सिरानचोक गोर्खामा मुस्लिम समुदायले भब्यताका साथ मनाए इद पर्व ।

  • २१ बैशाख २०७९, बुधबार २१:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    गोर्खा ! गोर्खाको सिरानचोक गाउँपालिका-३ मकुन्डाँडाँ मुस्लिम मुस्लिम समाजले २०२२ को आफ्नो इद पर्व भब्यताका साथ मनाएका छन् ।
    ईस्लाम धर्मावलम्बीहरुको पवित्र रमदान महिना व्रत सकिएपछी पर्ने इदुल फितरको पावन अवसरमा गत २० बैशाख २०७९ बुधबारका दिन मकुन्डाँडाँ स्थित मुस्लिमहरुले इदको नमाज (प्राथना) गरेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्दै एक बिशेष भोज कार्यक्रम गरि मनाएका छन् ।


    मुस्लिम समाजका अध्यक्ष सफि महम्मद मियाँको सकृयतामा भएको उक्त कार्यक्रममा मकुन्डाँडाँ, बरख, एक्लेमा अवस्थित धेरै मुस्लिम दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागीता रहेको थियो ।

    कोरोना कहरले बिश्वलाइ लथालिङ्ग बनाएको र बिगत दुई बर्षदेखि कुनैपनी चाडवाड राम्रो सँग मनाउन नपाएको तर यसपटकको समयमा कोरोना कहरको समाप्ति सँगै मन खुलस्त गरेर एक आपसमा मिलिजुली इद मनाउन पाइएकोमा अध्यक्ष सफिले खुशी ब्यक्त गरेका छन् ।

    इदको दिनमा बिशेष गरि बिहान नुवाइ धुवाइ गर्नु, नयाँ लुगा लगाउनु र सुगन्ध लगाउनु, नमाजको लागि जानुअघि बेजोर खजुर खानु, यदि खजुर छैन भने कुनै पनि मिठो चिज खानु, इदगाहमा पैदल जानु, पुरुष र महिला सबै ईदगाहमा गएर नमाज पढ्नु, फर्किने बेलामा गएको बाटो छोडेर अर्को बाटोबाट फर्किनु, पुरुषहरूले ठूलो स्वरमा प्राथनाका तक्बीर भन्दै जानू र महिलाहरूले सानो स्वरमा तक्बीर भन्दै जानु,एक-अर्कामा ईदको बधाई आदानप्रदान गर्नु, ईदको नमाजपछि एक अर्कालाई बोलाएर खाना खुवाउनु, गरीब-दु:खी, टुहुरा, बेसहारा, एकल महिला (विधवा) आदिलाई सहयोग गर्ने जस्ता धार्मिक कार्यहरू गरिने पनि अध्यक्ष मियाँले जानकारी दिए !
    यो शुभ अवसरमा इदको कार्यक्रम भब्यतका साथ मनाउनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आँपपिपल भञ्ज्याङ् देखि मकुन्डाँडाँ हुँदै बरख सम्मका सम्पुर्ण अग्रज तथा सहकर्मी दाजुभाइ दिदिबहिनीको ठूलो सहयोग रहेको र उहाँहरुलाइ बिशेष धन्यवाद दिंदै सदैब यस्तै सहयोग पाइरहने पनि अध्यक्ष सफि महम्मद मियाँले जानकारी गराए ।।

    Leave a Reply