
पञ्चाङ्ग चित्रपट : भाग: १०
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७८/१२/२४
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सोमनाथ लुइटेल ” रवि पाल्पाली”
समायोजन
————-
👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको दसौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग ०१
१
बाँदर र मान्छेमा फरक केही देख्दिन म
नरमा भएको गुण वानरमा भेट्दिन म
जंगलको बसाई रुखलाई घर सम्झन्छ
आधुनिक मनुष्यको पढाइ नै छेल्दिन म
बाँदरै भएनी मनुष्यको घर टेक्दिन म ।
२
बाँदरले पनि कस्तो कस्तो बोली बोल्न थल्यो
हेर्दाहेर्दै जंगलिले कापि किताब खोल्न थाल्यो
हेर ! मनुष्य तिमी भन्दा बादर कम्ती छैन
आगो बाली खानेकुरालाई सधैँ पोल्न थाल्यो
जडिबुटी बाँच्नको लागि अमृत घोल्न थाल्यो ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
सक्ला शासन गर्न बाँदरहरू, पढ्ने गरेमा यहाँ
ज्ञानी बन्छु पढेर अाज म भनी, आफैँ सरेमा यहाँ
डिग्री पास गरेँ भनेर मनुवा, भुल्दै गयाे याे घर
गिर्दै मानिस झर्छु बाँदर भई, भन्दै झरेमा यहाँ
हाेला शान्ति यहाँ त बाँदर गई, बाधा टरेमा यहाँ
💢ताेयानाथ सुवेदी, काँडाघारी, काठमाडौं।
पञ्चाङ्ग ०३
अब बाँदर पढेर ज्ञानी हुने ठानेका छन्
सधैँ आफु भन्दा ठुलाले भनेको मानेका छन्
सानोले ठुलोको सम्मान गर्नु त जरुरी छ
पढेर ठुलो भइन्छ भन्ने सबै जानेका छन्
ज्ञान सिकाउनका लागि नजिक तानेका छन् ।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग ०४
समाजको लागि बाँदरबाट केही सिक्नु पर्छ
आफूसँग भएका कमि कमजोरी झिक्नु पर्छ
बाँदरमा जस्तै माया,प्रेम मानिसमा हुनु छ
जस्तो सुकै दुःख र पीडा हुँदा पनि टिक्नु पर्छ
यहाँ हामी मानव भएर नामले बिक्नुु पर्छ।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग ०५
मान्छेले पढेर भ्रष्टचारको बाटो रोज्दैछन्
बाँदर पढेर सही मार्गको साटो रोज्दैछन्
आशा मानव जन्तु पशुपंछी सबैको हुन्छ
कोही खान, लालाबाला पाल्ने पाटो रोज्दैछन्
अहिले जमाना उल्टो छ बाठो खाटो रोज्दैछन् ।
💢अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग ०६
बाँदरहरू बरु खबर जान्न खोज्छन्
आफ्नो काम, कर्तव्य र धर्म मान्न खोज्छन्
हेरेर बस्दैनन् मान्छे जस्तो रमिता नै
दुश्मनहरुलाई नै मुक्का हान्न खोज्छन्
आफ्नालाई आफैँतिर सधैँ तान्न खोज्छन् ।
💢रुपा गौतम, बारा
पञ्चाङ्ग ०७
बाँदर भनेर हेप्छन् मान्छे पुर्खामा अटियो आज
बाँदरबाट मान्छे भइयो जीवन कटियो आज
मान्छे मात्र छनन् प्रकृतिमा स्मरण रहोस् सबैको
मानिस सरह पढाइ लेखाइमा खटियो आज
भ्रष्टाचार विरुद्ध देश विकासमा डटियो आज ।
💢💢सविता के.सी. काठमाडौं ।
पञ्चाङ्ग ०८
सन्ततिकाे रक्षा गर्न बाँदरले सिके बरु
सभ्यताकाे खाेजी गर्दै कापी पनि झिके बरु
यसैबाट सिक्नु बरु मानिसले गति लिन
हाम्रा पुर्खा यिनै त हुन् युगाैँयुग टिके बरु
आजभाेलि मानिस नै लुटाउन बिके बरु ।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
पञ्चाङ्ग ०९
बज्छ्न् आज बजारमा दिनदिनै, अश्लील ती गीत नै
बझ्दैनन् कविता सुरम्य बनिऊन्, छाडा भयो रीत नै
के बुझ्ला र पढेर वानर यहाँ, बुझ्दैन मान्छे अझै
सारै मस्त भएर पढ्दछ बरा, मर्दैन रे धीत नै
लेखौँ गज्जप साथ काव्य कविता, पढ्ने अरे नीत नै।।
💢नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग १०
मानव मनको ज्योति पुस्तक पढेर शिखरमा पुग्यौं
पूर्खाले दिएको ज्ञानभित्र नै गढेर शिखरमा पुग्यौं
सिक्ने सिकाउने दुनियाँ वानरबाटै सिकौँ हामी पनि
शिष्य असल बनी पलपल लक्ष्य चढेर शिखरमा पुग्यौं
अमृत ज्ञान, सागर सतहमा डटेर शिखरमा पुग्यौं।
💢सरिता काफ्ले, कोहलपुर बाँके।
पञ्चाङ्ग ११
मानिस पढेर पनि ज्ञानी छैनन्
बाँदरहरूको जस्तो बानी छैनन्
छैन बाँदरको आफ्नो र पराई
विवेकशील र हुने खानी छैनन्,
आजकल कोही पनि दानी छैनन् ।
💢सुमित्रा पोखरेल, काठमाडौँ ।
पञ्चाङ्ग १२
बुवाको कुरा बाँदर हाम्रा पुर्खा भन्ने सुनेकी छु मैले
अहिलेका मान्छे भन्दा त चौगुणा ज्ञानी गुनेकी छु मैले
पढ्न जाँगर नै भएकोमा बधाई छ तिमीहरूलाई
बरु उनिहरुसँगै सभ्यताको माला उनेकी छु मैले
देख्छु अनि मनमनै मायाको जाल नि बुनेकी छु मैले ।
💢दुर्गा आचार्य, मोरङ।
पञ्चाङ्ग १३
आधुनिक समयका बाँदर पढ्न थाले कि
आफ्नै घर निर्माण गर्दै नित्य खट्न थाले कि
भन्न त बाँदरले घर बनाउँदैन भन्छन्
उच्छृङ्खल पन हटाई सबै बस्न थाले कि
मानव संस्कृति सभ्यता सँगै रम्न थाले कि !
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
पञ्चाङ्ग १४
अति भयाे सहन नसकिने अब यहाँ ।
खति भयाे सहन नसकिने अब यहाँ ।
पशुले नि विधान पल्टायाे न्यायका लागि
गति भयाे सहन नसकिने अब यहाँ ।
मति भयाे सहन नसकिने अब यहाँ ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १५
बाल्यकालमा तिमी र म जङ्गल धाएको बेला
अन्धकार भएर कालो बादल छाएको बेला
असिना पानी दर्केको झझल्को ता लागी रहेछ
बेमौसमी झरीमा रुझेर गीत गाएको बेला
ईन्द्रेनीको रङ्ग देखेर हामी रमाएको बेला ।
💢गुणनिधि घिमिरे, पाँचथर मोरङहाल अमेरिका।
पञ्चाङ्ग १६
जङ्गल जाँदा आफैँ जस्तो लाग्छ बाँदर पनि
मानव देखेपछि किन भाग्छ बाँदर पनि
बाँदरले नि बुझ्यो होला तिम्रो चलन हेर
पढाउछु भनी कागज माग्छ बाँदर पनि
मानव भन्दा सचेत भई जाग्छ बाँदर पनि ।
💢गिता अर्याल, नेपालगन्ज बाँके ।
पञ्चाङ्ग १७
१
बाँदर पनि के कम र गुरुले सिकाए पढ्ने भैसके
आफ्नो लागि काम गर्छन् डराए भाग्दै रुख चढ्ने भैसके
जनावर पनि तालिम पाए भने झैँ सबै गर्न सक्छन्
मानव जस्तै चेतना छर्न ज्ञान मनमा गढ्ने भैसके
वैरीहरूको सामना गर्दै सबै मिलेर बढ्ने भैसके
२
समयको ज्ञान लिदैँ खोजे अघि बढ्नलाई हेर
मानिस जस्तै बोल्न सक्दैनौ सक्छौ पढ्नलाई हेर
मानिसको दुनियाँ बदल्ने पालो सर्दै हामीतिर
सामुहिक आक्रोस पोखिन सक्छौ गढ्नलाई हेर
भन तिमी भन्दा माथि पुग्छौ रुख चढ्नलाई हेर
३
पढ्न थालिसके जीव जनावर मानिस केही गर्दैन अझै
कत्ति पनि चेतना पुगेको छैन पढेर धीत मर्दैन अझै
मनुष्यको चेतनाले कम भयो अब लागि पर जीवजन्तू
बोली फिर्ता नदिए पनि बुझ्ने शैली सिकाउनु पर्दैन अझै
जीवजन्तू पशुपंक्षीविना मनु मनको दिन टर्दैन अझै ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ्ग १८
बाँदरको घर छैन
नेताको त भर छैन
आफ्नो काम आफै ँगरे
भोकै मर्ने डर छैन
भोट हाल्न कर छैन ।
💢देवकी के.सी., काभ्रे हाल बिरगंज ।
पञ्चाङ्ग १९
मनुष्य जस्तो चाकरी गर्ने वानर हुँ म
दानव भएर बाँच्ने मर्ने वानर हुँ म
जङ्गलमा बस्छु आश लाग्दैन महलको
एकैछिनमा तलमाथि झर्ने वानर हुँ म
हाम्रो एकतामा भर पर्ने वानर हुँ म ।
💢देवी कार्की खुलाल, झापा।
पञ्चाङ्ग २०
नेता पनि पशु जस्तै भए
पशु पनि झनै मस्तै भए
बादर पनि पतृका हेर्ने
नेतानि भ्रष्ठमा व्यस्तै भए
मनुज बुद्धिमा त्यस्तै भए ।
💢लक्ष्मी प्रसाद मिश्र, लमजुङ।
पञ्चाङ्ग २१
के सही के गलत छान्न सकिएन ।
गलतलाई सत्य मान्न सकिएन ।
सेवा नै धर्म ठानी हिँडेर नै होला ,
आखिर वचनले हान्न सकिएन ।
बाँदरले पढेको जान्न सकिएन ।
💢आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग २२
रामापिथेकसदेखि उत्पति रहेकाे मान्छे
आजकाे अत्याधुनिक सम्म भएकाे मान्छे
नरवानर भएरै पनि हाेला आज यस्तो
फेरि नि जंगली युग तर्फ नै गएकाे मान्छे
विवेकहिन भएसि वानर कहेकाे मान्छे ।
💢रामराजा के. सी. फर्पिङ, काठमाडौं।
पन्चाङ्ग २३
मान्छे मान्छे हुन नसक्दा उद्गार हुन्छ पशु झैं
आफ्नो हुँदो नभए लाग्छ रे निराशामा बसु झै
मन त मन नभए , तन तन जस्तै नभए
खोजौं के रोजौं के भनेर मगज अझै कसु झै
बाँदर प्रवृत्ति देखिए त लाग्छ मोसो धसु झै ।
💢प्रेम थापा “मन” बागलुङ ।
पञ्चाङ्ग २४
नपढेर नहुने भो अब पढ्न सिक्नुपर्छ
मान्छे जस्तै सफल हुने उपाय झिक्नुपर्छ
आऊ बस यता दुईचार कुरा सिकाउँछु,
जस्तोसुकै परिस्थिति होस् दृढ भै टिक्नुपर्छ
परिआउँदा तिमी राम्रो मोलमा बिक्नुपर्छ ।
💢वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
पञ्चाङ्ग २५
बाँदर चौरासी जुनिको अन्तिम जुनी मान्दछन्
बाँदर र मानव को रूप हेर्दा एकै ठान्दछन्
पशु भनी के गर्नु र यहाँ हेर्नुहोस् हजुर
उसले पनि पढाइ के हो भन्ने कुरा जान्दछन्
गल्ती गरे बाँदर ले पनि लौरो टिपी हान्दछन् ।
💢सरस्वती श्रेष्ठ, इटहरी।

