उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • ११ जेष्ठ २०७९, बुधबार २०:१५ मा प्रकाशित
  • १.
    हिउँ
    भिरकाे फूल
    सफा पानीको मूल !

    २.
    हिउँ
    हिमालकी छाेरी
    आहा सुकिली गाेरी !

    ३.
    हिउँ
    बादलकाे घर
    लुकामारी खेल्ने रहर !

    ४.
    हिमाल
    नियाल्दै छट्ट
    आकाश परेर लठ्ठ !

    ५.
    हिमाल
    हिउँकाे भिर
    आकाश छुने शिर !

    ६.
    हिउँ
    रविकाे छाया
    गल्छिन् पाएर माया !

    ७.
    हिउँ
    घामकी रानी
    लजाउँदा हुन्छिन् पानी !

    ८.
    हिउँ
    जीवनकाे गति
    पुग्छिन् समुद्रमा बगी !

    • भवानी घिमिरे, सर्लाही

    Leave a Reply