
१
झरी
उसको मनपरी
भिजायो निथ्रुक्कै गरी !
२
छाता
छेक्दै नछेक्ने
मात्र टाउको ओताउने !
३
वर्षाकोट
पानी छिर्ने
व्यर्थैमा किन भिर्ने ?
४
वर्षा
कत्तिको झेला
पर्छ निस्कने बेला !
५
वर्षा
उसैको भर
बालीनाली हुर्काउने कर !
६
हिमाली
हिउँको गाउँ
सिँचाइ नहुने ठाउँ !
७
हिमाल
पर्यटकीय गन्तव्य
दिन्छ स्वागत मन्तव्य !
८
नेपाल
छाती विशाल
मनमोहक छहरा निश्चल !
९
सहयोग
भरपर्दो सेवा
गरिबलाई पुग्ने टेवा !
१०
मन
बसेका जनजन
गर्नुहुन्न सानो झन् !
११
देश
हालत खराब
पिउने कति सराब ?
१२
महँगी
आकाश चुलिँदो
जनता कता भुलिँदो ?
१३
महँगी
बढ्दोछ साह्रो
परिवार पाल्नै गार्हो !
१४
कमाइ
झिक्नु जसरी
पुग्दैन टिक्नु कसरी ?
१५
हाम्रा
पुस्ता गए
टिक्न नदिने भए !
- जमुना आचार्य, सिन्धुपाल्चोक

