पर्साको ठोरीको गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका प्यनल विजयी

  • १६ जेष्ठ २०७९, सोमबार १७:१८ मा प्रकाशित

  • मेघराज राय जिराभवानी जेष्ठ १६/

    गाँउकार्यपालिकाका ६ सदस्यको लागि सोमबार भएको निर्वाचनमा एमालेका प्यनल विजयी भएका छ्न ।गाउँकार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा एमालेका उम्मेदवार इश्वरी देवी प्रजा र मेघराज सुनुवार विजयी भएका हुन् ।
    पालिकाका २७ जना निर्वाचित जनप्रतिनिधि मध्ये सोमबार भएको मतदानमा २६ जनाले मतदान गरेका थिए । विजयी इश्वरी देवीप्रजा र मेघराज सुनुवारले १७/१७ मत प्राप्त गरेका हुन् भने कांग्रेसकी समिता बिश्वकर्मा र नेकपा माओबादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९/९ मत मात्रै प्राप्त गरे ।
    यस्तै कार्यपालिका महिला सदस्यमा पनि एमालेकै देवीमाया थिङ,ज्ञान कुमारी जोशी,फुलमाया दर्जी र धनमाया घलान विजयी भएका छन ।
    गत बैशाख ३० गते भएको निर्वाचनमा ठोरी गाँउपालिकामा अध्यक्ष , उपाध्यक्ष र ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि जितेर एमाले पहिलो , १ वडाध्यक्ष सहित ७ जना जनप्रतिनिधि जितेर माओवादी केन्द्र दोस्रो तथा १ वडाध्यक्ष सहित ४ जना जनप्रतिनिधि जितेको काँग्रेस तेस्रो भएको थियो ।

    Leave a Reply