उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • १५ जेष्ठ २०७९, आईतवार १४:२९ मा प्रकाशित
  • १
    टाँसिएको
    आधा काटिएको
    मनमुटुमा सदा जोडिएको !

    २
    परमेश्वरको
    सृष्टि अचम्म
    टुटेको बलियो सम्बन्ध !

    ३
    सृष्टि
    सत्य कथा
    झुण्डिएको पूरा व्याथा !

    ४
    कलमी
    बिरुवा देखिने
    एकअर्कालाई सधैँ तौलने !

    ५
    संसार
    प्रकृति अनुसार
    अद्भूत उगाउने भरमार !

    ६
    स्थिति
    सम्बन्ध फरक
    जीवन अर्पण जङ्ग !
    ७
    सम्बन्ध
    एकापसमा आबद्ध
    संसारसँग निरन्तर लडन्त !

    ८
    मनको
    मिलन दिल
    निर्जीवको अलौकिक खेल !

    ९
    तृष्णा
    साथै रहने
    सँगै बढ्दै जिउने !

    १०
    मन
    मुटुसँग आबद्ध
    हरदम मिल्ने सम्बन्ध !

    • जमुना कायस्थ, पोखरा

    Leave a Reply