
साथी सँगी घाेडा चढे मैले चढेँ धुरी,
मक्किएकाे छानाे भत्क्याे उड्यो सिरीखुरी ।।१।।
गेडी थियाे पाकेटमा मेरी थिइन् साथमा,
छेद पर्याे झर्याे गेडी छैन मेराे हातमा ।।२।।
नेता हुने विचारले भाषण सिक्न थालेँ,
समृद्धि र विकास हुने लय शब्द हालेँ ।।३।।
चुनाव आउँदा सबै थाेक दिलाउँछु यहाँ,
चुनाव पश्चात उठे झाेक मिलाउँछु कहाँ ।।४।।
रामकृष्ण दुवाडी


हिमालयन दृष्टि अनलाइन प्रति अाभारी छु साथै रचना प्रकाशन का निम्ति सघाउनु हुने बसन्त अनुभव सर , तारा सरलाई धन्यवाद भन्न चाहान्छु ।।