उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १५ जेष्ठ २०७९, आईतवार १४:२७ मा प्रकाशित
  • १.
    हारजीत
    चुनावकाे नशा
    हार्नेकाे लाग्छ दशा !

    २.
    धाँधली
    गणनामा हेराफेरी
    बुथ कब्जा दादागिरी !

    ३.
    जनमत
    मतदान मतपत्र
    सरकार बनाउने खेल !

    ४.
    मतदाता
    प‌ैसामा बिक्री
    नक्कली जनमत सिर्जना !

    ५.
    विकास
    रेल पानीजहाज
    घरघर ग्याँस जडान !

    ६.
    काठमाडौँ
    नेपालकाे राजधानी
    शक्तिशाली मान्छेहरूकाे बसाेवास !

    ७.
    शासन
    संघीय व्यवस्था
    केन्द्र प्रादेशिक स्थानीय !

    ८.
    संविधान
    मूल कानुन
    ऐेन नियम परिपत्रहरू !

    ९.
    संसद
    जनप्रतिनिधिकाे थलाे
    ऐन नियम तर्जुमा !

    १०.
    राष्ट्रपति
    देशकाे प्रमुख
    लालमाेहर नियुक्तीहरूकाे स्वीकृति !

                  - नवराज भट्ट
              महेन्द्रनगर, कञ्चनपुर

    Leave a Reply