्लिए जन सडक माझ
तैनाथ रहे प्रहरी बल गल्लीका गस्तीमा
हारेनि जीतेनि नेता त सधैॅ मोज मस्तीमा ।
💢सरस्वती श्रेष्ठ, रूपन्देही बुटवल
पञ्चाङ्ग ०९
१
ज्ञान छैन अर्ध शिक्षा अक्षर मात्र पढ्छन् बिचरा
सुर्याई दिएपछि नबुझी अगाडि बढ्छन् बिचरा
बुद्धि भए, रोजगार भए किन पछि लाग्थे होलान्
छैन कतै समाउने हाँगो माथि त चढ्छन् बिचरा
पाए भने ठुलो धोका ती मनमनै डढ्छन् बिचरा ।
२
पाँच वर्षमा एक कल फोन मलाई पनि आउँछ अब
हाम्रो पाटीलाई हेर्नुहोला भन्दैमा एक गीत गाउँछ अब
उल्टो सुल्टो मिलिजुली उही सत्तालाई भोट, कसरी दिनु
साँघुरो त्यो पथ, माथिबाट काँडाले घोच्ने छ, धाउँछ अब
कुँडिएको व्यवहारले बहुलाएछु भने पाउँछ अब ।
💢सविता के.सी. , काठमाडौं ।
पञ्चाङ्ग १०
निराश छु अाज म, देशमा चुनाव छाएकोछ हेर
उही पुरानै अनुहारले टिकट पाएकाेछ हेर
विकास त गर्न केही बाँकी नै छैन याे देशमा भन्दै
जुकाले रगत चुसेसरि बजेट खाएकोछ हेर
कर्याकर्ता उनैलाई नेतृत्व दिन धाएकाेछ हेर ।
💢रामराजा के. सी. फर्पिङ, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ११
चुनाव आयो जनता हेर रमाइ हिँडेका
रङ्गी है चङ्गी झन्डा ती समाइ हिँडेका
नेताले पनि विकास गर्छन् आशमा भुलेका
नेताका निठा बात मै छिटै जमाइ हिँडेका
क्षणको हाँसो ओठमा टाँस्दै ठम्याइ हिँडेका ।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
पञ्चाङ्ग १२
चुनावको प्रचार प्रसारको निम्ति हिडेको देखियो यहाँ
पैसाको लागि हेर आफ्नो पार्टी पनि छाडेको भेटियो यहाँ
काग परे तिवारी नत्र गोतामे भन्ने धेरै छन् अहिले
देश चलाउनु भएका नेताहरुको शक्ति हेरियो यहाँ
युवाहरुलाई रोजगारको लागि बाटो नै छेकियो यहाँ ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
पञ्चाङ्ग १३
पछिपछि लाग्दैछौ नेताको प्यारो हुनलाई
कुकृत्य, भ्रष्टाचार पद प्राप्तिले धुनलाई
कहिलेसम्म बन्छौ तिमी पानीमाथि ओभानो
चिनेभने जनताले मकै खाने घुनलाई
तयारीका लागे हुन्छ कुनापसि रुनलाई
💢पुष्पा नेपाल (सुवेदी ) इलाम ।
चित्रपट पञ्चाङ्ग १४
दुई दिनको पर्व हाे चुनाव मनाउनु पर्छ है
आ-आफ्नो आस्थाको झण्डा सबैले समाउनु पर्छ है
यहाँ स्वास्थ्य छवि भएको नेता नभेट्न नै गार्हो छ
मतदानकाे बखतमा हात कमाउनु पर्छ है
आज गरेको फैसलामा भाेलि रमाउनु पर्छ है ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १५
हुरी छ हाल बेसरी चुनाव चल्छ देशमा
प्रचार बढ्छ पार्टिको निकास फल्छ देशमा
लडाइँ हुन्छ भाेटकाे हुँदैछ ग्याँठ एकल
जितिन्छ नित्य लाेभमा विशुद्ध जल्छ देशमा
जितेर अाउँदा यहाँ कुकृत्य दल्छ देशमा ।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
पञ्चाङ्ग १६
भनेको सबै पुराउछु मत दिनुहोस्
सम्पन्नशाली बनाउछु मत दिनुहोस्
केही चिन्ता लिनु पर्दैन् हामी छौ साथमा
साउदी खाडी उडाउछु मत दिनुहोस्
गरिब सबै हटाउछु मत दिनुहोस् ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
पञ्चाङ्ग १७
फेरि अवसर आएको छ हाम्रा नेता छानौँ
अनुशासित विकासशील राम्रा नेता छानौँ
बुद्धि पुर्याउ भोट हाल्न असल मान्छे चुनौं
सभ्य समाजको आश भए माम्रा नेता छानौँ
दिनु हुन्न त्यस्तालाई भोट दाम्रा नेता छानौँ ।
पद्मा रिजाल, बाँके कोहलपुर ।
पञ्चङ्ग १८
पाँच वर्षमा नेता गाउँमा टेक्न आए
हात जोडी चुनावमा के के देख्न आए
बाढी आयो पहिरो गयो भए बिचल्ली
आश्वासनको कोसेली फेरि फेक्न आए
यिनै पुराना नेता विकास छेक्न आए ।
💢देवकी के.सी. हाल बिरगंज ।
चित्रपट पञ्चाङ्ग १९
चुनावकाे लहरले घन्क्याे गाउँ आज
शहरमा र्याली हेर्न हिड जाऊँ आज।
हाम्रा नभै राम्रा राेजाैँ जिम्मेवारी हाम्राे
जाेसुकै हाेस् छेपारेलाई न दिऊँभाउ आज ,
छक्का पञ्जा गरी गरी चल्छ दाउ आज।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके।
पञ्चाङ्ग २०
चुनावी मैदानमा नेता आएर के गर्ने ?
सबै पार्टीका झण्डा यहाँ छाएर के गर्ने ?
चुनाव जितेपछि फर्कने छैनन् गाउँमा
जनताको स्थिती उस्तै हो धाएर के गर्ने ?
कागजमा मात्र आश्वासन पाएर के गर्ने?
💢निर्मला सुवेदी,बागलुङ।

