
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा ग २ च ३०२६ दुर्घटनामा परेको हो ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो ।
गाडीमा सवार मध्ये १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पदम थापाले जानकारी दिनुभयो । १० जना घाईतेलाई उपचारका लागि लगिएको प्रहरीको भनाई छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।
अहिले उद्धारको कार्य जारी छ । यसबारे थप बिबरण भने आउन बँकी रहेको छ ।
गाडीमा कति जना सवार थिए त्यो भने खुलेको छैन । घाईतेहरुको गह्रौ प्राथमिक अस्पपतालमा उपचार भईरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भईरहेको प्रहरीको भनाई छ ।
समुदायिक रेडियो चापाकोट

